तिब्बतबाट नेपाल सुन तस्करी


– किलोमा दुई लाख नाफा
– नेपाल भित्रिएकोमध्ये अधिकांस सुन भारत

सुदर्शन सापकोटा
काठमाडौं, असार १६
चिनिया सुन प्रति दश ग्राममा दुई हजार रुपैयाँ सस्तो भएका कारण नेपालमा यसको तस्तकरी वढेको छ। सुनको मूल्यमा आएको उतारचणवका कारण चिनको तिब्बतबाट अवैध रुपमा नेपाल सुन तस्करी हुन थालेको हो।
तस्करीकै कारण बैंकको सुन विक्री नहुँदा पनि बजारमा अभाव छैन। बजारमा दैनिक १५ किलो सुनको माग भइरहेका बेला बैंकहरुबाट व्यवसायीले जम्मा तीन किलो सुन मात्र उठाइरहेका छन्।
शनिवार चीनमा सुनको मूल्य प्रति दश ग्राम ३ हजार २ सय ६२ युआन अर्थात ४६  हजार ४ सय ४५ रुपैयाँ छ। शुक्रबारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले प्रतिदश ग्राम सुनको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोेकेको छ। नेपालमा शनिवार सुनको कारोबार हुँदैन। भारतमा सुनको मूल्य प्रति दश ग्राम (२९ हजार ६ सय ७४ भारु) ४७ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोे छ।
पछिल्लो बजार मूल्य अनुसार नेपालमा भन्दा चिनमा सुन प्रति दश ग्राम १ हजार ९ सय ९५ रुपैयाँ सस्तो छ। भारतसँग चिनको मूल्य अन्तर प्रति दश ग्राम १ हजार ३५ रुपैयाँ छ। यही मूल्य अन्तरको फाइदा उठाउँदै चिनीयाँ सुन नेपाल र भारतमा तस्करी भएको हो।
…सस्तोमा पाइने भएकाले अहिले सुन तस्करी भइरहेको छ,' सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, …तस्करी रोक्ने जिम्मा सरकारको हो। सरकार चुप लागेर वसेपछि अवैध कारोबार स्वभाविक रुपमा हुन्छ।'
एक व्यवसायीका अनुसार, तस्करहरुले किलोकिलै सुन उठाएर तस्करी गर्ने भएकाले उनीहरुले उच्च नाफा गरिरहेका छन्। किलोमा १ लाख ९९ हजार ५ सय रुपैयाँ नाफा हुन्छ। भारतमा विक्री गरे १ लाख ३ हजार ५ कमाउन सकिन्छ।
चिनबाट आएको सुन नेपाली बजारमा सजिलै विक्री गर्न कठिन छ। त्यही भएर कम नाफा भएपनि नेपाल भित्रिएको अधिकांस सुन भारत जाने गरेको छ। भारतको सीमावर्ति क्षेत्रहरुमा सुन विक्री गर्न कठिनाइ नभएको स्रोतले बतायो। भन्सार तिरेर ल्याएको सुन पनि भारतभन्दा नेपालमा ४ सय रुपैयाँ सस्तो छ। नेपालमा सस्तो सुन पाइन थालेकाले भारतीय बजारमा भन्सार तिरेको/नतिरेको दुवै सुन सजिलै विक्री हुन्छ।
तस्करहरुले चिनको सुन स्थानीय बासिन्दालाई प्रयोग गरेर नेपाल छिराउँछन्। स्थानीयले प्रति किलो सुन नेपाल छिराए वापत २० हजार रुपैयाँसम्म पारिश्रमिक वुझ्ने गरेका छन्। एक खेपमा स्थानीयले १० किलो सुन नेपाल भित्राएर २ लाख रुपैयाँ कमाउने गरेको स्रोतले दावी गर्‍यो।
एक सुन व्यवसायीका अनुसार, अहिले बजारमा दैनिक २५ किलोको हाराहारीमा अवैध सुन आइरहेको छ। यसमध्ये एक तिहाइ मात्र  नेपाली बजारबाट विक्री भइरहेको छ। वाँकी सुन भारत जाने गरेको उनले दावी गरे। 
स्थानीयले एक जनाले १० किलोसम्म नेपाली बजारमा सुन ल्याउँछन्। यसबाट उनीहरुको आम्दानी एक खेपमा २ लाख रुपैयाँसम्म हुन्छ।
नेपाली बजारको माग अनुसार बैंकहरुले दैनिक २० किलो सुन आयात गरेर व्यवसायीलाई विक्री गर्न पाउँछन्। सुन विक्री गर्दै आएका १५ वटा वाणिज्यमध्ये अधिकांसले एक महिना लगाएर सुन विक्री गरेका छन्। अझै केही बैंकसँग पहिले नै मगाएको सुनको …स्टक' छ। बजारमा चोरी निकासीबाट सस्तोमा सुन आइरहेकाले भन्सार शुल्क तिरेको बैंकको सुन विक्री नहँुदा स्टक वढेको हो। अहिले बैंकहरुसँग २ सय किलो सुन थन्किएर वसेको छ।
सुन विक्री हुन छाडेपछि बैंकहरुले नाफा नराखी मूल्य तोकेका छन्। पहिले बैंकहरुले खरिद मूल्यको आधा प्रतिशतसम्म नाफा राख्थिए। दुई वर्षअघि नेपालमा अत्याधिक सुन आयात भएर शोधनान्तर घाटा एकै चोटी २३ अर्ब पुगेपछि राष्ट्र बैंकले व्यवसायीलाई सुन मगाएर आपुर्ति गर्ने अधिकार व्यवसायीबाट खोसेर वाणिज्य बैंकहरुलाई दिएको थियो।
६ महिनाअघि बैंकहरुले दैनिक २० किलो सुन दिँदा व्यवसायीले ३५ किलो दिनु पर्ने भन्दै राष्ट्र बैंकमा गुनासो गरेका थिए। त्यस बेला भन्सार दर नवढेकाले अवैध सुन आउने बाटो बन्द थियो। गत बैशाख २१ गते सरकारले प्रति १० ग्राम १५ सय रुपैयाँ रहेको भन्सार दर एकै चोटी ८ सयले वढाएर २३ सय पुर्‍याएपछि तस्करी थप मौलाएको हो।


No comments:

Post a Comment

thanks for comment