शोधनान्तर ९ अर्ब बचतमा राखिने

काठमाडौं साउन १२ नागरिक
मौदि्रक नीतिले चालु बर्षका लागि शोधनान्तर बचत ९ अर्बको हाराहारीमा राख्ने लक्ष्य लिएको छ । बर्षभरीको मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य मौदि्रक नीतिले राखेको छ ।The Girl with the Dragon Tattoo
त्रिवर्षीय योजनाको आधारपत्रमा उल्लेखित साडे पाँच प्रतिशतको वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कर्जा र मौदि्रक तरलताको व्यवस्थापन मौदि्रक नीतिको उद्देश्य रहेको गभर्नर खतिवडाले बताए ।
कात्तिकयता देखिएको चरम तरलता अभावलाई कम गर्दै विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५ प्रतिशत राख्ने प्रक्षेपण मौदि्रक नीतिले गरेको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदर १६ दशमलव ४ प्रतिशत रहने प्रक्षेपणसमेत गरिएको छ ।
लक्षित आर्थिक वृद्धिदर शोधनान्तर बचत र व्याजदर वृद्धिको विद्यमान प्रवृत्तिबाट निक्षेप संकलनमा पर्ने सकारात्मक प्रभावको आधारमा वाणिज्य बैंकले निक्षेप संकलनको वृद्धिदर १५ प्रतिशत हुने केन्द्रिय बैंकले अनुमान गरेको छ ।
कम्तीमा छ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि विदेशी विनिमय संचिति कायम गर्न सहयोग पुग्ने गरी मौदि्रक नीति तर्जुमा गरिएको गभर्नर खतिवडाले बताए ।

No comments:

Post a Comment

thanks for comment