शोधनान्तर बचत ३८ अर्ब ६० करोड, सरकारी खातामा ४७ अर्ब ३३ करोड बचत

काठमाडौं, असार २
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर बचत) ३८ अर्ब ६० करोड रुपैया“ पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख सम्मको देशको आर्थिक परिदृश्य अनुसार, शोधनान्तर बचतमा क्रमिक रुपमा सुधार हुँदै गएको हो।
यद्यपी गत  वर्ष वैशाखमा शोधनान्तर बचत १ खर्ब २ अर्ब ६४ करोड रुपैया“ थियो। वैशाखमा वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रकम (रेमिटेन्स) को वृद्धि दर घटेकेा छ। गत वर्È वैशाखमा रेमिटेन्स वृद्धि दर ३६.५ प्रतिशत रहेकोमा यसपाली घटेर २१.५ प्रतिशतमा झरेकेा छ। 
राष्ट्र बैंकका अनुसार, वैशाखसम्म ३ सय ४२ अर्ब ६५ करोड रुपैया“ रेमिटेन्स नेपाल भित्रिएको छ। गत वर्È देशका कुल रेमिटेन्स ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैया“ भित्रिएको थियो। वृद्धि दर कम भएपनि चालु वर्ष कुल रेमिटेन्स ४ खर्बभन्दा वढी भित्रिने अनुमान छ। 
निर्यात व्यापारमा सुधार आएसँगै आयात व्यापार पनि ह्वात्तै वृद्धि भएको छ। वैशाखसम्म निर्यात ४ प्रतिशतले वढेर ६३ अर्ब  ३३ करोड रुपैया“ पुगेको छ। आयात भने १९.७ प्रतिशतले वढेको छ। वैशाखसम्म ४ खर्ब ५८ अर्ब ५६ करोड वस्तु तथा सेवा आयात भएको छ।
वैशाखसम्म कुल वस्तु निर्यातमध्ये भारततर्फको १.९ प्रतिशतले वढेको छ। जबकी अघिल्लो वर्ष यतिबेला निर्यात वृद्धि दर १७.६ प्रतिशत थियो। भारतवाहेकका मूलुकको निर्यात ८.५ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष यो १३.८ प्रतिशतले वढेको थियो।

कुल निर्यातमध्ये भारतबाट जिआइपाइप, जुटको बोरा, जिङ्क सिट, तार, पोलिस्टर यार्नलगायतको  भएको छ । अन्य मुलुकमा दाल, प्रशोधित छाला र तयारी   छालाका  वस्तु निर्यात भएको छ। 
राष्ट्र बैंकका अनुसार, कुल आयातमध्ये भारततर्फको २२.१ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष वृद्धि दर १४.९ प्रतिशत थियो। भारत वाहेकका मुलुकको आयात वृद्धि दर भने घटेको छ। अघिल्लो वर्ष २७.९ प्रतिशतको वृद्धि दर रहेकोमा यसपाली १५.३ प्रतिशत छ। 
चालु आथिर्क वर्È सबैभन्दा वढी पेट्रोलियम पदार्थको आयात भएको छ। कुल आयातमध्ये १९.३० प्रतिशत पेट्रोलियम पदार्थ देश भित्रिएको छ। लोडसेडिङपछि मेशिन कलकारखाना र कार्यालय सञ्चालनका लागि पेट्रोलियमको माग वढ्न थालेकाले आयात वढेको हो। वैशाखसम्म ८८ अर्ब ५४ करोड ७४ लाख रुपैया“को पेट्रोलियम पदार्थ आयात भएको हो। गत वर्Èभरी कुल ९२ अर्ब २५ करोडको पेट्रोलियम आयात भएको थियो। चालु वर्ष पेट्रोलियम आयात एक खर्बको हुने अनुमान गरिएको छ।
पेट्रोलियमपछि  यातायात साधन, मोटर्स पार्टस, सिमेन्ट, चामल तथा अन्य मेसिनरीको आयातमा वृद्धि भएको छ। भारत वाहेकका मुलुकबाट भने चाँदी, तयारी पोशाक, पाइप तथा पाइप फिटिङ, सञ्चारका उपकरण, जुक्ता तथा चप्पलको आयात वढेको छ। 
सरकारले वैशाखसम्म ७ अर्ब २३ करोड रुपैयाँ वैदेशिक ऋण सहयोग पाएको छ। यो अवधिमा सरकारले २० अर्ब ३१ करोड रुपैयाँ नगद अनुदानसमेत प्राप्त गरेको छ। अघिल्लो वर्ष यति बेला सरकारले ४ अर्ब १२ करोड ऋण र ३५ अर्ब २१ करोड नगद अनुदान पाएको थियो। 
वैशाखसम्म सरकार ४७ अर्ब ३३ करोड रुपैयाँ बचतमा छ। विकास खर्च गर्न नसकेका कारण सरकारी बचत बढेको हो। अघिल्लो वर्ष सरकार २४ अर्ब २३ करोड बचतमा थियो। सरकार बचतमा रहँदा विकास निर्माण प्रभावित भएर रोजगारीसमेत घट्छ। 
वैशाखसम्म सरकारले २.५ प्रतिशतको वृद्धि सहित २ सय १६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष वृद्धि दर १६.८ प्रतिशत थियो। आर्थिक वर्ष सकिन तीन महिना मात्र वाँकी रहँदा पूर्ण आकारको समायोजित बजेट आएकाले खर्च अपेक्षित हुन नसकेको राष्ट्र बैंकको तर्क छ।

No comments:

Post a Comment

thanks for comment