बैंकरको अध्यक्ष भए राणा

काठमाडौं माघ २०
जम्मा ३३ जना सदस्य रहेको नेपाल बैंकस्र संघको अध्यक्षमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा विजयी भएका छन् । उनले २१ भोट पाएका हुन् । उनका प्रतिद्वन्दी शशिन जोशीले ११ भोट मात्र पाए । अर्का उमेद्वार कमल ज्ञवालीले निर्वाचन हुनु केही अघि आफूलाई पनि भोट नहाली राणालाई सहयोग गरे । निर्वाचनमा नेपाल एसबिआइ बैंकले कसैलाई पनि समर्थन गरेन ।
अशोक राणा

निर्वाचित भएपछि संघका १५औं अध्यक्ष राणाले राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वयकारी भूमिका खेल्दै अगाडि वढ्ने बताए । उनले आफ्नो कार्याकालमा बैंकको भूमिकाका बारेमा वुझाउँदै सहकारीको पैसा बैंकतिर तान्ने बताए । 'अहिले जिल्लातिर सहकारी र बैंक बीचको फरक देखिएन,' उनले नागरिकसँग भने, 'आफ्नो कार्यकालमा बैंकको भूमिकाका बारेमा वुझाउँदै विश्वासको वातावरण वनाउने छु ।'
नवनिर्वाचित अध्यक्ष राणाले अहिलेको तरलता अभावको विषयमा राष्ट्र बैंकसँग कुरा गर्दै रिपोको दर राष्ट्र बैंक र बैंकरहरु मिलेर तोक्ने पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्ने जानकारी दिए । उनले प्रमुख कार्यकारीको तलव सम्वन्धित बैंकको साचालक समितिलाई नै तोक्ने अधिकार दिन राष्ट्र बैंकसँग पहल गर्ने बताए ।

उनले कर्जा र व्याजका विषयमा राष्ट्र बैंकसँग कुरा गर्ने बताए । 'अहिले उद्योग धन्दा संकटमा परेकाले व्याज तिर्न सकिरहेका छैनन्,' उनले भने, 'रियलस्टेट क्रसरजस्ता उद्योगले साँवाको व्याजतिरेपछि निस्चित अवधिसम्मका लागि साँवा नवीकरण गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गर्नेछु ।'
३१ वाणिज्य बैंक र २ विकास बैंक गरी ३३ बैंकका प्रमुख कार्यकारीहरु सदस्य रहेको संघमा सहमति नभएपछि निर्वाचन भएको हो । वरिष्ठ उपाध्यक्ष आगामी कार्याकालमा अध्यक्ष हुने नजिर रहेको संघमा ज्ञवालीको उमेद्वारी परेपछि जोशीले आफूलाई निरन्तरता दिएका थिए ।


No comments:

Post a Comment

thanks for comment