बिमा बुझ्ने बढेका छन

रेस्टा झा
प्रमुख कार्यकारी अधिकृत 
प्राइम लाइफ इन्स्योरेन्स

 
कम्पनीको चालु वर्षको पहिलो छ महिनामा व्यवसाय विस्तार कस्तो रहयो ?
यो वर्ष हाम्रो अलिकति खस्किएको छ । पहिलो ६ महिनामा हाम्रो बजार १० प्रतिशतले घट्यो । यो युनिटीका कारणले हो । पहिले ५ करोड ५३ लाखको पहिलो बिमा शुल्क उठाएकोमा अहिले ४ करोड ९० लाख रुपैयाँमा झरेको छ । तर बजार सुधार हुँदै गएको छ । आगामी त्रैमाससम्म हामीले यसमा सुधार गरेर राम्रो अवस्थामा हुनेछौं । हाम्रो बजार हिस्सा पनि विस्तारै बढ्न थालेको छ । गत वर्षको पहिलो त्रैमासमा ५ प्रतिशत दोस्रोमा ४ तेस्रोमा ५ चौथोमा ७ र चालु वर्षको पहिलोमा १३ प्रतिशत छ । आगामी दिनमा यो थप बढ्दै जान्छ ।
 

छोटो अवधिमा नै प्राइम लाइफको बजार हिस्सा बढेर गयो नि ?
व्रान्ड क्याम्पेनिङ सेवाको विविधीकरण र बजार प्रवद्र्धनका कारणले हामी छोटो अवधिमा नै स्थापित भयौं । अहिले हामी नयाँ आएका बिमा कम्पनीमध्ये अग्रणी स्थानमा छौं ।

युनिटीले कसरी बजार बिगि्रयो ?
युनिटीको एजेन्ट र बिमा कम्पनीका एजेन्ट एउटै भए । यसले युनिटी कान्ड सार्वजनिक भएपछि एजेन्टहरु सबै भागे । यसले गर्दा ग्राहकसँग सम्पर्क गर्न कम्पनीहरुलाई गाह्रो भयो । युनिटी कान्डपछि बिमा कम्पनीले धेरै नै नोक्सानी खेप्नु पर् यो । बिमा कम्पनीका करिब ५० प्रतिशत एजेन्ट युनिटीका पनि एजेन्ट थिए । युनिटीको कान्डपछि धेरै एजेन्ट पलायन भए । यसले हामीलाई गाह्रो भयो । गत वर्षको पहिलो त्रैमासमा पहिलो बिमा शुल्क ३८ प्रतिशत तेस्रोमा ८ चौथोमा २२ प्रतिशतले बढ्यो । तर चालु वर्षको पहिलो तीन महिनामा वृद्धि दर ऋणात्मक नै भयो । यो ३६ प्रतिशतले घट्यो । यसको असर पुस मसान्तसम्म पनि परेको छ ।

यो बीचमा हामीले युनिटीबाट पनि पाठ सिक्यौं । युनिटीका कारणले केही गाह्रो भए पनि अहिले राम्रो हुन थालेको छ । एकै एजेन्टले युनिटी र बिमा कम्पनीको काम गर्ने भएकाले सर्वसाधारणमा बिमा कम्पनी पनि युनिटीजस्तै त हो भन्ने परेको थियो । तर अहिले त्यो हटेको छ । सवैले बुझ्न थालेका छन् । युनिटी कान्ड बिमा कम्पनीका लागि एउटा पाठ भयो । यसबाट कम्पनीहरुलाई सचेत हुन मद्दत पुगेको छ । यसबाट नयाँ एजेन्ट उत्पादन गर्नु पर्ने भयो । अहिले बिमा कम्पनीहरु सचेतना अपनाउँदै एजेन्ट उत्पादन गर्न थालेका छन् । अब पहिलेजस्तो गाह्रो हुँदैन ।

यो क्षेत्रको चुनौती के के रहेछन् ?
बिमा क्षेत्रका धेरै गर्न बाँकी छ । बिमा व्यवसाय ग्रामिण क्षेत्रमा विस्तार गर्न सकिन्छ । अहिले हामी गाउँ केन्द्रीत पनि हुन थालेका छौं । बिमा प्रति अहिले जागरुकता बढेको छ । बिमा गर्नु पर्ने रहेछ । यो खर्च होइन लगानी रहेछ भनेर बुझ्न थालेका छन् सर्वसाधारणले । यसले बिमा कम्पनीहरुलाई काम गर्न थप सजिलो भएको छ ।
गर्न खोज्ने हो भने यसमा धेरै गर्न सकिन्छ । बजार प्रशस्त छ । बिमा बारेमा सर्वसाधारणले चासो राख्न थालेकाले कम्पनीहरुलाई थप सहज भएको छ ।

नियामक निकायको भूमिकाप्रति कतिको उत्साही हुनु हुन्छ ?
बिमा कम्पनहरुले बिमा रकमको एक प्रतिशत बिमा समितिलाई जनचेतना फैलाउनका लागि दिन्छन् । त्यो अनुरुप काम भइरहेको छैन । तर अन्य नीतिगत कुरामा समितिबाट कम्पनीहरुलाई सहयोग भएको छ । समिति नियमनका हिसाबले बलियो हुँदै गएको छ । कुनै समस्या परेमा हामीले पनि समितिलाई सहयोग गरिरहेका हुन्छौं । अहिले उसको भूमिका प्रभावकारी बन्दै गएको छ ।

बोनस कहिले घोषणा गर्दै हुनु हुन्छ ?
एक दुई महिनामा बोनस घोषणा गर्छौ । अहिले बजारमा दिइरहेको बोनस दरभन्दा हामी राम्रो दिन्छौं । बोनस वार्षिक रुपमा घोषणा गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो सम्भव पनि हुन्छ ।

नेपालमा नै पुनर्बिमा कम्पनीको आवश्यकता कतिको छ ?
अहिले यो आवश्यक छैन । नेपालमा यो टिक्नै सक्दैन । पुनर्बिमा कम्पनीको पुँजी नै ठूलो हुने भएकाले नेपालको २५ कम्पनीबाट यसलाई पर्याप्त व्यवसाय पुग्दैन । त्यो नपुगेपछि कम्पनीलाई स्थापित हुन सम्भव हुँदैन ।

कम्पनीको आगामी योजना के छन् ?
अहिले हामीसँग ४५ वटा बिक्री केन्द्र छन् । यी सबै बिक्री केन्द्रबाट १० मिनेटमा नै पि्रमियम र भुक्तानी दुवै हुने सेवा सुरु गर्दैछौं । प्राइम लाइफ पेन्सन प्लान ल्याउँदैछौं । सरकारी जागिर नहुनेहरुका लागि यो राम्रो बिमा योजना हुन्छ । निजी क्षेत्रका कम्पनीमा काम गर्नेले पेन्सन पाउँदैनन् । अहिले यो योजना अन्तर्गत थोरैथोरै पैसा पि्रमियम बुझाउँदै निश्चित अवधिपछि पेन्सनका रुपमा त्यो पैसा पाइन्छ । यो एकदमै राम्रो बिमा सुविधा हो । १५/२० दिनमा यो योजना सार्वजनिक गर्छौ ।


No comments:

Post a Comment

thanks for comment