एकै कम्पनीमा सिइओ र महाप्रबन्धकमध्ये एक मात्र राख्न नपाइने

सुदर्शन सापकोटा
काठमाडौं साउन ३०
बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सिइओ र महाप्रबन्धक दुवै राख्न नपाउने गरी केन्द्रिय बैंकले नयाँ निर्देशन ल्याउने भएको छ । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा कार्यकारी प्रमुख भनेर महाप्रबन्धक प्रमुख कार्यकारी अधिकृत कार्यकारी अध्यक्षा पदलाई परिभाषित गरिएकाले एकै कम्पनीमा यस्तो पद रान्न नपाउने गरी निर्देशन जारी गरिएको हो ।
केन्द्रिय बैंकले साचालन अनुमति पर्खिएर बसेको कमस्र एण्ड ट्रस्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धक दुवै पद रहेकाले प्रमुख कार्यकारी पद राख्न भनेको थियो । त्यसै अनुसार बैंकले जेनिस श्रेष्ठलाई दिएको महाप्रबन्धक पदलाई ुभाइस प्रेसिडेन्टु मा परिवर्तन गरिसकेको प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले जानकारी दिए । ुबैंक साचालमा नआइसकेकाले हामीलाई पद परिवर्तन गर्न गाह्रो भएनु उनले भने ।
साचालनमा रहेका एक दर्जनभन्दा वढी वाणिज्य बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी र महाप्रवन्धक दुवै पद छन् । निर्देशन आएपछि यस्ता कम्पनीहरुलाई पद व्यवस्थापन गर्न गाह्रो पर्ने छ ।
ुऐनमा तोकिएको दुवै पद एउटै कम्पनीमा हुँदा कार्यकारी प्रमुख को हो भन्ने द्विविधा वढेकाले सिइओ भएको कम्पनीमा महाप्रबन्धक पद खडा नगर्न निर्देशन दिने तयारी गरिएको होु राष्ट्र बैंक उच्च स्रोतले आइतवार नागरिकसँग भन्यो ।
ऐनमा जे भएपनि व्यवहारिक रुपमा महाप्रबन्धक सिइओभन्दा तलको पद भएकाले यस्तो निर्देशन आए बर्षौदेखि महाप्रबन्धक भएका कर्मचारीको मानमर्दन हुने एक बैंकरले बताए । ुकर्मचारीको मर्यादाक्रम मिलाउनलाई पनि महाप्रबन्धक पद खडा गरिएको हुन्छु महाप्रबन्धक पद समेत रहेको एक विकास बैंकका प्रमुख कार्यकारीले भने ुयसले कम्पनीको संरचनामा असर पार्छ ।ु
भर्खरै साचालनमा आएको मेगा बैंकदेखि ठूलो र पुरानो नेपाल इन्भेस्टमेन्ट हिमालयन बैंकमा सिइओका अलावा प्रमुख कार्यकारी पद राखिएको छ ।
राष्ट्र बैंकले जारी गर्न लागेको निर्देशनपछि बैंक तथा वित्तीय कम्पनीले सिइओ भएको कम्पनीमा विद्यमान रहेका महाप्रबन्धकलाई उप वा सहायक महाप्रबन्धकमा घटुवा गर्नु पर्ने हुन्छ । तर राष्ट्र बैंकका एक अधिकारीले भने कर्मचारीलाई घटुवाभन्दा पनि व्यवस्थापन गर्नलाई निर्देशन तयार पारिएको बताएका छन् । ुतत्काललाई घटुवाजस्तो देखिए पनि भविस्यमा यसले कर्मचारीको मर्यादाक्रमलाई थप व्यवस्थित गर्ने छु ती अधिकारीले नागरिकसँग भने ।
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले कार्यकारी अधिकार प्रमुख कार्यकारी वा महाप्रबन्धकमध्ये कसमा छ भन्ने द्विविधा रहेको भन्दै यसलाई व्यवस्थित गर्नु पर्ने बताए । तर उनले यसका लागि वेग्लै निर्देशन जारी हुन लागेको बारेमा आफुलाई कुनै जानकारी नभएको दावी गरे । ुपद व्यवस्थित गर्न आवश्य छु उनले भने ुतर यसलाई व्यवस्थित गर्नका लागि निर्देशन आउँदैछ भन्ने मेरा जानकारीमा आएको छैन ।ु
केन्द्रिय बैंकले यसै साताभित्र मौदि्रक नीतिमा व्यवस्था भए अनुसार रियलस्टेट र हाउजिङ कर्जालाई थप व्यवस्थित गर्न निर्देशिका ल्याउने भएको छ । मौदि्रक नीतिमा रियलस्टेटको सीमा १० प्रतिशतमा झार्दै हाउजिङलाई खुकुलो बनाइएको छ । यद्यपी हाउजिङमा के केलाई समेट्ने भन्ने स्पस्ट छैन । ुयसै साता रियलस्टेट र हाउजिङलाई थप स्पस्ट पार्दै निर्देशन आउँछु राष्ट्र बैंक स्रोतले भन्यो ुयसबारेमा छलफल चलिरहेको छ ।ु

No comments:

Post a Comment

thanks for comment