तरलता समस्यामा सुधार आएको संकेत


-एकै महिनामा २५ अर्ब निक्षेप
-कर्जा प्रवाहमा अझै सुधार आएन


सुदर्शन सापकोटा
काठमाडौं साउन १६
लामो समयदेखि रकम अभावको समस्या झेलिरहेका वाणिज्य बैंकहरुमा पछिल्लो एक महिनामा अपत्यारिलो रुपमा निक्षेप आएको छ ।
असार दोस्रो सातादेखि साउन दोस्रो सातासम्म गत शुक्रबारसम्म को एक महिनामा २५ अर्ब रुपैयाँभन्दा बढी रकम बैंकमा जम्मा भएको छ । विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप बृद्धिदर पनि अपेक्षा गरिएभन्दा बढी छ । पछिल्लो १० महिनायता एकै महिनामा २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको यो पहिलो पटक हो । पछिल्लो निक्षेप संकलनको स्थितिले बैंकरहरुलाई आशावादी बनाएको छ । बैंकहरुले गत कात्तिकयता निक्षेप संकलनमा कठिनाइ भोगिरहेका थिए ।The Suburbs
आर्थिक वर्ष २०६५÷६६ सम्ममा ५ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकले त्यसको नौ महिना अर्थात गत चैतसम्म थप ३० अर्ब मात्र संकलन गरेका थिए । यसपछि निक्षेप संकलनमा केहि सुधार देखियो । त्यसअनुसार आर्थिक वर्षको पछिल्लो तीन महिनामा २० अर्ब निक्षेप संकलन भएको थियो ।
राष्ट्र बैंकका अनुसार गत माघसम्म निक्षेपको बृद्धिदर ५ प्रतिशत हाराहारीमा थियो । त्यसपछि केही महिना बृद्धिदरमा गिरावट आयो । पछिल्लो दुई महिनामा निक्षेप ४० अर्ब रुपैयाँले बढेर वृद्धिदर १५ प्रतिशतमा पुगेको छ ।
ुपछिल्लो एक महिनायता बैंकहरुले राम्रो निक्षेप संकलन गरेका छन्ु नेपाल बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले नागरिकसँग भने ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको पनि निक्षेप संकलनमा सुधार आएको छ । यी कम्पनीले असार मसान्तसम्म १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जेठ मसान्तसम्म निक्षेप १ खर्ब ३९ अर्ब रुपैयाँ मात्र थियो ।
ुएक महिनायता निक्षेप संकलनमा राम्रो सुधार आएको छु संघका सदस्य तथा एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नागरिकसँग भने ुछोटो अवधिमा ठुलो निक्षेप कहाँबाट आइरहेको छ थाहा छैन ।ु आर्थिक बर्ष २०६५÷६६ मा यि कम्पनीले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका थिए । यो ५० प्रतिशतभन्दा बढीको बृद्धि हो ।
निक्षेप बृद्धिले वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात सिडी रेसियो मा पनि सुधार आएको छ । निक्षेप नबढ्दा र सिडी रेसियो उच्च हुँदा बैंकहरुले केही सयमदेखि नयाँ कर्जा बन्द गरेका थिए । पछिल्लो समयमा निक्षेपमा बृद्धि हुँदा सिडी रेसियो ८३ प्रतिशतमा कायम भएको छ । केही समयअघिसम्म यस्तो अनुपात ९७ प्रतिशतसम्म थियो ।
निक्षेप बढे पनि कर्जा लगानीमा सुधार आउन सकेको छैन । गत आर्थिक वर्षको पहिलो साता ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकले आर्थिक बर्षको अन्त्यसम्म एक अर्ब मात्र बढाएका छन् । ुनिक्षेप बढेकाले अब कर्जा प्रवाहमा पनि सुधार आउँछु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुपहिले सिडी रेसियो उच्च भएकाले कर्जा बढाउन कठिन थियो ।

