सेयर उकास्ने नीति नल्याउने

काठमडौं माघ २५
चालु वर्षको मौदि्रक नीतिको मध्यावधि समिक्षामार्फत सेयर बजार उकास्ने सम्वन्धमा महत्वपूर्ण निर्णय गर्ने बताउँदै आएका गभर्नर खतिवडाले तत्काल त्यो विषयलाई संवोधन नगर्ने संकेत गरेका छन् ।

उनले सेयर बजार सम्वन्धमा राष्ट्र बैंकले गरेको अध्ययनले मौदि्रक नीतिका कारणले भन्दा पनि तरलता अभावले बजार ओरालो लागेको देखाएको जानकारी दिँदै तरलता अभाव हुन नदिन राष्ट्र बैंक सचेत रहेको बताए ।
'सेयर बजारलाई राष्ट्र बैंकले लिएका नीतिहरुले प्रभाव पारेको हो कि भनेर हामीले पनि यसलाई नजिकबाट नियालेका हौं,' उनले भने, 'सेयरको आपुर्ति धेरै भएर पो बजार घटेको हुन सक्छ भनेर अध्ययन गर्दा त्यो पनि देखिएन ।' यद्यपी उनले सेयर बजारलाई सहयोग गर्नका लागि पुँजी वृद्धि गर्ने नीतिलाई पुनर्विचार गरिरहेको जानकारी दिए ।

'राष्ट्र बैंकको कठोर नीतिले सेयर बजार प्रभावित भएको भन्दा पनि तरलता अभावले गर्दा भएको हो,' उनले भने, 'यसका लागि हामीले रिपो खुकुलो पारेका छौं ।'

No comments:

Post a Comment

thanks for comment