३३ जनाको बैंकर समुहमा नै विवाद


उपाध्यक्ष नै आगामी कार्यकालमा अध्यक्ष हुने परम्परा अनुसार मैले उमेद्वारी दिएको हुँ : राणा
वर्तमान अध्यक्ष पुनः उठेर वा राणालाई अध्यक्षमा सर्वसम्मति गरे आफूलाई उपाध्यक्ष छाडिदिए निर्वाचन हुँदैन : ज्ञवाली

प्रजातन्त्रमा निर्वाचन हुने भएकाले आफूले उमेद्वारी दिएको : जोशी
Ashok rana

Kamal gyawali


shashin joshi





















सुदर्शन सापकोटा
काठमाडौं माघ १९
३३ जना सदस्य रहेको नेपाल बैंकस्र संघको अध्यक्ष पदको निर्वाचन विहीबार हुदै छ । दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनमा वर्तमान अध्यक्ष शसिन जोशी उपाध्यक्ष अशोक राणा र कार्यकारी सदस्य कमलप्रसाद ज्ञवालीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
वरिष्ठ उपाध्यक्ष राणाले अध्यक्षका लागि उमेद्वारी दिएपछि किष्ट बैंकका प्रवन्ध निर्देशक ज्ञवालीले पनि आफूलाई अध्यक्षमा सारे । दुई जनाको उमेद्वारीपछि जोशीले पनि आफ्नो उमेद्वारी दर्ता गराएका हुन् ।
वरिष्ठ उपाध्यक्ष आगामी कार्याकालमा अध्यक्ष हुने नजिर रहेको संघमा ज्ञवालीको उमेद्वारी परेपछि जोशीले 'कुरा मिलाउन' भन्दै आफ्नो पनि दर्ता गारएको स्रोतले बतायो ।
'उपाध्यक्ष नै आगामी कार्यकालमा अध्यक्ष हुने परम्परा अनुसार मैले उमेद्वारी दिएको हुँ,' राणाले नागरिकसँग भने, 'संघमा एक व्यक्ति एक कार्यकालको अघोषित नीति भएकाले पनि मेरो पालो यसपाली हो ।'
अध्यक्षका अर्का उमेद्वार ज्ञवालीले वर्तमान अध्यक्षले मिलाउन चाहे चुनाव नहुने बताए । 'उहाँ जोशी ले मिलाउन चाहे अझै चुनाव हुँदैन,' उनले भने, 'मलाई सम्मानजनक भूमिका दिएर उहाँहरुमध्ये एक जनाले छोड्नु भयो भने मलाई कुनै समस्या छैन ।' उनले वर्तमान अध्यक्ष पुनः उठेर वा राणालाई अध्यक्षमा सर्वसम्मति गरे आफूलाई उपाध्यक्ष छाडिदिए निर्वाचन नहुने बताए ।
वर्तमान अध्यक्ष जोशीले प्रजातन्त्रमा निर्वाचन हुने भएकाले आफूले उमेद्वारी दिएको वताए । उनले भरसक सर्वसम्मतिबाट जाने जानकारी दिँदै यसका लागि सक्दो प्रयास गरिरहेको दावी गरे । 'एउटैमा जान प्रयास गरिरहेका छौं,' उनले नागरिकसँग भने ।
बैंकरका अनुसार शशिन जोशीको पक्षमा स्ट्यान्डर्ड चार्टर्डमा पहिले काम गरेका बैंकरहरु छन् । राणाको पक्षमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकमा काम गरेका र राष्ट्र बैंकबाट आएका बैंकरहरु छन् । ज्ञवालीको पक्षमा मध्यमस्तरका बैंकका प्रमुख कार्यकारीहरु छन् ।
राणा निकट बैंकरका अनुसार राधेस पन्तले अध्यक्षमा पुनः उमेद्वारी दिने बताएपछि जोशीले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र राणालाई एक व्यक्ति एक कार्यकाल भन्दै आफू पनि अध्यक्ष भएपछि कार्यकाल नदोहोर् याउने बताएका थिए । जोशीको भनाइलाई समर्थन गर्दै शाह र राणाले पन्तलाई आग्रह गरेपछि उनी अध्यक्षमा पुनः नलडेका हुन् । 'पहिले गरेको प्रतिवद्धता अनुसार जोशीले राणालाई छाडि दिनु पर्छ,' राणा निकट ती बैंकरले भने, 'यसले जोशीको उचाइ थप वढाउँछ ।'
जोशी निकट स्रोतका अनुसार राणा योग्य बैंकर हुँदा हुँदै पनि वर्तमान अवस्थामा बैंकरहरुलाई जोशीको आवश्यकता छ । 'राष्ट्र बैंकसँग समन्वयकारी भूमिका खेलेर आफ्नो माग राख्न सक्ने जोशी नै हो,' स्रोतले भन्यो, 'र राष्ट्र बैंकका प्रायजसो उच्च अधिकारीहरुले पनि जोशीलाई मनपराएका कारण संघलाई सहयोग पुग्छ ।'
ज्ञवाली पक्षका बैंकरका अनुसार नयाँ बैंकहरुको तर्फबाट संघको नेतृत्व तहमा कोही पनि नपुगेकाले उनको उमेद्वारी आएको हो । 'नयाँलाई पनि नेतृत्व गर्न दिनु पर्छ,' ज्ञवाली निकट बैंकरले भने, 'सवै हिसावले ज्ञवाली योग्य छन् । सिनियर जुनियर भन्ने नगरिकन नयाँका तर्फबाट उनलाई अध्यक्ष दिनु पर्छ ।' बैंकर संघमा ३३ प्रमुख कार्यकारीहरु आवद्ध छन् ।




No comments:

Post a Comment

thanks for comment