उत्पादनमूलक क्षेत्रमा लगानी दोब्बर पार्नु पर्ने

मौदि्रक नीित
सुदर्शन सापकोटा
काठमाडौं साउन १२
वाणिज्य बैंहरुले कृषि ऊर्जापर्यटन घरेलु तथा साना उद्योगमा अहिले भइरहेको लगानी तीन बर्षभित्र दोब्बर बनाउनु पर्ने भएको छ । वुधवार सार्वजनिक चालू आर्थिक बर्षको मौदि्रक नीतिले यसका लागि बैंकहरुले यो क्षेत्रमा जाने कर्जा दोब्बर बनाउने कार्ययोजना तयार पार्नु पर्ने व्यवस्था गरेको छ ।The Suburbs
निर्यात रुग्ण साना तथा घरेलु उद्योग र वैदेशिक रोजगारीको लागि साडे एक प्रतिशतको पुनरकर्जा दरलाई यथावत राख्दै मौदि्रक नीतिले असल कर्जाको धितोमा उपलब्ध हुने पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतमा झारेको छ । यसअघि व्याज दर साडे सात प्रतिशत थियो । केन्द्रिय बैंकले बैंकदर भने बढाएको छ । साडे ६ प्रतिशतको बैंक दर सात प्रतिशत पुर् याइएको हो ।
मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नयाँ वाणिज्य बैंक स्थापनाका लागि तत्काललाई निवेदन लिन बन्द गरिएको बताए । उनले पूर्वाधार विकासको लागि सहयोग पुग्ने वैदेशिक संयुक्त लगानीका बैंक तथा वित्तीय संस्थालाई भने साचालन अनुमति दिइने बताए । ुठूलो पूँजी र उच्च प्रविधि सहित स्थापना हुनेलाई अनुमति दिइने छु उनले भने ।
वित्तीय संस्थाको स्तरोन्नति पुँजीको आधारमा मात्रै गर्न नदिने व्यवस्था मौदि्रक नीतिले गरेको छ । व्यवसायिक सम्भाव्यता संस्थागत क्षमता प्रतिस्पर्धा र बजारको अवस्थालाई मूल्यांकन गरेर मात्र स्तरोन्नतिका लागि स्वीकृति दिन सकिने छ । भौगोलिक क्षेत्र विस्तार र क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा परिवर्तन गर्नलाई समेत मापदण्ड तयार गरी त्यसको आधारमा स्वीकृति दिने मौदि्रक नीतिले व्यवस्था गरेको छ ।
ुमर्जर एण्ड एक्विजिसनु लाई प्रोत्साहित गर्न छुट तथा सुहलियतको व्यवस्था गरिने मौदि्रक नीतिमा उल्लेख छ ।
ुघु वर्गका वित्तीय संस्था स्थापनाका लागि भने लचिलो नीति लिइएको छ । वित्तीय पहुँच सीमित भएका जिल्लामा खुल्ने ुगु वर्गका वित्तीय संस्था तथा १ देखि ३ जिल्ला र बैंकिङ्ग पहँुच नपुगेका क्षेत्रमा ३ देखि १० जिल्ला कार्यक्षेत्र रहने गरी स्थापना हुने विकास बैंकले भने साचालन अनुमति पाउने छन् ।
वैधानिक तरलता अनुपात एसएलआर लाई ८ बाट १५ प्रतिशत पुर् याइएको छ । यद्यपी एसएलआरमा सरकारी ऋणपत्र ढुकुटीमा रहेको नगद र अनिवार्य नगद मौज्दात सिआरआर लाई गणना गर्न सकिने मौदि्रक नीतिले व्यवस्था गरेको छ । यसमा पनि वाणिज्य बैंकहरुले सिआरआरका लागि पुरानै व्यवस्था अनुसार कुल निक्षेपको साढे पाँच प्रतिशत भने छुट्यानु पर्ने हुन्छ । निक्षेप संकलन गर्ने लघुवित्त विकास बैंकले पनि सिआरआरका लागि दुई प्रतिशत छुट्याउनु पर्ने छ ।
एसएलआरका लागि विकास बैंकले ११ वित्तीय कम्पनीले १० चल्ती खाता खोल्ने वित्तीय कम्पनीले ६ र लघुवित्त कम्पनीले ४ प्रतिशत रकम छुट्याउनु पर्ने व्यवस्था मौदि्रक नीतिले गरेको छ ।
वाणिज्य बैंकले अन्य बैंकमा मुद्दति तथा मागेको बेला फिर्ता हुने निक्षेप खाता खोल्न नपाइने व्यवस्था मौदि्रक नीतिले गरेको छ । खाता खोल्दा विकृति आएकाले यो व्यवस्था गरिएको हो ।
घरजग्गामा नयाँ व्यवस्था
केन्द्रिय बैंकले जग्गा खरिद तथा प्लटिङ कर्जालाई कडाइ गर्ने नीति लिएको छ । यसका लागि चालु बर्षमा कुल कर्जाको १० प्रतिशतसम्म मात्र यसमा लगानी गर्न पाउने व्यवस्था गरिएको हो । यसअघि जग्गा खरिद तथा प्लटिङमा कुल कर्जाको २५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था थियो । नयाँ व्यवस्थापछि जग्गा कारोवार तथा प्लटिङ व्यवसाय थप संकटमा पर्ने छ ।
अहिले १० प्रतिशतभन्दा लगानी यस क्षेत्रमा गरेका बैंक तथा वित्तीय कम्पनीलाई २ बर्षको समय दिँदै केन्द्रिय बैकले १० प्रतिशतमा झार्न निर्देशन दिएको छ ।
पुँजी बजार
