विटुमिन व्यारेलको सेयर सुचीकरणबाट हट्ने


सुदर्शन सापकोटा
काठमाडौं माघ १८
पाचकन्या समुह अन्तर्गतको नेपाल विटुमिन एण्ड व्यारेल उद्योग नेपाल स्टक एक्सचेन्ज नेप्से को सुचीकरणबाट हट्ने भएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनी २६ वर्षअघि निजीकरण भएपछि समुहले लिएको थियो । निजीकरण भएकामध्ये यो नाफामा साचालित कम्पनी हो ।

'चाँडै सुचीकरणबाट हटाउने तयारीमा छौं,' समुहका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले नागरिकसँग भने,  'सेयर कारोबार त्यति भइनरहने भएकाले हटाउन खोजेका हौं ।' नेप्सेका अनुसार कम्पनीको सेयर २०६४ भदौ २७ गते पछिल्लो पटक कारोवार भएको थियो । कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांससमेत दिँदै आएको छ । कम्पनीले पछिल्लो पटक लगानीकर्तालाई १० प्रतिशत नगद लाभांस दिएको थियो ।

कम्पनीले पछिल्लो वार्षिक साधारणसभाबाट सुचीकरणबाट हटाउने प्रस्ताव पारित गरिसकेकेा छ । कम्पनीको कुल सेयरमध्ये ९० प्रतिशतभन्दा वढी पाचकन्या समुहसँगै छ ।
कम्पनीको नेप्सेमा २ लाख १० हजार ६ सय ८० कित्ता सेयर सुचीकरण छ । सय रुपैयाँ अंकित दरका यि सेयर पछिल्लो पटक दोस्रो बजारमा एक रुपैयाँले वढेर ६४ रुपैयाँ प्रति कित्ताका दरले विक्री भएको थियो । यसअघि याक एन्ड यति होटलले सुचीकरणबाट हटाउन नेप्सेलाई आग्रह गरेको थियो । होटलले आग्रह गरे पनि नेप्सेले सुचीकरणबाट भने हटाएको छैन ।
'सुचीकरणबाट हटेपनि लगानीकर्तालाई असर पर्दैन,' श्रेष्ठले भने, 'नाफामा गएको कम्पनी भएकाले लगानीकर्ताले प्रतिफल पाइरहन्छन् ।' उनले कम्पनीको क्षमता विस्तार र उत्पादन वढाउँदै लगिने बताए । 'निजीकरण भएकामध्ये सवैभन्दा सफल रुपमा चलेको यही नै एक कम्पनी हो,' उनले भने, 'यसलाई अझ विस्तार गरेर लैजान्छौं ।'
केही समयअघि भने नेप्सेले २५ कम्पनीसहित नेपाल विटुमिन एण्ड व्यारेल उद्योगको सेयर सुचीकरण तथा कारोवार स्थगित गरेको थियो । कम्पनीले नेप्सेलाई वार्षिक नवीकरण शुल्क वुझाउन छाडेको थियो । यही कारणले नेप्सेले उसको कारोवार गत कात्तिक ३ गतेबाट स्थगित गरेको हो । पाचकन्या समुहसँग रहेकामध्ये यो नै सर्वसाधारणमा गएको एउटा कम्पनी हो । समुहअन्तर्गत विटुमिन उद्योगसहित पाचकन्या स्टिल प्लास्टिक इन्डस्ट्रिज रोटोमोल्ड प्लास्ट वायर नेल्स उन्ड एलिड तेज कन्स्ट्रक्सन हाउजिङ एण्ड ल्यान्ड डेभलपमेन्ट कम्पनी प्रोडक्ट सेल्स र इन्टरनेसन टे्रडिङ कम्पनी छन् ।
सफल रुपमा साचालित यो कम्पनीले पछिल्लो समयमा रवराइज्ज विटुमिन उत्पादन थालेको छ । सरकारी निकायबाट यसले स्वीकृति समेत पाइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेर गएको रवरबाट यस्तो विटुमिन बनाइएको हो । 'यसको परिक्षण उत्पादन भइरहेको छ । यो चाँडै बजारमा ल्याउँदैछौं,' उनले भने । कम्पनीले हालै एलपी ग्यास उत्पादन समेत थालेको छ ।
'आधारभूत सामानको उत्पादन गर्दै आएकाले अहिले हामीले झ्याल ढोकाका सामाग्रीमा समते हात हालेका छौं,' श्रेष्ठले भने, 'यसको परिक्षण उत्पादन भइसकेको छ ।' यसको कारखाना भैरहवा र पाटन औद्योगिक क्षेत्रभित्र रहेको उनले जानकारी दिए ।
कम्पनीले सिमेन्ट उद्योग साचालनका लागि पनि तयारी गरिरहेका छ । काठमाडौंलाई विशेष लक्षित गर्दै कम्पनी स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए । 'क्लिङकर आफै बनाएर सिमेन्ट उत्पादन गर्छौं,' उनले भने ।

No comments:

Post a Comment

thanks for comment