नौं संस्थालाई गाभिन अन्तिम स्वीकृति असारभित्रै

सुदर्शन सापकोटा
काठमाडौं, असार १९
नेपाल राष्ट्र बैंकले असार मसान्तभित्र ९ वटा संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिने भएको छ। चालु आर्थिक वर्षको एकिकृत वासलात (ब्यालेन्सिट) निस्कासन गर्ने गरी राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिन लागेको हो। 
'आगामी वर्षदेखि एउटै कारोबार हुने गरी असारभित्र नौं संस्थालाई अन्तिम स्वीकृति दिने तयारीमा छौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यस वाहेकका संस्थाहरुले भने साउनपछि स्वीकृति पाउने छन्।' 
चालु आर्थिक वर्षको एकिृत वासलात बनेपछि लामो समयदेखि सेयर रोक्का रहेका कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार खुल्ने छ। 
राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकसँग गाभिन लागेका सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई अन्तिम स्वीकृति दिन लागेको छ। यसवाहेक प्रभु विकास बैंकसँग मर्जर सम्झौता गरेका वैभव फाइनान्स र समवृद्धि विकास बैंक तथा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससँग सम्झौता गरेका अपी फाइनान्स र रारा विकास बैंकलाई अन्तिम स्वीकृति दिन लागिएको हो। राष्ट्र बैंकले मर्जर नीति ल्याएपछि अहिलेसम्म ३० वटा कम्पनी गाभिइ सकेका छन्। 
राष्ट्र बैंकले ३० भन्दा वढी संस्थाहरुलाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। यसमा पाँच वटा ग्रामिण विकास बैंक पनि पर्छन्। नौं वटा वाहेक वाँकीले अन्तिम स्वीकृति पाउन अर्को आर्थिक वर्ष कुर्नु पर्ने छ।

गत साता मात्रै बैंक अफ एसिया नेपाल र एनआइसी बैंक गाभिएर एकिकृत कारोबार सुरु गरिसकेका छन्। आउँदो २५ गतेबाट दियालो विकास बैंक र प्रोफेसनल विकास बैंकले एकिकृत कारोबार थाल्दै छन्। तीन जिल्ले यि बैंक १० जिल्ले कार्यक्षेत्र विस्तारसहित गाभिएका हुन्। 
राष्ट्र बैंकले रोयल, रारा र अपिवाहेकका संस्थालाई साविकभन्दा निकै चाँडो मर्जर स्वीकृति दिन लागेको हो। एक महिनाअघि मर्जर सम्झौता गरेर राष्ट्र बैंक पुगेका ग्लोबल, सोसियल, गुल्मी, वैभव, प्रभु र समवृद्धिले तत्कालै सैद्धान्तिक स्वीकृति पाएका थिए। रोयल, रारा र अपिले भने एक वर्षअघि नै राष्ट्र बैंकमा अनुमति मागेका थिए। उनीहरुले गत असोजमा सैद्धान्तिक स्वीकृति पाएका थिए। 
'पूर्वतयारी सहित आएर एकिकृत कारोबार तत्काल थाल्ने भएकाले चाँडै प्रकृया सकिदिएको हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'प्रकृया सकेर आउनेको काम चाँडै हुने गरेको छ।' स्रोतका अनुसार, सैद्धान्तिक स्वीकृति पाएपछि संस्थामा सेयर संरचनामा विवाद हुने गरेकाले थप स्वीकृति दिन ढिला हुने गरेको हो। 
राष्ट्र बैंकका अनुसार, स्वीकृति प्रदान गर्न लागिएका संस्थाले सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) तयार पारेर वुझाइ सकेका छन्। ग्लोबल आइएमइसँग गाभिन लागेको सोसियल डेभलपमेन्ट बैंकको प्रति सेयर मूल्य ४० रुपैयाँ र गुल्मी विकास बैंकको ५० रुपैयाँ सेयर मूल्यांकन गरिएको छ। गाभिएपछि नाम ग्लोबल आइएमइ बैंक नै रहने छ। 
यस्तै प्रभुसँग गाभिन लागेको वैभवको प्रति सेयर मूल्यांकन ५७ रुपैयाँ र समवृद्धि विकास बैंकको ७५ रुपैयाँ गरिएको छ। यस्तै रोयल, अपि र रारा भने बराबरी हैसियतमा गाभिन लागेका हुन्।  प्रभु, वैभव र समवृद्धि गाभिएपछि स्तरोन्नति सहित नयाँ संस्थाको नाम प्रभु फाइनान्स हुने छ। रोयल मर्चेन्ट, रारा र अपी गाभिएपछि नाम एपेक्स डेभलपमेन्ट बैंक हुने छ। 
प्रभु, वैभव र समवृद्धि मर्जरपछि बन्ने नयाँ बैंकको निक्षेप ८ अर्ब रुपैयाँ पुग्ने छ। समवृद्धि र वैभवको गरेर करिव ५० करोड रुपैयाँ हाराहारी निक्षेप छ। कर्जा लगानी ५ अर्ब ३० करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि बैंकको शाखा संख्या ४६ पुग्ने छ। अहिले प्रभुका ४०, समवृद्धिका ५ र वैभवको  १ शाखा सञ्चालनमा छन्। समवृद्धि र प्रभुको हेटौंडा शाखा दोहोरिने छ। यो शाखालाई स्थानान्तरण गर्ने कम्पनीको योजना छ। 
मर्जरपछि कर्मचारी संख्या ३ सय ५० जनको हाराहारीमा पुग्ने छन्। अहिले प्रभुसँग ३ सय १०, समवृद्धिसँग ३० र वैभवसँग १० जना कर्मचारीहरु छन्। वैभव र समवृद्धिका प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कर्मचारीहरुको मिलान मर्जर समितिले गर्ने छ। 
यसैगरी ग्लोबल आइएमइसँग ३० अर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। बैंकले २४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले चैतसम्म ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। ग्लोबल गत वर्ष आइएमइ फाइनान्स र लडवुद्ध फाइनान्ससँग गाभिएको थियो। गाभिएपति बैंकले नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांस र ३ प्रतिशत वोनस सेयर दिएको थियो। 
बैंकका ६५ वटा शाखा कार्यालयहरु छन्। सोसियलसँग काठमाडौंस्थित कर्पोरेट कार्यालयसहित ३ वटा शाखा सञ्जाल छ। बैंकको धरान र चैनपुरमा शाखा छ। ग्लोबलको यि दुई ठाउँमा शाखा नभएका लागि दोहोरिने समस्या छैन। 




No comments:

Post a Comment

thanks for comment