देउराली जनताले अनुसन्धान केन्द्र साचालनमा ल्याउने

नागरिक संवाददाता
काठमाडौं माघ १३
देउराली जनता फर्मास्यूटिकल्सलले अनुसन्धान तथा विकास केन्द्र साचालनमा ल्याउने भएको छ । २० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको केन्द्र आगामी आइतवारबाट साचालनमा आउने छ । कम्पनीले केन्द्र अन्तराष्ट्रियस्तरको भएको दावी गरेको छ ।

'केन्द्र स्थापनाले आफ्नो उत्पादनको अनुसन्धान र विकास गर्न मात्र सजिलो भएको छैन,' कम्पनीकोको २१औं वार्षिकोत्सवको अवशरमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक हरिभक्त शर्माले भने, 'औषधि विकासको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गर्नसमेत सकिने खालको छ ।'
उनले भविस्यमा नेपालमा अत्यावश्यकीय औषधिको विकास र अनुसन्धान गर्न केन्द्रबाट सम्भव हुने दावीसमेत गरे । उनले नेपाली उत्पादनको बजार हिस्सा ४० प्रतिशत रहेको जानकारी दिँदै वाँकी औषधि वाहिरबाट आउने गरेको बताए ।

शर्माले केन्द्रबाट गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन थाली विदेशमा समेत निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिए । ६४ करोड रुपैयाँ लगानी रहेको कम्पनीले अहिले १ सय २० थरीका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीको कुल लगानीमध्ये ३७ करोड ५७ लाख रुपैयाँ स्थिर सम्पतिमा र २६ करोड १५ लाख रुपैयाँ चालु पुँजीमा लगानी छ । क्षमताको ६० प्रतिशत मात्र औषधि उत्पादन गरिरहेको कम्पनीले वाँकी क्षमताको मुटुरोग नशा रोग र दीर्घकालिन रोगको औषधि उत्पादन गर्ने लक्ष्य लिएको शर्माले जनाकारी दिए ।
एसियामा नै पहिलो पटक जिङक डिटी ट्याव्लेट बनाएको कम्पनी बंगलादेश रिनाटासँग प्रविधि हस्तान्तरणपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरी औषधि उत्पादन गर्ने पनि पहिलो कम्पनी हो । कम्पनीले आफ्ना उत्पादनहरु दक्षिण एशिया अपि्रुकी खाडी र युरोपेली मुलुकहरुमा समेत विक्री गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले आफ्नो उत्पादन सुविधाको बढोत्तर पश्चात यस कम्पनीले १० लाख लिटर झोल औषधि १०० मिलियन ट्यावलेटहरु ७२ मिलियन क्याप्सुलहरु ०।३ मिलियन ड्राई सिरपहरु तथा १० मिलियन कि्रमहरु एकै साथ उत्पादन गर्ने क्षमता भएको दावी गरेको छ । कम्पनीमा ३०५ जना कर्मचारी छन् यसमध्ये ४५ जना प्राविधिक छन् ।

No comments:

Post a Comment

thanks for comment