विकास बैंक र फाइनान्सको निक्षेप बिमा गर्न निर्देशन

बिमा गर्नु पर्ने रकम २४ अर्बको

सुदर्शन सापकोटा
काठमाडौं फागुन ३
विकास बैंक र फाइनान्स कम्पनी टाँट पल्टिए पनि त्यहाँ पैसा राखेका सर्वसाधारण बचतकर्ताले चिन्ता लिनु पर्दैन । मुद्दति तथा बचत खातामा रहेको अधिकतम २ लाख रुपैयाँसम्मको निक्षेप बिमा गराउन केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई मंगलबार निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्था आर्थिक रुपमा टाँट पल्टिँदा सर्वसाधारणको निक्षेपमा हुने जोखिम कम गर्न बजेटमार्फत ल्याइएको निक्षेप बिमा कार्यक्रमलाई अगाडि वढाउँदै केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई निक्षेप तथा कर्जा सुरक्षण निगममा बिमा गराउन भनेको हो । केन्द्रीय बैंकले चाँडै वाणिज्य बैंकलाई पनि निक्षेप बिमा गर्न निर्देशन दिँदैछ । अहिले ८४ वटा विकास बैंक ८७ फाइनान्स कम्पनी र ३१ वाणिज्य बैंक साचालनमा छन् ।
नेपाल विकास बैंक टाँट पल्टिएर खारेजीमा जाँदा त्यहाँका निक्षेपकर्ताले पैसा फिर्ता पाउने की नपाउने अन्यौल उत्पन्न भएका बेला सरकारले निक्षेप बिमा कार्यक्रम ल्याएको थियो । यसका लागि सरकारले निक्षेप सुरक्षण ऐनको मस्यौदासमेत तयार पारिसकेको छ ।

'हामी सम्पूर्ण रुपमाले निक्षेपको बिमा गर्न तयार छौं,' निगमका नायव महाप्रबन्धक जगदिश चालिसेले मंगलबार नागरिकसँग भने, 'बिमा गर्नका लागि बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको खाता संकलन गरिरहेका छौं ।' २३ करोड चुक्ता पुँजी रहेको निगमका लागि सरकारले चालु वजेटमार्फत २५ करोड थप पुँजी उपलब्ध गराउने जनाइसकेको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकमा सर्वसाधारणको बिमा गर्नु पर्ने रकम २४ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकसमेत जोड्दा यो ७२ अर्ब रुपैयाँ पुग्छ । 'अर्वौ रुपैयाँको बिमा गर्ने कम्पनीको चुक्ता पुँजी कम देखिए पनि सरकारको समेत सहयोग रहने भएकाले बिमा गर्न समस्या छैन,' उनले भने, 'हामीले पुँजी वृद्धि गरेर २ अर्बसमेत पुर् याउँदैछौं ।'
उनका अनुसार निगमले विगतको कारोबारबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा ४८ करोड रुपैयाँ राखेको छ । यसवाहेक ४५ करोड रुपैयाँ बराबरको सम्पतिसमेत । 'आर्थिक रुपले हामीलाई बिमा गर्न समस्या छैन,' चालिसेले भने, 'बैंक तथा वित्तीय संस्था खारेजीमा गएपछि उसको सम्पति विक्रीबाट आउने पैसाको पहिलो हकदार हामी नै हुने भएकाले समस्या पर्दैन ।' 
चालिसेका अनुसार निक्षेपको बिमा गर्नका लागि विकास बैंक र फाइनान्स कम्पनीहरुले एक सय रुपैयाँ बराबर २० पैसा वार्षिक पि्रमियम वुझाउनु पर्ने हुन्छ । निगमले बैंक तथा वित्तीय संस्था टाँट पल्टिएको अवस्थामा २ लाखसम्मको निक्षेप सर्वसाधारणलाई आवश्यक प्रकृया पुरा गरिसकेपछि तत्काल उपलब्ध गराउने उनले जानकारी दिए । 'टाँट पल्टिएको कम्पनीलाई लिक्विडेसनमा लगेर दुई लाख रुपैयाँभन्दा वढी रकम वढीमा डेढ महिनामा उपलब्ध गराउँछौं,' उनले भने ।
चालिसेका अनुसार टाँट पल्टिएको कम्पनी लिक्विडेसनमा गएको १५ दिनभित्र कोषलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ । निगमलाई जानकारी गराएको १५ दिनभित्र सर्वसाधारणलाई पैसा लिन आउने सुचना दिइने र त्यसमा आवश्यक कारवाही गरी सुचना दिएको मिति सकिएको सात दिनपछि सर्वसाधारणलाई पैसा उपलब्ध गराइने छ ।
लघुवित्तको बिमा सुरु
निगमले अगामी साता तीन लघुवित्त विकास बैंकको निक्षेप बिमा गर्ने भएको छ । गत साउनदेखि नै लघु वित्त विकास बैंकको बिमा गर्न खुला गरिए पनि यि कम्पनीले हालै मात्र निक्षेप संकलन गर्ने अधिकार पाएकाले आगामी साताबाट गर्न लागिएको हो ।
ुनिक्षेप परिचालन गर्नका लागि छिमेक विकास स्वाभलम्वन विकास र निर्धन उत्थान विकास बैंकलाई स्वीकृति दिइसकिएको छु राष्ट्र बैंक स्रोतले भन्यो । निगमका अनुसार यि कम्पनीले आगामी साता निक्षेप बिमा गर्नका लागि सम्झौता गर्दैछन् । अहिले १९ लघुवित्त संस्था साचालनमा छन् ।


No comments:

Post a Comment

thanks for comment