कसरी बढ्यो निक्षेप
राष्ट्र बैंकका अधिकारी र बैंकरहरुले सरकारी खर्च र रेमिट्यान्स वृद्धि बढी ब्याजदरलगायत कारण निक्षेप बढेको बताउँछन् ।
आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढेकाले निक्षेप संकलन बढेको केन्द्रिय बैंक तथा यसका अधिकारीहरुको धारणा छ । ुकेही समयदेखि सरकारी खर्च बढेर बैंकको निक्षेप संकलन बढेको होु उपाध्यक्ष भण्डारीले भने ।
केही समयदेखि खस्किएको रेमिट्यान्स वृद्धिदरमा सुधार आउनाले पनि निक्षेप बृद्धिमा सघाउ पुगेको राष्ट्र बैंकका एक अधिकरीले बताए । पहिले ६ प्रतिशतसम्म पुगेको रेमिट्यान्स बृद्धिदर पछिल्लो समयमा ११ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले बैंक तथा वित्तीय कम्पनीले ब्याजदरमा गरेको बृद्धिले पनि निक्षेप बढेको बताए । कात्तिक यता तरलता अभाव गहिरिएपछि बैंक तथा वित्तीय कम्पनीले निक्षेपको ब्याजदर तीन पटकसम्म बढाएका थिए । ब्याजदर १२ प्रतिशतसम्म पुगेपछि वाणिज्य बैंकहरुको छाता संगठनले योभन्दा बढी नबढाउन सदस्य बैंकसँग ुभद्र सहमतिु गरेको थियो ।
नाफा भइरहेको लगानीको क्षेत्र सेयर बजार र रियलस्टेट कारोवारमा पछिल्लो समयदेखि सिथिलता आएका बेला निक्षेपको ब्याजदर सय प्रतिशतसम्म बढेकाले सर्वसाधारणले पैसा बैंकमा फिर्ता गर्न थालेको अनुमान बैंकरहरुको छ ।
यस्तै बढी ब्याज दिने बचत तथा ऋण सहकारी सरह बैंकहरुले पनि ब्याज दिन थालेपछि त्यतातिर गएको निक्षेप बैंकिङ क्षेत्रमा आएको अनुमान गरिएको छ । अहिले बाणिज्य बैंकले १२ तथा विकास बैंक तथा वित्तीय कम्पनीले १४ प्रतिशतसम्म निक्षेपमा ब्याज दिन थालेका छन् ।
नेपालमा निक्षेपको ब्याजदर बढ्न थालेपछि भारतमा पैसा राखेका सीमावर्ती व्यापारी तथा उद्योगपतिले फिर्ता ल्याउन थालेको केन्द्रिय बैंकका एक उच्च अधिकारीले दावी गरे । ती अधिारीको भनाइ पुष्टी गर्दै गभर्नर खतिवडाले शनिवार एक सार्वजनिक कार्यक्रममा भने ुवारीपारी नेपाल-भारत दुबैतिर व्यवसायिक संलग्नता भएका संस्थाबाट यो अवधिमा पर्याप्त निक्षेप आएको छ ।

ब्याजदर कता जान्छ
बैंक तथा वित्तिय संस्थामा निक्षेप फर्कन थालेसँगै कर्जामा लिइने व्याजदर घट्ने नघट्नेमा राष्ट्र बैंकका गभर्नर र बैंकरहरुबीच मत भिन्नता देखिएको छ । गभर्नर खतिवडा ब्याज घट्नेमा विश्वस्त देखिएका छन् भने बैंकरहरु तत्काल नघटने बताउँछन् ।
तरलता अभाव चर्किएपछि निक्षेप तथा कर्जाको ब्याज बढाउन वाध्य भएका बैंक तथा वित्तिय संस्थाका अधिकारीहरु अहिलेको वृद्धिदरलाई हेरेर तत्काल ब्याजदर घट्छ भन्न नसकिने बताउँछन् । ुनिक्षेप कुन स्रोतबाट आइरहेको छ भन्ने थाहा छैनु पाण्डेले भने ुनिक्षेपको स्रोत स्थायी हो÷होइन पत्ता नलागेसम्म ब्याजदर कुन दिशामा जान्छ भन्ने अवस्था छैन ।ु
गभर्नर खतिवडाले भने कर्जाको ब्याजदर केही समयभित्र घट्ने बताए । उनले निक्षेपको बृद्धिदर १५ प्रतिशत पुगेको भन्दै कर्जाको ब्याजदर घट्ने दावी गरेका हुन् । ुकर्जाको ब्याजदर घट्छु उनले डेभलपमेन्ट बैंकस्र संघको कार्यक्रममा भने ुउद्योगी व्यवसायी नआत्ति बसौं ।ु गभर्नरले मूल्यबृद्धिभन्दा केही माथि मात्र निक्षेपको ब्याजदर भएकाले यसलाई नघटाउन बैंकस्रसँग आग्रह पनि गरे ।
आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढे पनि नयाँ आर्थिक वर्षको पूर्ण बजेट नआएकाले सरकारी खर्च कम हुने भन्दै एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुअहिले बढेको निक्षेपको भरमा नै ब्याजदर घटाउन सकिदैन ।ु उनले व्याजदर घटाउन निक्षेपको भरपर्दो स्रोत भेटिनु पर्ने बताए ।
ुअहिले ब्याजदर घटाउँदा हतार हुन्छु ती बैंकका प्रमुख कार्यकारीले भने ुबैंकको साजाल विस्तार गर्दा निक्षेप संकलन बढ्छ । तर केन्द्रिय बैंकले शाखा विस्तारमा कडा नीति लिएकाले निक्षेपको मुहान छेकिएको छ ।ु उनले पूर्ण बजेट आउन ढिलाइ भए निक्षेपको बृद्धिदर घटेर पुनः तरलता अभाव दोहोरिने दावी गरे ।

No comments:

Post a Comment

thanks for comment