लघुवित्त संस्थाको नियमनका लागि प्राधिकरण

काठमाडौं साउन १२ नागरिक
लघुवित्त संस्थाहरुको नियमन तथा सुपरिवेक्षणका लागि दोश्रो नियामक निकायको रुपमा लघुवित्त प्राधिकरणको स्थापना गर्ने योजना मौदि्रक नीतिले वोकेको छ ।
मौदि्रक नीतिले विपन्न वर्ग कर्जा अन्तर्गत वाणिज्य बैंकतर्फको ३ प्रतिशत सीमालाई यथावत राख्दै विकास बैंकले २ दशमलव ५ र वित्त कम्पनीले २ प्रतिशत अनिवार्य लगानी गर्नु पर्ने व्यवस्था गरिएको छ ।
महिला शसक्तीकरणमा बैंक तथा वित्तीय कम्पनीले प्रवाह गरेको ३ लाख रुपैयाँ सम्मको महिला लघुउद्यम कर्जालाई विपन्न वर्ग कर्जामा राख्न सकिने छ । यस्तो कर्जामा सम्वन्धित कम्पनीले राष्ट्र बैंकबाट पुनर्कर्जा सुविधासमेत पाउने छन् ।The Girl with the Dragon Tattoo
पाँच सय किलोवाट सम्मको जलविद्युत आयोजनाको कुल लागतको न्यूनतम ५० प्रतिशत कर्जालाई विपन्न वर्गमा गणन गर्न पाइने भएको छ । योभन्दा ठूलो क्षमताका परियोजनामा लगानी भएको रकममध्ये सामुदायिक उपभोक्ता समिति तथा निजी क्षेत्रलाई प्रदान गरिएमा १ करोड रुपैयाँ सम्मलाई विपन्न वर्ग गणना गर्न सकिने व्यवस्था पनि मौदि्रक नीतिले गरेको छ ।
विपन्न वर्गमा जाने कर्जा प्रंति व्यक्ति ६० हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आइएकोमा यसलाई वढाएर ९० हजार रुपैयाँ पुर् याइएको छ । समुहले भने २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
बैंक तथा वित्तीय कम्पनीले किसानले अन्नबाली संरक्षण गर्न सामुहिक स्वामित्वमा कोल्डस्टोरेज स्थापनाका लागि प्रति परिवार १ लाख ५० हजार रुपैयाँ सम्मको कर्जा लिएमा त्यसलाई पनि विपन्नमा गणना गर्न पाउने छन् । पशुपालन मत्स्यपालन मौरीपालन व्यवसायको लागि प्रति परिवार २ लाख ५० हजार रुपैयाँसम्मको कर्जा पनि बिपन्नमा राख्न पाइने छ ।

No comments:

Post a Comment

thanks for comment