भिवोरले दोस्रो किस्ता आज तिर्ने

वाँकी हङकङको कम्पनीबाट आएपिछ
काठमाडौं मंसिर २७
भिवोर विकास बैंकले राष्ट्र बैंकको ४० करोड ऋणमध्ये वुधबार १५ करोड रुपैयाँ तिर्ने भएको छ । गत जेठमा चरम तरलता अभाव भएपछि भिवोरले राष्ट्र बैंकसँग ५० करोड अन्तिम ऋणदाता सुविधा र १८ करोड ८६ लाख रुपैयाँ पुनर्कर्जाका रुपमा लिएको थियो ।
बैंकले पुनर्कर्जाको पुरै रकम र अन्तिम ऋणदाता सुविधा अन्तर्गतको पहिलो किस्ता केही दिन अगाडि तिरेको थियो । पुरै किस्ता तिर्ने समय सोमबारसम्म मात्र थियो । हङकङको एक कम्पनीसँग साझेदारी गरेर आउने रकमबाट ऋण तिर्ने तयारी गरेकेा बैंकले कम्पनी ढिलो आउँदा ऋण तिर्ने ढिला भएको हो । कम्पनी आगामी शनिवार नेपाल आएर भिवोरसँग साझेदारी गर्दै छ ।
'हङकङको कम्पनीसँग साझेदारी गरेर पैसा तिर्ने योजना भए पनि कम्पनी ढिला आउँदा समयमा वुझाउन सकिएन,' बैंकका प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले नागरिकसँग भने, 'शनिवार कम्पनीका अधिकारी आएपछि पुरै ऋण तिर्ने छौं ।' उनले केही गरी कम्पनीका अधिकारी नआए परल मूल्यमा बैंकको सम्पति विक्री गरेर वा अन्य बैंक तथा वित्तीय संस्थालाई कर्जा विक्री गरी तिर्ने छौं ।
बैंकसँग वाँसवारीमा १ सय ३२ आना जग्गा र कमलपोखरीमा हाउजिङ छ । वाँसवारीको जग्गा विक्रीका लागि कम्पनीले वोलकवोल आह्वानसमेत गरिसककेको छ । कमलपोखरीको हाउजिङ विक्रीका लागि अन्तिम अवस्थामा पुगिसकेको घिमिरेले जानकारी दिए ।
बैंकले ४९ प्रतिशत सेयर दिने गरी हङकङको इन्भेस्टमेन्ट च्यानल लिमिटेडसँग साझेदारी गर्न लागेको छ । कम्पनीले भिवोरमा बैंक ग्यारेन्टी गरेर प्रवेश गर्ने छ । एक अर्ब ३१ करोड १ करोड ६० लाख डलर रुपैयाँ बराबरको बैंक ग्यारेन्टी भिवोरले पैसा नतिरे पनि आफू तिरिदिने गरेर नेपालकै दुई बैंकसँग पैसा उपलब्ध गराइ दिने छ । यो पैसा बैंकले राष्ट्र बैंकमा तिर्ने घिमिरेले जानकारी दिए ।
हङकङ र नेपालको केन्द्रीय बैंकसँग सेयर लगानी गर्न स्वीकृति लिएपछि कम्पनीले बैंक ग्यारेन्टीका रुपमा उपलब्ध गराएको पैसा तिरिदिएर त्यो बराबरको सेयर लगानी गर्ने छ । ४९ प्रतिशत पुग्न वाँकी रहेको रकम कम्पनीले बैंकमा थप्ने छ ।
इन्भेस्टमेन्ट च्यानलले लगानी वित्तीय तथा व्यापारिक कार्यक्रमका लागि सहजीकरणको काम गर्छ । अहिले कम्पनीलेल एएए र एए कम्पनीमा वर्गिकृत संस्थामा लगानी गर्दै आएको छ । खासगरी अहिले कम्पनीको लगानी युरोपेली बैंकहरु व्यापारिक समुहमा छ । कम्पनीले स्वीस स्पेन जर्मनी इङल्यान्ड हङकङ र िसंगापुरमा लगानी गरिरहेको छ ।
असोजसम्मको वित्तीय विवरण अनुसार भिवोरको जगेडा कोष ३ करोड रुपैयाँले ऋणात्मक छ । यो अवधिमा बैंकले ८ करोड ८३ लाख रुपैयाँ घाटा खाएको छ । २ अर्ब २३ करोड रुपैयाँ कुल कर्जा दिएको बैंकको ५० करोड रुपैयाँ रियलस्टेटमा छ ।
अहिले रियलस्टेटको मूल्य घटेसँगै कारोबारसमेत नभएकाले बैंकलाई समस्या छ । यद्यपी पुँजी पर्याप्तता अनुपात भने करिव साढे १२ प्रतिशत छ । बैंकसँग २ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । तरलता अभावको समाचार सार्वजनिक भएपछि बैंकको निक्षेप घट्दो अवस्थामा छ ।

No comments:

Post a Comment

thanks for comment