पुँजी नवढाए बैंकलाई लगानी गर्न समस्या

सुदर्शन सापकोटा
काठमाडौं मंसिर १५
अधिकांस बैंकले पुँजी नबढाए वा बलियो वित्तीय अवस्था भएको अर्को कम्पनीसँग मर्जरमा नगए थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । चालु वर्षको असोजको वित्तीय विवरण अनुसार ३१ मध्ये १८ बैंक यस्तो अवस्थामा पुगेका छन् ।
मुख्यतया पुँजी पर्याप्तता अनुपातका कारणले बैंकहरुले निष्चित समयपछि चाहेर पनि कर्जा विस्तार गर्न सक्दैनन् । बैंकले कसैलाई १ सय रुपैयाँ कर्जा दिनु परे ९० रुपैयाँ निक्षेपकर्ताको पैसा चलाए पनि १० रुपैयाँ सेयरधनीले हाल्नु पर्ने हुन्छ । यो आधारमा बैंकले थप लगानी गर्न नसक्ने भएका हुन् । पुँजी पर्याप्तता अनुपातकका कारणले बैंकहरुले थप लगानी गर्न निक्षेप वढाएर मात्र पुग्दैन ।
पुँजी पर्याप्तता अनुपातका कारण थप लगानी गर्ने क्षमतामा आएको कमी र प्राथमिक पुँजीको तुलनामा प्राप्त आम्दानीका आधारमा यी बैंकसँग दुई विकल्प बाँकी रहेको हो ।
असोजसम्मको वित्तीय विवरण अनुसार पाँच वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा मुनी छ । थप लगानी विस्तारका लागि भने सिद्धार्थ एभरेस्ट नेपाल बंगलादेश नेपाल इन्भेस्टभेन्ट र नबिल बैंकले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यद्यपी राष्ट्र बैंकको व्यवस्था अन्तर्गत यस्तो अनुपात १० प्रतिशत कायम गरे पुग्छ ।
अहिलेको अनुपात अनुसार सिद्धार्थ बैंकले १ अर्ब ३७ करोड एभरेस्टले १ अर्ब १९ करोड नेपाल बंगलादेश बैंकले ३० करोड ९९ लाख नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३१ करोड र नबिलले २ अर्ब ६५ करोड थप कर्जा विस्तार गर्न सक्छन् । ठूला परियोजनामा लगानी गर्नु परे यि बैंकले पुँजी वृद्धि वा ऋणपत्र जारी गर्नु पर्ने हुन्छ ।
पुँजी पर्याप्तता अनुपात १२ प्रतिशतभन्दा कम ग्लोबल लक्ष्मी माछापुच्छे्र नेपाल एसबिआइ र हिमालयन बैंकको छ । यो अनुपातका आधारमा ग्लोबलले १ अर्ब ६१ करोड हिमालयनले ४ अर्ब ९३ करोड नेपाल एसबिआइ ३ अर्ब ५० करोड बैंक अफ काठमाण्डूकोको ४ अर्ब ३० करोड एनसिसी बैंकको ५ अर्ब १२ करोड एनआइसीको ४ अर्ब ६२ करोड माछापुच्छे्रको २ अर्ब ५९ करोड कुमारीको ५ अर्ब ८३ करोड र लक्ष्मीको ३ अर्ब ६ करोड लगानी गर्न सक्छन् । यसवाहेक अन्य बैंकको पुँजी पर्याप्तता अनुपात ५ अर्बभन्दा वढी लगानी गर्न सक्ने क्षमताको छ ।
नयाँ आएका जनता सेन्चुरी कमर्ज एन्ड ट्रस्ट सिभिल र मेगा बैंकले पुँजीको अनुपातमा कर्जा लगानी गर्न नसकेका कारण अनुपात उच्च । यि बैंकले प्राथमिक सेयर निस्कास गर्न वाँकी रहेकाले पुँजी थप वढ्ने भएकाले लगानी संभावना धेरै छ ।
प्राथमिक पुँजीलाई राष्ट्र बैंकले तोकेको पुँजी पर्याप्तता अनुपात १० प्रतिशत ले भाग गरेर आएको परिणाममा पुनः प्राथमिक पुँजीलाई बैंकहरुसँग अहिले भएको पुँजी पर्याप्तता अनुपातले भाग गरी आएको परिणामलाई घटाएर लगानी गर्न सक्ने क्षमता निकालिएको हो । चुक्ता पुँजी र जगेडा कोषको योगलाई प्राथमिक पुँजीको रुपमा प्रयोग गरिएको छ ।
बैंकको वित्तीय अवस्थाले मर्जर वा पुँजी थप्न संकेत गर्न थालेपछि अधिकांस बैंकर यसमा सकारात्मक देखिन थालेका छन् । 'अहिलेको अवस्थामा मर्जर आवश्यक भइसकेको छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'लगानी विस्तारका लागि मर्जर आवश्यक भएको हो ।'

No comments:

Post a Comment

thanks for comment