बैंकहरुले निक्षेपको ब्याज दर घटाउन थाले

कर्जाको पनि दुई महिनाभित्र घट्ने
सुदर्शन सापकोटा
काठमाडौं साउन १९
निक्षेप संकलनमा सुधार आउन थालेपछि बैंकहरुले निक्षेपमा लिने व्याजदर घटाउन थालेका छन् । केही बैंकले घटाइ सकेका छन् भने अधिकांस घटाउने तयारीमा छन् । ुनिक्षेप बढेसँगै यसको ब्याज दर घटाउने दवाव वढेको छु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बुधवार नागरिकसँग भने ।
लक्ष्मी र प्राइम बैंकले एक बर्षे निक्षेपको न्युनतम व्याजदर घटाइ सकेका छन् । लक्ष्मी बैंकले १० देखि साढे ११ प्रतिशतसम्म दिँदै आएको एक बर्षे निक्षेपको ब्याज साढे १० देखि ११ प्रतिशतमा झारेको छ । प्राइम बैंकले १०।२५ प्रतिशतको ब्याजलाई १० मा सिमित गरेको छ ।The Suburbs
सिटिजन्स् बैंक इन्टरनेसनलले बिहीवारबाट ब्याज घटाउने तयारी गरिरहेको बैंक उच्च स्रोतले जानकारी दियो । बैंकले १२ प्रतिशत ब्याजलाई १० प्रतिशतमा झार्न लागेको हो । ुनिक्षेप वढ्ने क्रम जारी रहे बचतको ब्याज दर पनि घटाउन सकिन्छु बैंक स्रोतले भन्यो । निक्षेपको ब्याज दर घट्दा वढी पाउँदै आएका उपभोक्तालाई असर पर्छ ।
पछिल्लो एक महिनाको अवधिमा बैंकहरुले २५ अर्बभन्दा वढी निक्षेप संकलन गरेकाले तरलता सहज हुँदा निक्षेपको ब्याजमा पुनर्मूल्यांकन गर्न लागेका हुन् । ुब्याज घटाउनु पर्छ भन्ने लागेको छु अर्का बैंकका प्रमुख कार्यकारीले भने ुआगामी एक डेढ सातामा पनि निक्षेप संकलनमा कमी नआए ब्याज दर घटाउँछौं ।ु
प्रकासित व्याजदर भन्दा शुन्य दशमलव ५ प्रतिशत वढीसम्म तिरेर निक्षेप लिँदै आएको हिमालयन बैंकले प्रकासितभन्दा वढी तिर्न छाडेको छ । ुप्रकाशितभन्दा शुन्य दशमलव ५ प्रतिशतसम्म वढी व्याज तिर्न सकिन्छु हिमालयन बैंक स्रोतले भन्यो ुअहिले त्यो पनि छाडेका छौं ।ु एक सातादेखि अधिकांस बैंकले हिमालयनले जस्तै गर्न थालेका छन् ।
ुकर्जा माग नभएको अवस्थामा निक्षेप मात्र वढाएर भएनु सिद्धार्थ बैंकका एक उच्च अधिकारीले वुधवार नागरिकसँग भने ुअहिलेजस्तै निक्षेप बढ्ने देखिएमा हामी पनि ब्याज घटाउँछौं ।ु उनले निक्षेपको स्रोत स्थाइ हो÷होइन भन्ने टुङगो नलागिसकेकाले बैंक ुपर्ख र हेरु को अवस्थामा रहेको जानकारी दिए ।
ुदुई महिनायता निक्षेप संकलनमा सुधार आएको कर्जाको माग नभएको र पुरानो कर्जा पनि घटिरहेकाले कर्जा-निक्षेप अनुपात सिडी रेसियो मा सुधार हुन थालेको छु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुयस्तो बेलामा वढी ब्याज तिर्दा बैंकको खर्च वढ्ने भएकाले एक साता हेरेर ब्याज घटाउने निर्णण् गछौं ।ु केही बैंक निक्षेपको स्रोत स्थाइ हो÷होइन भन्ने द्विविधामा रहेकाले पर्ख र हेरको अवस्थामा छन् ।
निक्षेप वढेपछि तरलता सहजमा रहेका बैंकले निक्षेपको ब्याज घटाउन थालेका हुन् । निक्षेप वढ्न थालेपछि बैंकहरुले एक आपसमा लिने छोटो अवधिको सापटी अन्तर बैंक ब्याजदर पनि एकदेखि २ प्रतिशतको हाराहारीमा छ ।
तरलता अभाव चरम भएको बेला अन्तर बैंक ब्याज दर साढे १५ प्रतिशतसम्म पुगेको थियो । सरकारी ऋणपत्रको धितो रिपो मार्फत केन्द्रिय बैंकबाट ऋण लिँदै आएका बैंक त्यतातिर पनि आकर्षित हुन छाडेका छन् । तरलता अभाव हुँदा २२ अर्बसम्म पुगेको रिपो अहिले २ अर्बमा सिमित भएको छ ।
निजी क्षेत्रको बैंकभन्दा निक्षेप ब्याजदरमा अनुदार देखिएका सरकारी बैंकहरुले पनि घटाउन सकिने संकेत गरेका छन् । ुअहिले निक्षेप वढेकाले ब्याज घटाउने दवावमा छौंु एक सरकारी बैंकका उच्च अधिकारीले भने ुआफूलाई पुग्ने निक्षेप संकलन भएकाले अरु बैंकको हेरेर ब्याज घटाउन सकिन्छ ।ु
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले शनिवार एक सार्वजनिक कार्यक्रममा कर्जाको व्याज घट्ने बताउँदै निक्षेपको ब्याज नघटाउन बैंकहरुलाई आग्रह गरेका थिए । उनले मूल्यवृद्धिभन्दा केही वढी मात्र निक्षेपको ब्याज भएकाले यसलाई घटाउन नहुने तर्क गरेका थिए ।
निक्षेपको ब्याज घटेपछि कर्जाको पनि घट्ने बैंकरहरुले बताए । बैंकरहरुले निक्षेपको ब्याज घटेको एक डेढ महिनापछि कर्जाको ब्याज घटाउने बताउँछन् । ुपहिले पनि निक्षेपको वढाएपछि कर्जाको ब्याजदर बृद्धि गरेको होु एक बैंकका अधिकारीले भने ुअब पनि निक्षेपको घटाएपछि मात्र कर्जाको घटाउँछौं ।ु कर्जाको ब्याज दर घट्दा सर्वसाधारण उपभोक्तालाई फाइदा पुग्छ ।
निक्षेप संकलनमा सुधार आउन थालेपछि बैंकहरुको सिडी रेसियो पनि घटेको छ । गत शुक्रवारसम्मको तथ्यांक अनुसार बैंकहरुको सिडी रेसियो औषत ७५ प्रतिशतमा झरेको छ । केही समयअघि यो रेसियो ९७ प्रतिशतसम्म थियो । सिडीमा सुधार आएकाले बैंकहरुले कर्जा लगानी बढाउन थालेको एक बैंकका प्रमुख कार्यकारीले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment