असारयता निक्षेप ६२ अर्बले वढ्यो

कर्जा १८ अर्ब वृद्धि
काठमाडौं मंसिर १३
समयमा वजेट आएसँगै वाणिज्य बैंकहरुमा तरलता लगानी योग्य पुँजी वढेको छ । चालु वर्षको पाँच महिनामा बैंकहरुको तरलता ६२ अर्बले वढेको हो । असार मसान्तमा ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कुल निक्षेप मंसिर पहिलो सातासम्म ७ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो ।
'सरकारी बजेट समयमा आएको तथा डलरको मूल्य वृद्धिसँगै रेमिट्यान्स वृद्धि दर वढेको छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने, 'शोधनान्तर बचत वढ्दै गएका कारणले अहिले बैंकिङ क्षेत्रमा तरलता वढेको हो ।'

तरलता वढेसँगै केही बैंकले कर्जा र निक्षेपको व्याज घटाउन थालिसकेका छन् । यद्यपी वढेको अनुपातमा भने घट्न सकेको छैन । कर्जाको व्याज वढीमा १ प्रतिशत विन्दुसम्म र एक वर्षे मुद्दतिको डेढ प्रतिशतसम्म घटाएका छन् ।

बैंकरहरु निक्षेप सम्पति सुद्धीकरणको त्रास हटेकाले वढेको बताउँछन् । '१० लाख रुपैयाँभन्दा माथिको निक्षेपको स्रोत देखाउनु पर्ने व्यवस्थामा लचकता अपनाइएकाले बैंकमा पैसा वढेको हो,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'अहिले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वाससमेत वढेको छ ।'

सरकारले बजेटमार्फत बैंकमा खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्था घुमाउरो पाराले हटाइएको छ । कुनै व्यक्ति कम्पनी र संस्थाले बैंक तथा वित्तीय संस्थामा १० लाखभन्दा वढी निक्षेप राखेमा यस्तो रकम आतंकबाद लागु पदार्थ कारोबार मानव वेचविखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भन्ने स्वघोषणा गरे स्रोत नखोजिने व्यवस्था गरिएको छ ।

'वजेट आउनुअघि १० लाखभन्दा माथिको निक्षेपमा स्रोत देखाउन नसके सम्पति सुद्धीकरण निवारण ऐन अन्तर्गत समातिने डरका कारण पैसा बैंकिङ प्रणालीमा आएको थिएन,' राणाले भने, 'अहिले सरकारी खर्चसँगै सम्पति सुद्धीकरणको डर हराएको छ ।'

निक्षेपमा वृद्धि भएसँगै बैंकहरुले आपसमा लिने सापटी अन्तर बैंक १ प्रतिशतको हाराहारीमा सिमित छ । यो दर तल आएपनि सापटी लिने वाणिज्य बैंक छैनन् ।

वढी भएको तरलता खिँच्न छोटो अवधिको मौदि्रक औजार रिभस्र रिपो प्रयोग गर्न ठूला वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन् । अन्तर बैंकमा जम्मा १ प्रतिशत मात्रै व्याज आइरहेका बेला त्यो भन्दा वढी व्याज आउने रिभस्र रिपोका लागि माग भएको हो ।

असारयता वढेको निक्षेपको तुलनामा कर्जा भने वढेको छैन । कर्जा जम्मा १८ अर्ब रुपैयाँले मात्र वढेको छ । अहिले कर्जा ५ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकका प्रमुखका अनुसार चालु वर्ष पुस मसान्तसम्म कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा सीमित गर्नु पर्ने वाध्यताले कर्जा लगानी नभएको हो । 'कर्जा-निक्षेप अनुपातका कारणले नै कर्जा लगानी नभएको ह,'  डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'वातावरण नभएकाले अहिले कर्जाको मागसमेत आएको छैन ।' वढेको निक्षेपका आधारमा अहिले अधिकांस वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम छ ।

No comments:

Post a Comment

thanks for comment