पूँजी बजारको दिगो विकासको लागि सामुहिक लगानी कोष म्यूचुअल फण्ड कारोवार गर्न निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने नीति मौदि्रक नीतिले लिएको छ ।
एक प्रतिशत भन्दा बढी संस्थापक सेयर भएकाले आफूले लिएको सेयरकमध्ये ५० प्रतिशत मात्र धितो राखी कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।
शाखा विस्तारमा कडाइ
शाखा विस्तारका लागि केन्द्रिय बैंकले कसिलो नीति लिएको छ । अबदेखि शाखा विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने हुन्छ । यसअघि बैंक तथा वित्तीय कम्पनीले आफैले सम्भाव्यता अध्ययन गरी मोफसलमा एउटा खोलेर राजधानीमा अर्को शाखा खोल्न पाउँथे । एकै ठाउँमा बैंक तथा वित्तीय कम्पनीले शाखा विस्तार गर्न थालेपछि यसलाई नियन्त्रण गरी स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको हो ।
बैंक तथा वित्तीय कम्पनीले राजधानीमा शाखा खोल्नुअघि दुर्गममा एक र अन्यत्र एक गरी मोफसलमा दुई शाखा खोलेको हुनु पर्ने छ ।
सरकारले तोकेको २२ दुर्गम जिल्लाका सदरमूकाम वाहिर शाखा खोल्ने बैंक तथा वित्तीय कम्पनीले केन्द्रिय बैंकबाट एक करोड रुपैयाँ ऋण पाउने व्यवस्था मौदि्रक नीतिमा गरिएको छ । तीन बर्षसम्मका लागि पाइने यो कर्जामा कुनै पनि ब्याज लाग्दैन । सदरमुकामभित्र नै शाखा खोल्नेले पनि ५० लाख रुपैयाँ ऋण पाउने छन् ।
वित्तीय सेवाको पर्याप्त पहुँच नपुगेका स्थानमा शाखा विस्तारको लागि प्रोत्साहन गर्न वित्तीय कम्पनीहरुलाई अतिरिक्त चुक्ता पुँजी थप गर्नु नपर्ने व्यवस्था गरिएको छ । यसका लागि दुईवटा सम्म बैंक तथा वित्तीय संस्था वा तीनका शाखा भएका गाउँ तथा नगरमा शाखा विस्तार गरेमा मात्र यो सुविधा पाइने छ ।
मार्जिन प्रकृतिको कर्जाको ५० प्रतिशतसम्मको अहिलेको सीमालाई बढाउँदै केन्द्रिय बैंकले ६० प्रतिशत पुर् याएको छ । साथै ुट्रस्ट रिसिप्टु कर्जाको ९० दिने सिमालाई बढाएर एक सय बिस दिन पुर् याएको छ ।
बैंक तथा वित्तीय संस्थाका संचालक प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ कर्मचारीको सेवा-सुविधालाई मुलुकको वित्तीय प्रणालीले धान्नॆ गरी व्यवस्थित र पारदर्शी तुल्याउन आवश्यक व्यवस्था मिलाउने मौदि्रक नीतिले लक्ष्य लिएको छ ।
विदेशी विनिमय व्यवस्थापन
वस्तु तथा सेवा निर्यात गर्ने व्यवसायीले निर्यात प्रवद्र्धनको लागि विदेशमा शाखालगायतका कार्यालय तथा विदेशमा खाता खोल्न कुल निर्यातको ५ प्रतिशत रकम पुर् याउनु पर्ने भएको छ । यसका लागि निश्चित कार्यविधि तथा शर्त तोकी केन्द्रिय बैंकले अनुमति दिने व्यवस्था मौदि्रक नीतिले गरेको छ ।
बैंक ग्यारेण्टीको आधारमा मालसामान निर्यात गर्दा निर्यात मूल्य सिएडी को ५ प्रतिशतले हुने रकमको धरौटी बैंक जमानत राख्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ प्रतिशतमा झारिएको छ । सिएडीको आधारमा एकपटकमा २ लाख अमेरिकी डलरसम्मको मालसामान निर्यात गर्न सकिने व्यवस्थालाई पनि शंसोधन गरी ५ लाख डलर पुर् याइएको छ ।
भारतीय मुद्राको मागमा देखिएको चापलाई दृष्टिगत गरी आवश्यकताको प्रमाणको आधारमा सटही सुविधा प्रदान गर्ने व्यवस्थालाई अझ सरल र पारदर्शी बनाइने मौदि्रक नीतिमा उल्लेख छ । भारतबाट नेपालमा बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिने उद्देश्य राखेको नीतिले भारतीय रुपैयाँको कारोवार गर्न इजाजतपत्रप्राप्त वित्त कम्पनीले अनुरोध गरेमा त्यस्ता कम्पनीलाई भारतीय बैंकमा नोस्ट्रो खाता खोल्न स्वीकृति दिने व्यवस्था गरेको छ ।
सुनचाँदी व्यवसायी संघको सिफारिशमा सम्वन्धित व्यवसायीले पनि तोकिएको परिमाणमा सुनचाँदी आयात गर्न सक्ने मौदि्रक नीतिले जनाएको छ । अहिले नेपाल बैंकस्र संंघको सिफारिसमा वाणिज्य बैंकले मात्र दिनमा २० किलोको दरले सुन आयात गरिरहेका छन् ।

No comments:

Post a Comment

thanks for comment