विकास बैंक र वित्तको निक्षेपमा ५० प्रतिशत वृद्धि

नागरिक संवाददाता
काठमाडौं साउन ११
विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप संकलन आव २०६६÷६७ मा करिब ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
राष्ट्र बैंकका अनुसार २०६६÷६७ जेठसम्म विकास बैंंक र वित्त कम्पनीले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्मको विवरण आइसक्दा यो रकम १ खर्ब ५० अर्ब पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष विकास बैंक र वित्तले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका थिए ।Recovery
ु६ महिनाको अवधिमा बैंक तथा वित्तीय कम्पनीले ब्याजदरमा गरेको वृद्धिले निक्षेप बढेको देखिन्छु राष्ट्र बैंकका एक अधिकारीले मंगलबार नागरिकसँग भने ुघरजग्गा व्यवसायमा आएको शिथिलताले पनि घरमा जम्मा राखेको पैसा सर्वसाधारणले बैंकमा फार्काउन थालेका छन् ।ु
ती अधिकारीले भारतभन्दा नेपालमा निक्षेपको ब्याजदर बढी भएकाले पनि उता जम्मा भएको पैसा पुनः नेपालमा नै फर्किन थालेको दाबी गरे । ुनेपालमा कम ब्याज दर भएका बेला भारत पैसा गएको थियोु उनले भने ुकेही समयदेखि नेपालमा भारतभन्दा बढी ब्याज पाइन थालेपछि त्यो पैसा फिर्ता आएको हुनसक्छ ।ु
विकास बैंकले मात्र ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । फाइनान्स कम्पनीले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको केन्द्रीय बैंकले जनाएको छ । जेठसम्म विकास बैंकले ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीले विकास बैंकलाई जित्दै ७६ अर्ब प्रवाह गरेका छन् । वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जाको यो करिव २९ प्रतिशत हो ।
निक्षेप संकलन र कर्जा प्रवाहबिचको अनुपात हेर्दा फाइनान्स कम्पनीहरुको कर्जामा जोखिम देखिन्छ । यी कम्पनीको कर्जा-निक्षेप अनुपात १ सय ७ प्रतिशतभन्दा बढी छ । विकास बैंकको भने सुरक्षित सिमाभित्र नै छ । विकास बैंकको कर्जा-निक्षेप अनुपात करिव ९३ प्रतिशत छ । ुकर्जा-निक्षेप अनुपातलाई हेर्दा विकास बैंकभन्दा फाइनान्स कम्पनी असुरक्षित देखिन्छन्ु केन्द्रीय बैंकका एक अधिकारीले भने ुयो अनुपात घटाउन सम्वन्धित कम्पनीलाई चेतावनी दिइसकेका छौं ।ु
सम्झना फाइनान्स कम्पनी बाहेक सबै विकास बैंक तथा वित्तीय कम्प्नीको पुँजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको सिमाभित्र नै छ । राष्ट्र बैंकले यो अनुपात ११ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । सम्झना फाइनान्सको यो अनुपात सीमाभन्दा कम जगेडा कोष ऋणात्मक भएपछि केन्द्रीय बैंकले गत जेठ २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
फाइनान्स कम्पनीको तुलनामा वित्तीय कम्पनीको तरल सम्पत्ति करिव ६ गुणाले वढी छ । विकास बैंकको तरल सम्पति ८१ अर्ब छ भने फाइनान्स कम्पनीको १६ अर्ब रुपैयाँ छ ।

No comments:

Post a Comment

thanks for comment