सोसियल डेभलपमेन्ट बैंकको कारोबार सुरु


काठमडौं माघ २५ 
सोसियल डेभलपमेन्ट बैंकले मंगलबारबाट कारोबार सुरु गरेको छ । राष्ट्रिय स्तरको १५औं विकास बैंकका रुपमा स्थापित बैंकको उद्घाटन गभर्नर युवराज खतिवडाले गरे ।

राजधानीको नारायण चौरमा केन्द्रीय कार्यालय रहेको बैंकमा संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत छ । ६४ करोड चुक्ता पुँजीमार्फत ३८ करोड २७ लाख रुपैयाँ चुक्ता भइसकेको छ । ९६ जना संस्थापक सेयरधनी रहेको बैंकले चालु वर्षभित्र तीन शाखा कार्यालय खोल्ने प्रमुख कार्यकारी अधिकृत अमिरध्वज प्रधानले जानकारी दिए ।

पुर्वाधार निर्माण र साना तथा लघु उद्यममा लगानी गर्ने लक्ष्य लिएको बैंकले एक रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको खाता खोल्न सकिने निक्षेप योजना ल्याएको छ । बैंकले वार्षिक १९ प्रतिशतसम्म निक्षेपमा व्याज दिने जनाएको छ । बैंकको अध्यक्ष कृष्णगोपाल श्रेष्ठ छन् । सेयर लगानीकर्ता निर्मल प्रधान बैंकको साचालक समिति सदस्य छन् ।

No comments:

Post a Comment

thanks for comment