ऋण उठाउन स्टार मल विक्रीमा

योगेन्द्र श्रेष्ठबाट ५५ करोड उठिसक्यो
सुदर्शन सापकोटा
काठमाडौं मंसिर २५
योगेन्द्र श्रेष्ठले हिनामिना गरेको पैसा उठाउन नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सले पुतली शडकस्थित स्टार मल लिलाममा राखेको छ । । एक अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको मल विक्री भएमा श्रेष्ठबाट असुल गर्नु पर्ने कुल रकममध्ये ७५ प्रतिशत उठ्ने छ ।
फाइनान्सले श्रेष्ठ अध्यक्ष रहेको स्टार होल्डिङ कम्पनी अन्तर्गतको स्टार मल विक्रकिा लागि ३० दिने सार्वजनिक सुचनासमेत प्रकासन गरिसकेको छ । लिलाम विक्रीबाट आएको रकम फाइनान्सले ग्लोबल बैंक र सिद्धार्थ बैंकलाई तिरेपछि निक्षेपकर्तालाई फिर्ता गर्ने छ ।
'स्टर मल विक्री भएपछि फाइनान्सको आर्थिक अवस्थामा धेरै नै सुधार आउने छ,' प्रमुख कार्यकारी अधिकॄत नन्दनहरि शर्माले आइतबार नागरिकसँग भने, 'अन्य सम्पति विक्रीबाट पनि ९३ करोड रुपैयाँ उठिसकेको छ ।'  उनका अनुसार खराव कर्जा उठ्न सुरु भइसकेकाले स्टार मलको विक्रीबाट पुँजी पर्याप्तता अनुपात ऋणात्मकबाट धनात्मक हुने छ ।
कार्यकारी अध्यक्ष हुँदा श्रेष्ठले निक्षेपकर्तासँग पैसा लिएर व्यक्तिगत प्रयोजनामा खर्च गरेका थिए । उनले दुरुपयोग गरेको रकमका बारेमा खुलासा भएपछि राष्ट्र बैंकले उनलाई बैंकिङ कसुर ऐन अनुशार कारवाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । उनी अहिले थुनामा छन् । श्रेष्ठको दुरुपयोगका कारण फाइनान्स कम्पनीको पुँजी ऋणात्मक छ । वित्तीय अवस्था विगि्रएपछि राष्ट्र बैंकले फाइनान्सलाई गत वैशादेखि समस्याग्रस्त घोषणा गरेर कारवाहीमा राखेको छ ।
स्टर मल निर्माण गर्न श्रेष्ठले यि दुई बैंकबाट लिएको ३५ करोड रुपैयाँ ऋण तिर्न वाँकी छ । श्रेष्ठबाट पैसा फिर्ता नआएपछि यि बैंकले स्टार मललाई गैरबैंकिङ सम्पतिमा राख्न लागेका थिए । सेयर मार्केट्सले आफै विक्री गरेर बैंकको पैसा भुक्तानी गर्ने प्रतिवद्धता जनाएपछि लिलामी थालिएको हो ।
स्टार मलले पुतलीशडकको ३ रोपनी ७ आना कुल ५५ आना भन्दा वढी जग्गा ओगटेको छ । स्टार मल खरीदका लागि ७ जना फरक ुपाटीु सँग कुराकानी भइरहेको उनले जानकारी दिए ।
कम्पनीले अझै निक्षेपकर्ताको २ अर्ब २ करोड रुपैयाँ फिर्ता गर्नु पर्ने छ । वैशाखमा कारवाही गरिएयता कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ निक्षेप फिर्ता गरिसकेकेा छ । बैंकसँग रहेको कुल कर्जा ४ अर्ब ३३ करोडमध्ये २ अर्ब ९६ करोड रुपैयाँ खराव अवस्थामा छ । वैशाखमा कारवाही गरेपछि ९३ करोड रुपैयाँ कर्जा उठिसकेको छ ।
'घरजग्गाको कारोबार ठप्प भएर मूल्य घट्दा ऋण उठ्न केही समस्या भएको छ,' शर्माले भने, 'कारोबार हुन थालेपछि सवै कर्जा उठ्ने अवस्थामा छ ।' उनले लिलामीमा राखिएका घरजग्गा विक्री नभएको जानकारी दिँदै ग्राहक खोज्ने काम भइरहेको बताए ।
कम्पनीले हिमाल हाइड्रो पावर कम्पनीमा रहेको श्रेष्ठको सेयर केही साताअघि विक्री गरिसकेकेा छ । विक्री गरेर आएको ५५ करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गरिसकेको शर्माले जानकारी दिए । 'योगेन्द्रबाट उठाउनु पर्ने लगभग २ अर्ब रुपैयाँमध्ये ५५ करोड हिमाल हाइड्रोबाट प्राप्त भइसकेको छ,' उनले भने, 'स्टारमलबाट कम्तिमा १ अर्ब १५ करोड रुपैयाँ आएपछि ३० करोड रुपैयाँ मात्र उठाउन वाँकी हुन्छ ।' कम्पनीले योगेन्द्रको २ अर्ब ५६ करोड रुपैयाँ बराबरको सम्पति रोक्का राखेकाले वाँकी पैसासमेत उठ्ने कम्पनीका अधिकारीहरुले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment