इकाइद्वार अन्य देशसँग सम्झौता

काठमाडौं साउन ४ (नागरिक)
नेपालको वित्तीय जानकारी इकाइले सम्पत्तिको शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेजस्ता आपराधिक कार्य सम्बन्धित एकआपसमा रहेका वित्तीय सूचना आदान प्रदान गर्न थाइल्याण्ड मलेसिया र मंगोलियाका वित्तीय जाँचवुझ इकाइसँग सम्झौता गरेको छ ।The Suburbs
एसियन प्यासिफिक ग्रुप अन मनी लन्ड्रिङको १३औं बर्षिक वैठकमा भाग लिन िसंगापुर गएको इकाइको एक टोलीले सम्झौता गरेको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट इकाइका प्रमुख धर्मनाथ सापकोटाले हस्ताक्षर गरे ।
थाइल्याण्डबाट सिहानत प्रयुनरत मलेसियाबाट डातो जामिन अब्दुल घानी र मंगोलियाबाट वजाराघाछ टमुरवाटले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझी महान्यायधिवक्ता भरतवहादुर कार्की उपस्थित थिए ।

No comments:

Post a Comment

thanks for comment