मौद्रिक नीति २०६८/६९ : लगानी र रोजगारी विस्तार प्राथमिकता



– बैंक दर ८ प्रतिशत पुर्‍याइने
– विपन्न वर्ग ऋणको सीमा वढ्ने
– पुनर्कर्जा सहजीकरण, निर्यात पुनर्कर्जा मागेकै दिन पाइने
– मूल्यवृद्धि लक्ष्य साढे सात प्रतिशत
– शोधनान्तर बचतको लक्ष्य ७० अर्बसम्म

सुदर्शन सापकोटा
काठमाडौं, साउन ६
नेपाल राष्ट्र बैंकले बैंक दर बढाएर ८ प्रतिशत पुर्‍याउने भएको छ। बैंक दर छोटो समयका लागि बैंकहरुलाई वित्तीय सहयोग उपलब्ध गराउने वित्तीय उपकरण हो। बैंक दरले सम्पूर्ण व्याजहरुलाई निर्दिस्ट गर्छ। केन्द्रीय बैंकहरुले प्रयोग गर्ने बैंक दर घटवढ हुँदा बैंकबाट सेवा लिने ग्राहकको ब्याजमा पनि असर पर्छ।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले शोधनान्तर बचत १ खर्ब १३ अर्ब २० करोड रुपैयाँ रहेको तथ्यांक पढ्दै वुधबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने छन्। राष्ट्र बैंकले चालु वर्ष मूल्य वृद्धि साढे सात प्रतिशत हुने मौद्रिक नीतिमार्फत प्रक्षेपण गर्ने छ। गत वर्ष सात प्रतिशत लक्ष्य रािखएको थियो। शोधनान्तर बचतको लक्ष्य ६० देखि ७० अर्बको बीचमा राखिने छ।
राष्ट्र बैंकले  पूर्ण बजेट नआएको अवस्थामा आर्थिक कृयाकलाप घट्न नदिन कृषि, साना तथा मझौला उद्योग, जलविद्युत, पर्यटन र विपन्न वर्गमा लगानी वढाउने नीति ल्याउने भएको छ। …उत्पादनशिल क्षेत्रमा लगानी वढाएर रोजगारी श्रृजना गराउने गरी मौद्रिक नीति आउने छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, …कृषि क्षेत्र प्राथमिकतामा रहने छ।'
राष्ट्र बैंकले साना तथा मझौला उद्योग र विपन्न वर्गमा जाने ऋणको सीमालाई वढाउने छ। अहिले ग्रामिण क्षेत्रमा जाने ऋणको सीमा कम भएकाले यसलाई वढाएर विपन्न वर्गअन्तर्गतै राख्ने उनले जानकारी दिए। विपन्न वर्गअन्तर्गत गणना गर्द बैंक तथा वित्तीय संस्थालाई  यस क्षेत्रको लक्ष्य पुरा गर्न सजिलो हुन्छ। बंैकहरुले तीन वर्षमा विपन्न वर्गमा कुल ऋणको ५ प्रशित लगानी गर्नु पर्छ।
राष्ट्र बैंकले पुनकर्जालाई खुकुलो बनाउनाउँदै यसलाई …फास्ट ट्रयाक' मा लगेर सजिलै ऋण दिने भएको छ।  अहिलेभन्दा कम ब्याजमा अन्य नीतिगत प्रकृयालाई खुकुलो बनाउँदै पुनर्कर्जा उपलब्ध गराउने तयारी गरेको हो। बैंकहरुले अहिले साढे ६ प्रतिशतमा पुनर्कर्जा पाउँदै आएका छन्। मौद्रिक नीति सार्वजनिक भएपछि ६ प्रतिशतमा नै ऋण पाउने छन्।
…अहिले लगानी नवढेकाले राष्ट्र बैंकको चिन्ता वढेको छ,' ती सञ्चालकले भने, …उत्पादनशिल क्षेत्रमा सस्तो ब्याजमा लगानी वढाउन पुनर्कर्जालाई खुकुलो बनाउन लागिएको हो।'
जलविद्युत्, केवलकार, होटल, कृषि उद्योग, तथा अन्य पूर्वाधारमा १० प्रतिशत ब्याजको ऋण महँगो पर्ने भन्दै व्यवसायीहरुले घटाउन माग गरेपछि राष्ट्र बैंकले पुनर्कर्जा ६ प्रतिशतको हाराहारीमा उपलब्ध गराउने तयारी गरेको हो।
उनले निर्यात पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिने वित्तिकै उपलब्ध गराउने तयारीसमेत भएको जानकारी दिए। …बैंकहरुको विश्वासमा निर्यात पुनर्कर्जा माग्ने वित्तिकै दिइने छ,' उनले भने, …त्यसपछि निर्यात उद्योगमा सुधार भएर आन्तरिक बजारमा रोजगारीसमेत श्रृजना हुने छ।' उनले शोधनान्तर बचत एक सय अर्बभन्दा वढी भएकाले निर्यात व्यापार बढाउन ऋण सहजीकरण गरिने जानकारी दिए।
राष्ट्र बैंकले रिपो (ऋणपत्रको धितोमा बैंकहरुले लिने ऋण सुविधा) र रिभर्स रिपोको दर निस्चित विन्दुसम्म राख्न आधारशिला तयार पार्ने भएको छ। एकैचोटी व्याज दर करिडोर सञ्चालन गर्ने संरचना बन्न केही समय लाग्ने भएकाले राष्ट्र बैंकले रिपो र रिभर्स रिपोको आधारशिला तयार पार्ने भएको हो।
…छोटो अवधिको व्याज दरलाई एउटा सीमामा राख्छौं,' उच्च स्रोतले भन्यो, …तरलता व्यवस्थापन गर्न मौद्रिक औजारहरु पनि थपिने छन्।' राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षामा व्याज दर करिडोर ल्याइने उल्लेख गरेको थियो।
राष्ट्र बैंकले वित्तीय पहुँच वृद्धि गर्नका लागि बैंकहरुलाई ग्रामिण क्षेत्रमा जान थप प्रोत्साहित गर्ने छ। अहिले केही दुर्गम जिल्लामा शाखा खोल्नेलाई राष्ट्र बैंकले विना ब्याजको ऋण सुविधा दिँदै आएको छ।

No comments:

Post a Comment

thanks for comment