बैंकरको सेवा सुविधा नियन्त्रण नगर

काठमाडौं साउन १२

नेपाल बैंकस्र संघले बैंकका उच्च अधिकारीको सेवा सुविधामा नियन्त्रण नगर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीको सेवा सुविधा पारदर्शी बनाउनेमा समर्थन जनाउँदै संघले नियन्त्रण नगर्न आग्रह गरेको हो ।The Girl with the Dragon Tattoo

बुधबार सार्वजनिक मौदि्रक नीतिमा बैंक तथा वित्तीय संस्थाका साचालक प्रमुख कार्यकारी अधिकृत उच्च पदस्थ कर्मचारीको सेवा सुविधालाई मुलुकको वित्तीय प्रणालीले धान्ने गरी व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था छ । ुसेवा सुविधामा नियन्त्रण भए बैंकहरु निरुत्साहीत हुन्छनु संघका अध्यक्ष शसिन जोशीले भने ।

नयाँ व्यवस्थाले बैंकका विभिन्न पदमा बसेका व्यक्तिहरु त्रसित भएको जनाउँदै बैंकर सुधीर खत्रीले तत्काल सरोकारवालासँग छलफल गर्न राष्ट्र बैंकसँग आग्रह गरेका छन् । ुउच्च व्यवस्थापनको पारिश्रमिक सुविधा व्यवस्थित गर्ने विषय विवादास्पद होु उनले भने-ुयसले अन्योल सिर्जना गरेको छ ।ु

बैंकको शाखा स्थापनाका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्थालाई समेत उनीहरुले केन्द्रीय बैंक ुपछाडी फर्केकोु बताएका छन् । ुदुई वर्षमा २ सय १९ शाखा स्थापना भएका छन् ु जोशीले भने-ुयसबाट ग्रामीण शाखामा प्रोत्साहन भएपनि पछाडी फर्किएको देखिएको छ ।ु
शाखा खोल्ने प्रकि्रयामा रहेका बैंकका विषयमा तत्काल स्पष्ट पार्न खत्रीले आग्रह गरेका छन् । ुयसले शाखा खोल्ने विषयमा अन्योल बढाएको छु उनले भने-ुगृहकार्य भैरहेको शाखा स्थापनाका लागि स्पष्ट निर्देशन तत्काल आउन जरुरी छ ।

नीतिमा बैंक नपुगेका ठाउँमा १ र अन्यत्र १ स्थापना गरेपछि राजधानीमा शाखा खोल्ने अनुमति राष्ट्र बैंकले दिने व्यवस्था छ ।

बैंकमा १० लाख रुपैयाँ जम्मा गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्थाले बैंकिङ क्षेत्रमा निक्षेप नआएको संघले जनाएको छ । यस्तो अवस्थामा स्रोत खुलाउनुपर्ने विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने माग जोशीले राखेपनि नीतिमा यस विषयमा केही राखिएको छैन ।
वाणिज्य बैंकले अरुमा खाता खोलेर ब्याज लिन नपाउने व्यवस्था विकृति हटाउन सकारात्मक भएको खत्रीले जनाएका छन् । यो व्यवस्थाले केही दिनमा नै बैंकिङ क्षेत्रको निक्षेप करिब ६ अर्ब रुपैयाँ घटेको देखिने उनले बताए । यस्तो प्रावधानले केही बैंकको कर्जा निक्षेप अनुपात बढ्ने र २० प्रतिशत तरलता कायम गर्न कठिन हुने दाबी उनले गरे ।
आवासिय र व्यवसायिक भवनलाई कर्जा प्रवाहमा बनाईएको सहजता र जग्गाको खरिद बिक्रीमा गरिएको कडाईलाई उनीहरुले सकारात्मक ठानेका छन् । ुजग्गाको खरिद बिक्री गर्नेलाई अब झन कठिनाई पर्नेछु खत्रीले भने-ुभवनलाई उद्योगको मान्यता दिनु सकारात्मक छ ।ु
१ प्रतिशत भन्दा बढि सेयर राख्ने संस्थापकको ५० प्रतिशत भन्दा बढि धितो राखेर ऋण लिन नपाउने प्रावधानका सम्बन्धमा पनि थप स्पष्टता आवश्यक भएको बैंकरले जनाएका छन् ।
ुअहिले कर्जा लिएका संस्थापक अन्योलमा परेका छन्ु खत्रीले भने ।
केही विषयमा असहमति जनाएपनि बजेट नआएको अवस्थामा आएको नीतिलाई जोशीले सन्तुलित भने । नीतिलाई अप्रत्याशित मान्न नसकिने उनले बताए ।
नेपाल वित्त कम्पनी संघका अध्यक्ष रामशान्त श्रेष्ठले देशको आवश्यकता अनुरुप नीति आएपनि बैंक तथा वित्तीय संस्था साचालनमा कठिनाई पर्ने बताए । ुपरिपत्र आएपछि स्पष्ट हुन सकिन्छु उनले भने ।
नेपाल विकास बैंक संघका अध्यक्ष झपड बोहराले अर्थतन्त्रको आवश्यकता अनुरुपको नीति आएको जनाउँदै सकारात्मक भनेका छन् । विपन्न वर्गलाई कर्जाको पहुँच गाउँमा बैंकिङ पहुँच बढाउन शाखा खोल्ने शोधनान्तर स्थिति सकारात्मक बनाउने र मूल्य स्थिरता कायम गर्ने नीतिलाई सकारात्मक मान्नुपर्ने उनले बताए ।
मुलुकका ३० दुर्गम जिल्लामा बैंक शाखा खोल्ने एक आपसमा गाभिनका लागि सहुलित दिने कृषि क्षेत्रमा ३ वर्षमा कर्जा दोब्बर बनाउने ३ लाख सम्मको महिला लघु उद्यम कर्जालाई विपन्न वर्गमा राख्ने नीति अर्थतन्त्रको आवश्यकता अनुरुप आएको बैंकरले जनाएका छन् ।

उद्योगी-व्यापारीले मौदि्रक नीतिमा नीजिक्षेत्रका लागि केही व्यवस्था नभएको प्रतिकि्रया दिएका छन् । नीजिक्षेत्रलाई राहत दिने केही व्यवस्था नीतिमा नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बताए ।
कर्जाको व्याज घटाउने कार्यक्रम नआएकोमा उनीहरुले असन्तुष्टि जनाएका छन् । ुउच्च व्याज घटाउनका लागि केही व्यवस्था देखिएनु चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले भने ।

No comments:

Post a Comment

thanks for comment