तालिमले दिलाउँछ बैंकमा जागिर

नागरिक संवाददाता
काठमाडौं साउन ३०
बैंकमा जागिर खोज्दै हुनु हुन्छ भने पहिले तयारी कक्षा लिन उपयुक्त हुन्छ । किनभने बैंकहरुले सैद्धान्तिक रुपमा बैंकिङ जानेकाका साथै व्यवहारिक ज्ञान भएकालाई प्राथमिकता दिने गरेका छन् ।
यस्तो व्यवहारिक ज्ञान दिने संस्थाहरुमा केही कक्षा लिएपछि तपाईले जागिर पाउने सम्भावना वढेर जानेछ । अहिले राजधानीमा बैंकिङ सिकाउने आधा दर्जनभन्दा वढी निजी संस्थाहरु साचालनमा छन् ।
ुहामी सैद्धान्तिक मात्र होइन व्यवहारिक शिक्षा पनि दिन्छौंु बैंकिङ सिकाउने कम्पनी स्कुल अफ बैंकिङ विजिनेस एण्ड रिसर्चका एक अधिकारी शिव पोखरेलले भने ुहामीले ुभर्चुअलु रुपमा बैंकिङ कारोवार गर्न पनि सिकाउँछौं ।ु
उनका अनुसार बैंकिङका लागि दुई किसिको कोर्ष तयार पारिएको छ । सामान्य जानकारी दिन आधारभूत र सम्पूर्ण ज्ञान दिन विशेष कक्षा साचालन भइरहेको उलने बताए । यस्तो कक्षा लिन ९ हजारदेखि १२ हजार रुपैयाँसम्म तिर्नु पर्छ । चैतदेखि साचालनमा आएको यो संस्थाबाट कक्षा लिएका मध्ये ४ जनाले बैंकमा जागिर पाइसकेका छन् । हालसम्म संस्थाबाट १ सय ५० जनाले तालिम लिइसकेका छन् ।
संस्थाबाट तालिम लिनेले बैंकमा टे्रनीका रुपमा पनि काम गर्न पाउने गरी सम्झौता गरेको छ । भर्खरै मात्र यसले सिटिजन्स बैंक इन्टरनेसनलसँग यस्तो सम्झौता गरेको छ । भर्खरै साचालनमा आएको मेगा बैंकसँग पनि सम्झौताको तयारी भइरहेको पोखरेलले जानकारी दिए ।
बैंकिङ सम्वन्धि तालिम केएफए अल्फा बिटा नेसनल बैंकिङ टे्रनिङ इ_िन्स्टच्युट एनबिटिआइ लगायतका संस्थाले दिँदै आएका छन् । बैंकहरुले पनि यस्ता संस्थामा बैंकिङ शिक्षा लिएकालाई जागिर दिँदा विशेष प्राथमिकतामा राख्ने गरेको छ । ुकेही सिकेर आएकोलाई हामी प्राथमिकता दिन्छौंु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने ुकेही सिकेर आएकोलाई काममा लगाउन पनि सजिलो हुन्छ ।ु
यस्ता कम्पनीहरुले आफूले केही समय सिकाएर विभिन्न बैंक तथा वित्तीय कम्पनीमा केही साता व्यवहारिक ज्ञान लिनका लागि सिफारिस गर्छ । ुइन्टर्न गर्न गएकाले सम्वन्धित कम्पनीमा गएर राम्रो गर्न सक्दा जागिर पनि पाइरहेका छन्ु पोखरेलले भने ुबैंक आफैलाई सबै कुरा सिकाउन गाह्रो तथा समय लाग्ने भएकाले तालिम दिने संस्थाबाट सिकाकालाई प्राथमिकतामा राख्छन् ।ु
केएफए कलेजमा बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी महाप्रबन्धकलगायतले बढाउने गरेका छन् । केएफएका एक कर्मचारीका अनुसार कुमारी बैंकका राधेस पन्त मेगा बैंककी रविना जोशीलगायतले पढाउने गरेका छन् । ुकेएफएमा तालिमभन्दा शैक्षिक कोर्ष नै पढाइ हुन्छु उनले भने ।
अल्फा बिटा कन्सल्टेन्सीले पनि बैंकिङ गुरु भन्दै बैंकिङ तालिम दिन सुरु गरेको छ । कम्पनीको वेवसाइट अनुसार बैंकिङ क्षेत्रको विस्तारसँगै दक्ष जनशक्तिको अभाव हुन थालेकाले त्यसलाई पुर्ति गर्ने उद्देश्यले बैंकिङ कक्षा सुरु गरिएको हो । कम्पनीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको तालिम दिने दावी गरेको छ ।
एनबिटिआइ पनि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएर स्थापना भएको संस्था हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति अभाव हुन थालेको बताउँदै व्यवसायिक तालिम दिएर त्यो आवश्यकता पुरा गरिने जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment