तरलता अभावको असर बैंकको नाफामा

सुदर्शन सापकोटा
काठमाडौं साउन १८
तरलता अभावको असर बैंकहरुले आर्जन गरेको नाफामा देखिएको छ । तरलता अभावले बैंकहरुको प्रमुख आम्दानीको स्रोत कर्जा प्रवाह वढ्न नसक्दा नाफामा असर देखिएको हो । आर्थिक बर्ष २०६६÷६७ मा निजी क्षेत्रका वाणिज्य बैंकले ११ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् ।
ुकर्जा प्रवाह बढ्न नसक्दा नाफामा असर परेको होु सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मंगलवार नागरिकसँग भने । उनले आर्थिक बर्षको पहिलो ६ महिनामा भएको कर्जा प्रवाह राम्रो भएकाले नाफा भएको भन्दै पछिल्लो ६ महिनामा कर्जा प्रवाहमा उल्लेख्य कमी आएको जानकारी दिए ।
बैंक स्रोतहरुका अनुसार सार्वजनिक रुपमा प्रकाशित गर्नु पर्ने वित्तीय विवरण अझै तयार नभइसकेकाले प्रारम्भिक रुपमा निकालिएको अहिलेको नाफामा सामान्य फेरवदल हुनसक्ने छ ।
Live At The Troubadour [CD / DVD Combo]
आर्थिक बर्ष २०६५÷६६ मा बैंकहरुले ३ सय २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत बर्षको अन्त्यसम्म ३ सय ९५ अर्ब रुपैयाँ २३ वाणिज्य बैंकले कर्जा लगानी गरेका छन् । कात्तिकयता बैंकको कर्जा २ अर्बले मात्र वढेको देखिन्छ । ुकर्जा प्रवाह नहुँदा नाफामा खासै सुधार भएको छैनु भण्डारीले भने ।
बैंकहरुले आर्थिक बर्ष २०६६÷६७ मा कमाएको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९६ करोड ४५ लाख रुपैयाँले वढी छ । अघिल्लो आर्थिक बर्षमा निजी क्षेत्रका २३ बैंकले १० अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
बैंक स्रोतहरुबाट प्राप्त जानकारी अनुसार सबैभन्दा वढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । बैंकको नाफा करिव ३१ प्रतिशतले वढेर १ सय २० करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रबाट वढी नाफा कमाउने दोस्रोमा नबिल बैंक छ । बैंकको नाफा करिव ११ प्रतिशतले वढेर १ सय १५ करोड रुपैयाँ पुगेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा करिव ७ प्रतिशतले वढेर १ सय १० करोड रुपैयाँ पुगेको छ । वढी नाफा कमाउने चौथो नेपाल बंगलादेश बैंक बनेको छ । नाफा वृद्धिदर ५९ प्रतिशतले घटेको भएपनि बैंक चौथो धेरै नाफा गर्ने बैंक भएको छ । बैंकको नाफा एक सय दुई करोड रुपैयाँ पुगेको छ ।
एभरेष्ट बैंकले नाफामा ५२ प्रतिशतको बृद्धि सहित ९५ करोड रुपैयाँ कमाएको छ । हिमालयन बैंकको नाफा १५ प्रतिशतले वढेर ८६ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबिआइ नेपाल क्रेडिट एण्ड कमस्र र लुम्बिनी बैंकको नाफाको वृद्धिदर घटेको छ । नयाँ आएको जनता बैंक नेपालको नाफा करिव साढे तीन करोड रुपैयाँ भएको छ ।
निक्षेपको ब्याजदरमा ६ महिनायता भएको बृद्धिले बैंकहरुको व्याज खर्च वढेको तथा कर्जा लगानी हुन नसक्दा यसको प्रभाव नाफामा देखिएको बैंकस्रले बताए । ुनिक्षेपको ब्याजदर वढेको करिव २ महिनापछि मात्र कर्जाको ब्याजदरमा वृद्धि भएकाले बैंकको ब्याज खर्च वढेको छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले मंगलवार नागरिकसँग भने ुयसले नाफामा अपेक्षाकृत बृद्धि हुन सकेन ।ु उनको बैंकले गत बर्ष ३३ करोड नाफा गरेको छ ।
बजारमा चर्चा भएजस्तो निक्षेप र कर्जाको ब्याजदर बिचको फरक स्प्रेड दर ले नाफा नघटेको भण्डारीले जानकारी दिए । उनले कर्जा-निक्षेप अनुपातको सीमाले गर्दा बैंकले लगानी बढाउन नसक्दा नाफामा कमी आएको बताए । ुस्प्रेड दरमा खासै परिवर्तन आएको छैनु उनले भने ुमूख्य कारण कर्जा लगानी गर्न नसक्दा नै हो ।ु
बैंकको औषद स्प्रेड दर ४ प्रतिशत छ । असार मसान्तसम्म सरकारीसहित २७ वाणिज्य बैंकले ४ सय ६५ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो बर्ष कर्जा प्रवाह ३ सय ८४ अर्ब रुपैयाँ भएको थियो ।

No comments:

Post a Comment

thanks for comment