माछापुच्छे्रको खराव कर्जा १ अर्ब १० करोड

नाफा ९७ प्रतिशतले घट्यो
सुदर्शन सापकोटा
काठमाडौं फागुन ७
माछापुच्छे्र बैंकको खराव कर्जा अस्वभाविक रुपमा वढेको छ । चालु वर्षको पुस मसान्तसम्म बैंकको खराव कर्जा कुल कर्जाको ७ दशमलव १६ प्रतिशत अर्थात १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा १.८७ प्रतिशत मात्र थियो ।
बैंकको खराव कर्जा वढेका कारण खुद नाफा ९७ प्रतिशतले घटेको छ । बैंकले चालु वर्षको पुससम्म जम्मा ३४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा नाफा १० करोड ३४ लाख रुपैयाँ थियो । तीन महिनाअघि अर्थात असोज मसान्तसम्म पनि नाफा ९४ लाख रुपैयाँ थियो ।
बैंकको खराव कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । केन्द्रीय बैंकले खराव कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा वढी हुन नहुने व्यवस्था गरेको छ । खराव कर्जा सात प्रतिशतभन्दा माथि पुगेकाले बैंकले थप शाखा खोल्न पाउँदैन ।

खराव कर्जा वढी भएको नेपाल वंगलादेश बैंकले पनि अहिले केही घटाएको छ । चालु वर्षको पहिलो तिन महिना अर्थात असोज मसान्तसम्म खराव कर्जा १४.९६ प्रतिशत रहेकोलाई पुससम्म आइपुग्दा १४.९ प्रतिशतमा झारेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकवाहेक अन्यको खराव कर्जा पाँच प्रतिशतभन्दा कम छ । राष्ट्रिय वाणिज्यको यो कर्जा ११.०५ प्रतिशत छ ।
बैंकले यसपाली असुली हुन नसक्ने कर्जाको अपलेखनका लागि १० करोड ४० लाख रुपैयाँ छुट्याएको छ । जुन यसअघि छुट्याएको थिएन । खराव कर्जा भविस्यमा उठ्न सक्ने सम्भावना रहे पनि यसलाई बैंकले माया नै मारिसकेकाले उठ्दैन । यसपाली बैंकले कर्जा अपलेखनका लागि रकम नछुट्याएको भए खराव कर्जा थप वढ्थ्यो । अपलेखन गरेको कर्जा रकमले बैंकको वासलातलाई असर गर्दैन । आगामी वासलातमा नदेखाउनका लागि यस्तो उपाय अपनाइन्छ ।
'एभ्को इन्टरनेसनललाई दिएको कर्जा विगि्रएकाले खराव कर्जा वढेको हो,' बैंकका प्रशासन प्रमुख विनोदिसंह भन्डारीले बिहीबार नागरिकसँग भने, 'कर्जा उठाउने प्रकृया सुरु भइसकेकाले खराव कर्जा घट्छ ।' एभ्को समुह अन्तर्गतका एभ्को इन्टरनेसनल कस्मिक अटोमोवाइल कस्मिक एयरमा बैंकले एक अर्व २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसमध्ये एभ्को इन्टरनेसनलमा मात्र बैंकको करिव ४५ करोड रुपैयाँ डुवेको छ ।
'डुवेको कर्जाको नोक्सानी व्यवस्था गर्दा खराव कर्जा अनुपात वढेर नाफा कम भएको हो,' केन्द्रीय बैंकका एक अधिकारीले भने, 'माछापुच्छे्र बैंकलाई अहिले हामीले नजिकबाट हेरिरहेका छौं ।' ती अधिकारीले बैंकले एभ्कोको सम्पति लिलामी गर्न थालेपछि खराव कर्जामा सुधार हुने जानकारी दिए । 'सुधार हुन समय त लाग्छ,' उनले भने, 'तर आत्तिनु पर्ने अवस्था भने छैन ।' 
पछिल्लो एक वर्षमा बैंकले कुल कर्जामा ३ प्रतिशतको मात्र वृद्धि हाँसिल गरेका छ । तर प्रवाह भएको कर्जा सुरक्षाका लागि गत वर्षको भन्दा यो वर्ष ८५ प्रतिशत रकव वढी छुट्याएको छ । कर्जा अप्ठ्यारोमा परेपछि बैंकले सम्भावित नोक्सानी व्यवस्था समय अवधिअनुसार वढी छुट्याउनु पर्ने हुन्छ । बैंकले चालु वर्षको पुससम्म नोक्सानी व्यवस्थाका लागि ९ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ । तीन महिनाअघि मात्र यसका लागि बैंकले २ करोड रुपैयाँ मात्र छुट्याएको थियो ।
केन्द्रीय बैंकका अनुसार प्रवाह भएको कर्जा संकटमा आए पहिलो तीन महिना कुल कर्जाको २५ प्रतिशत ६ महिनामा ५० र एक वर्षमा सत् प्रतिशत नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्छ । बैंकले डुवेको यो कर्जाका लागि २५ प्रतिशत सम्भावित नोक्सानी व्यवस्था गरेको हो ।
बैंकले एभ्कोलाई दिएको कर्जा उठाउन भने कानुनी प्रकृया सुरु सुरु गरिसकेको छ । उसले गाडी खरिद गर्न एभ्को इन्टरनेसनललाई पैसा बुझाएका ग्राहकको जुन ग्राहकमा नामसारी भएको छैन गाडी बैं्रकले लिलामीका लागि ३५ दिने सुचना जारी गरिसकेको छ । तोकिएको समयभित्र ऋण चुक्ता नभए बैंकले गाडी लिलामी सुरु गर्छ । एभ्कोले १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरकेको छैन । केही समयअघि बैंकले ग्राहकको सजिलोका लागि ५३ वटा गाडीको ब्लुबुक ग्राहकलाई उपलब्ध गराएको थियो । लिलामी सुरु भएपछि ग्राहकबाट गाडी खोसिने छ ।
बैंकका अनुसार एभ्को इन्टरनेसनका अधिकारीहरु केही समयदेखि बैंकको सम्पर्कमा छन् । एभ्कोलॆ ग्राहकबाट पैसा असुलेर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोलीआएर उसलाई अधिकारिक विक्रेताबाट समेत हटाइसकेको छ ।

No comments:

Post a Comment

thanks for comment