सर्टको बाहुलामा मुगाको टाँक

स्टाइल - पहिरन

सामान्यतया निलो जिन्स र टिसर्ट उनको रोजाइको पहिरन हो । औपचारिक समारोहमा भने टाइसुटै बढी लगाउँछन् । साधारण पार्टीहरुमा भने सकभर टाइ लगाउन नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । बिहान कतै निस्कनुपरे राधेश पन्तको रोजाइको पहिरन हो ुहाफ प्यान्टु

सुदर्शन सापकोटा
कि फिल्मका हिरो स्टाइलिस्ट हुन्छन् कि बिजनेसम्यान कि बैंकर ।
राधेश पन्त बैंकर हुन् । र उनी स्टाइलिस्ट छन् ।
मुगाको कफिलंक टाँक भएको सर्ट उनको स्टाइल हो । सर्ट जस्तोसुकै होस् बाहुलामा गणेश भगवान्को आकृति खोपिएको कफिलंक नभई हुँदैन ।
फेसनमा एकदमै सजग यी बैंकरको रङ छनोट विशेष छ । धेरैजसो उनले पहेँलो रङको कफिलंक आफ्नो सर्टको बाहुलामा राखेका हुन्छन् जसले उनको लवाइलाई आकर्षक त बनाएकै हुन्छ विशेष पनि देखाउँछ ।
ुमलाई पनि अचम्म लाग्छु कुमारी बैंकका यी प्रमुख कार्यकारीले भने ुयसले जुनसुकै रङको सर्टलाई आकर्षक देखाउँछ ।ु
उनको भनाइमा सर्टको बाहुलामा कफिलंक हाल्नु स्टाइलमात्र होइन । यो उनको पारिवारिक मान्यतासँग पनि जोडिएको छ ।ु अर्थशास्त्री बुवा यादवप्रसाद पन्तले उनी बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत हुँदा एकदिन कार्यालयमै आएर उपहार दिएका थिए ।
ुयसले तिमीलाई राम्रो गर्छ भन्दै उहाँले दिन ल्याउनुभयोु राधेसले सम्झे ुनभन्दै कफिलंक लाएदेखि राम्रो पनि भइरहेको छ ।ुThe SuburbsThe Girl with the Dragon TattooThe Girl Who Kicked the Hornet's Nest
यो त उनको आस्थासँग जोडिएको कुरा भयो । तर त्यसै पनि राधेश कम स्टाइलिस्ट छैनन् । कार्यालय औपचारिक कार्यक्रम वा पार्टीमा भेटिँदा सधैं टाइसुटमा सजिएका हुन्छन् । सामान्यतया निलो जिन्स र टिसर्ट उनको रोजाइको पहिरन भएपनि औपचारिक समारोहमा टाइसुटै बढी सुहाउने उनको भनाइ छ । साधारण पार्टीहरुमा भने सकभर टाइ लगाउन नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । बिहान कतै निस्कनुपरे उनको रोजाइको पहिरन ुहाफ प्यान्टु हो ।
ुकपडा राम्रो भयो भने आत्मविश्वास वढ्छु रक संगीतका फ्यान राधेशले भने ुयसले अरुका अगाडि राम्रो इम्प्रेसन बनाउँछ ।ु बैंकिङ जनसम्पर्कमा आधारित पेसा भएकाले आकर्षक र स्मार्ट देखिनु आवश्यक भएको उनको भनाइ छ । यसले पनि उनलाई सुटमा ठाँट्टिएर बस्न प्रेरित गर्छ ।
उनको भनाइमा बैंकिङ क्षेत्रमा ुथि्रपिसु सुटको फेसन चलेको एक वर्षजति भयो । उनी आफैं भने यस्तो पहिरनमा देखिन थालेको धेरै भइसक्यो । उनको कपडा राख्ने दराजमा सस्रती गन्दा नियमित लाउने सुटमात्र ३० वटाभन्दा बढी रहेछन् । राधेशले आफ्नो घरमा सुट राख्नलाई मात्र छुट्टै कोठाधरी बनाइरहेका छन् । यही बुधबार नागरिक शनिबार टोली उनको घर पुग्दा त्यही सुट कोठाको निर्माणको काम चल्दै थियो ।
महिनाभरि दिनहुँ फेरीफेरी लाउन पुग्ने सुट भएपनि आफूलाई मन परेपछि नफाटुन्जेल एउटै सुट लाउने उनको बानी छ । मनपर्ने रङ र फिटिङ सुट भेट्नेबित्तिकै उनी किनिहाल्छन् । स्मार्ट देखिन रुचाउने यी बैंकर हम्मेसी अर्काको रोजाइमा सुट किन्दैनन् ।
उनले लाउने जुत्ता पनि ब्रान्डेड नै हुन्छ । ुजे लाए पनि म्याचिङ हुनुपर् योु कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको करिब २० अर्ब रुपैयाँ निक्षेपको जिम्मा लिएर बसेका राधेसले भने ुब्रान्डेड नै चाहिन्छ भन्ने छैन । सुहाउने भएपछि ब्रान्डमा खासै ध्यान दिन्न । चाहे त्यो महंगो होस् या सस्तो सुहाउनुपर् यो ।ु
ुनिलो सर्टमा रातो टाइ लाउने कुरा त भएन नि !ु उनले थपे ।
सुटका यी सोकिन बैंकर किनमेल कहाँ गर्छन् त
उनी धेरैजसो विदेश जाँदा सुट किन्छन् तर सिलाउनलाई काठमाडौं नै प्यारो मान्छन् । युरोप अमेरिका िसंगापुर दिल्लीजस्ता नामुद सहरमा किनेको सुट पनि उनी सिलाउन टेकु नजिकको ुएसके टेलरु नै पुग्छन् । यहाँ सिलाएको सुट राधेशले २५ वर्षदेखि लगाउँदै आएका छन् ।
नेपालमा आफूलाई मिल्ने खालको सुट नपाएको उनको अनुभव छ । ुएउटा सर्ट किन्न गयो भने कि फिटिङ मिल्दैन कि रङ सुहाउँदैनु उनले भने ुनेपालमा मैले च्वाइस नै भेटेको छैन ।ु
इटालियन कट डिजाइन भएको सुट मन पराउने राधेशको रोजाइको रङ कस्तो होला ुमलाई ब्ल्याक एन्ड ह्वाइट मनपर्छु उनले भने । उनीसँग ८ सय अमेरिकी डलरसम्मका सुट छन् । आफूलाई आकर्षक रुपमा प्रस्तुत गर्न कपडामा नयाँ प्रयोग पनि गर्छन् कहिलेकाँही । ुमान्छेले आफ्नो आवरण फेरिरहनुपर्छ । म कहिलेकाहीँ एउटा सुटको पाइन्ट अर्कोमा र एउटा सुटको सर्ट अर्कोमा लगाइदिन्छुु उनले भने ।
ह्यान्डसम बैंकरले घडी लाउन छाडेको भने ४÷५ महिना नै भयो । मोबाइलमै समय हेर्न सकिने भएकाले घडी लाउन छाडेको उनले सुनाए । बिहान नुहाइधुवाइ सकेपछि हातैले कपाल मिलाएर उनी सुट रोज्न थाल्छन् । अनि हल्का डियोड्रेन्ट लाएर कार्यालय आउन तयार हुन्छन् ।

No comments:

Post a Comment

thanks for comment