एकिकृत निर्देशिकाको असर : इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारीबाट पाण्डेको राजिनामा

दश वर्षदेखि कार्यकारी जिम्मेवारीमा वसेका कारण व्यवस्थापन प्रमुख पदबाट राजिनामा गरेको हुँ :  पृथ्वीवहादुर पाण्डे
कसले छोेड्ने भन्ने टुङ्गो लागिसकेको छैन। श्रीमतीसँग सल्लाह गरिरहेको छु :  गणेशकुमार श्रेष्ठ
सञ्चालक समिति सदस्यले प्रमुख कार्यकारी बन्न रोक लागेको होइन। त्यही भएर प्रबन्ध सञ्चालक भएर काम गर्न समस्या छैन :  कमल ज्ञवाली

  • नयाँ प्रमुख कार्यकारीमा ज्योति आउने
  • तीन दर्जन बैंक तथा वित्तीय संस्था प्रभावित

सुदर्शन सापकोटा
काठमाडौं, असार ३१
राष्ट्र बैंकले दुई वटा पदमा बस्न नपाउने नीति लिएपछि नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पृथ्वीवहादुर पाण्डेले राजिनामा गरेका छन्। अब उनी सञ्चालक समितिको अध्यक्ष मात्र रहने छन्।
नयाँ प्रमुख कार्यकारी अधिकृतमा अहिलेका महाप्र्रबन्धक ज्योति पाण्डेलाई नियुक्त गरिने भएको छ। आगामी मंगलबार बस्ने सञ्चालक समितिको वैठकले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गर्ने छ।
राष्ट्र बैंकले शुक्रबार एउटै व्यक्ति सञ्चालक र प्रमुख कार्यकारी अधिकृत हुन नपाउने नीति लिएपछि पाण्डेेको राजिनामा आएको हो। गत वर्ष राष्ट्र बैंकले एउटै व्यक्ति दुई वटा पदमा वस्दा संस्थागत सुशासनको अपहेलना हुने भन्दै छाड्नका लागि …अप्रत्यक्ष' दवाव दिएको थियो। तर यस पटक भने छाड्नै पर्ने निर्देशन दिएको हो।
…दश वर्षदेखि कार्यकारी जिम्मेवारीमा वसेका कारण व्यवस्थापन प्रमुख पदबाट राजिनामा गरेको हुँ,' अध्यक्ष पाण्डेले भने, …दुई वर्षदेखि नै छोड्ने योजना थियो। यसबीचमा तरलता लगायतका समस्याका कारणले छोड्न मिलिरहेको थिएन।' उनले वाहिरबाट लगानी ल्याउने नयाँ काममा खटिने जानकारी दिए।

यद्यपी उनले राष्ट्र बैंकको निर्देशनका कारण भने नछोडेको बताए। …दैनिक बैंकिङ नगर्नलाई छाडेको हो। अब अन्य खालको कामतिर लाग्छु,' पाण्डेले भने। उनी ३४ वर्षदेखि बैंकिङ क्षेत्र सक्रिय छन्।
राष्ट्र बैंकको एकिकृत निर्देशिका २०६९ का कारण तीन दर्जन बैंक तथा वित्तय संस्थाका कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्चालकलगायतको पद खोसिने छ। एकिृत निर्देशनमा बंैक तथा वित्तीय संस्थ्ाामा एकाघर परिवार, फर्म, कम्पनी, संगठित संस्था वा एउटै समूहको कम्पनीबाट एक भन्दा बढी व्यक्ति संचालक वा कार्यकारी प्रमुख पदमा बस्न नपाउने व्यवस्था गरेको छ।
फ्रेन्चसँग मिलेर संयुक्त लगानीमा खुलेको नेपाल इन्डोसेज बैंकलाई सन् २००२ मा नेपालीहरुले किनेपछि नेपाल इन्भेस्टेमन्ट बैंकका रुपमा कारोबार सुरु भएको थियो। नेपाल इन्भेस्टमेन्ट बनेपनि पाण्डे कार्यकारी अध्यक्षको पदमा वस्दै आएका थिए।
पाण्डेको नेपाल इन्भेस्टमेन्ट बैंकमा ८.२० प्रतिशत सेयर छ। बैंकमा महालक्ष्मी इन्भेस्टमेन्टको ८.८३ प्रतिशत, केयुपी इन्भेस्टमेन्टको ७.८१ प्रतिशत र सोफिया इन्भेस्टमेन्टको ७.४२ प्रतिशत सेयर छ। पाण्डेको छाँयाँ इन्भेस्टमेन्ट कम्पनीका नाममा  सेयर छ।
पाण्डेले बैंकबाट वार्षिक १ करोड ७५ लाख ३० हजार तलव तथा भक्ता वुझ्छन्। उनी वढी तलव वुझ्ने दोस्रो प्रमुख कार्यकारी अधिकृत हुन्। सवैभन्दा वढी तलव स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले पाउने गरेका छन्।
बैंकको वार्षिक विवरण अनुसार, बैंकमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थाको १५ प्रतिशतका दरले सेयर छ। २० प्रतिशत सेयर सर्वसाधारणको छ।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकहरुमध्ये पाण्डे र किस्ट बंैकका कमल ज्ञवाली सञ्चालक र व्यवस्थापन दुवैको जिम्मेवारी सम्हाल्दै आएका छन्। नयाँ निर्देशनपछि ज्ञवालीले दुईमध्ये एक पद छाड्नु पर्ने हुन्छ।
यो निर्देशनका कारण थप दुई वाणिज्य बैंकका सञ्चलक र प्रमुख कार्यकारीलाई समस्या पर्ने छ। किस्ट बैंक सञ्चाल कमल ज्ञवालीले प्रमुख कार्यकारीको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन्। अब उनले एउटा पद छाड्नु पर्ने हुन्छ।
…सञ्चालक समिति र व्यवस्थापन दुवैको नेतृत्व गर्न नमिल्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो। सञ्चालक सदस्य भएकाले प्रमुख कार्यकारी बन्न रोक लगाएको होइन,' ज्ञवालीले भने, …त्यही भएर प्रबन्ध सञ्चालक भएर काम गर्न समस्या छैन।'
सेन्चुरी कमर्सियल बैंकमा पनि श्रीमती सञ्चालक र श्रीमान् प्रमुख कार्यकारी रहेकाले एक जनाले पद त्याग गर्नु पर्ने हुन्छ। सेन्चुरीमा प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठकी पत्नी उमाकुमारी श्रेष्ठ सञ्चालक छन्।
…राष्ट्र बैंकले निर्देशन दिएपछि पालना गर्नै पर्छ,' प्रमुख कार्यकारी श्रेष्ठले भने, …कसले छोेड्ने भन्ने टुङ्गो लागिसकेको छैन। श्रीमतीसँग सल्लाह गरिरहेको छु।'




No comments:

Post a Comment

thanks for comment