सुदर्शन सापकोटा
काठमाडौं पुस १७
कसिलो नीति लिएको आरोपको खण्डन गर्दै गभर्नर
युवराज खतिवडाले आफू कहिले पछाडि नफर्किने बताएका छन् । 'राष्ट्र बैंक
पछाडि फर्कियो भन्ने आरोप लाग्न थालेको छ,' वाणिज्य बैंक तथा राष्ट्रिय
स्तरका विकास बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुसँगको छलफलमा
उनले भने, 'यो कदापी होइन पछाडि फर्किदैनौं यसमा शंका नगर्नु होला ।'
खतिवडा गभर्नर नियुक्त भएपछि केन्द्रीय बैंकलाई सोधेर शाखा खोल्नु पर्ने
ब्यवस्था ब्याज दर र सेवा शुल्क मार्गनिर्देशन तथा प्रमुख कार्यकारीको तलब
सीमा निर्धारणलगायतका नीति आएपछि राष्ट्र बैंकलाई पछाडि फर्किएको आरोप
लागेको हो । गभर्नरले यही आरोपको खण्डन गर्दै आफू खुला अर्थतन्त्रको
पक्षपाती भएकाले पछाडि फर्कन नसक्ने बताएका हुन् ।
'तपाईहरु मलाई शंका नगर्नु होला मैले व्यवस्थित पार्न मात्र खोजेको हुँ,' अनुसन्धान विभागले शुक्रबार आयोजना गरेको छलफलमा उनले भने । गभर्नरले
बजारमा राष्ट्र बंैकले हस्तक्षेपकारी नीति लियो भन्ने चर्चा चलिरहेको
भन्दै यस्ता हल्लाका पछाडि नदौडिन बैंकरलाई आग्रह गरे ।
'बैंकहरुको लाइसे_िन्सङ खोल्नु पर्छ भनेर त्यसको मस्यौदा बनाउनेमध्येको म
पनि एक हो,' उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'मैले नै ब्याजदर खुला
छाडिदिनु पर्छ भनेर पनि मस्यौदा तयार पारेको थिएँ ।' करिव १५ मिनेटको
संवोधनम उनले आधाभन्दा वढी समय राष्ट्र बैंक पछाडि फर्किन लाग्यो भन्ने
चर्चालाई विश्वास नगर्न आग्रह गर्दै विताएका थिए ।