माछापुच्छे्र–स्टेन्डर्डको संयुक्त कारोबार


काठमाडौं, असार १८
माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड फाइनान्स औपचारिक रुपमा आपसमा गाभिएर आगामी मंगलरबाट संयुक्त कारोबार गर्ने भएका छन्। मर्जरपछि पनि कम्पनीको नाम माछापुच्छे्र बैंक नै रहने छ।
राष्ट्र बैंक स्रोतले दुई संस्था मर्ज गराउन चाँडै स्वीकृति दिइने बतायो। …लामो समय राख्दा मर्जर भाँडिने संभावना रहन्छ,' स्रोतले भन्यो, …पुसभरीमा स्वीकृति दिइसक्छौ।' राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि दुवै संस्थाले मर्जरका अन्य प्रकृया सकेर अन्तिम स्वीकृति लिनु पर्छ। अन्तिम स्वीकृति पाएपछि संस्था गाभिने छन्।
मर्जरका लागि गत शनिबार पोखरामा गरेको सम्झौता अनुशार स्टेन्डर्ड फाइनान्सको एक सय रुपैयाँ बराबरको सेयर मूल्यांकन ८५ रुपैयाँ (छुटमा समायोजन) गरिने छ। माछापुच्छे्रको १ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजीमा स्टेन्डर्ड फाइनान्सको एक अर्बको पँुजीलाई ८५ करोड मूल्यांकन गरिने छ। दुवै संस्थाको पुँजी गरेर नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड पुँग्ने छ। यो हिसावले नयाँ कम्पनीमा माछापुच्छे्रको सेयर हिस्सा ५२ प्रतिशतभन्दा वढी हुने छ।
दुवै संस्थाले नयाँ संस्थाको नाम माछापुच्छे्र बैंक हुने गरी निवेदन दिएका छन्। मर्जरपछि माछापुच्छे्रको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ। एभ्को इन्टरेनसनललाई दिएको ठूलो कर्जा उठ्न नसक्ने अवस्थामा पुगेपछि माछापुच्छे्र बैंकलाई आर्थिक समस्या हुँदै आएको थियो। आफैले पुँजी वढाएर वलियो बन्नु पर्ने वा पुँजी वलियो भएको संस्थासँग मर्जमा जानु माछापुच्छे्रको वाध्यता थियो।

वाणिज्य बैंकमा स्तरोन्नति भएर कारोबार गर्ने सोचाइ साथ पुँजी वृद्धि गरेको स्टेन्डर्ड फाइनान्सलाई राष्ट्रको नीतिले एकैचोटी ग वर्गबाट क वर्गमा जान रोक लगाएको थियो। यसले गर्दा स्टेन्डर्डलाई माछापुच्छे्रले आकर्षित गरेको हो।

सेयर अनुपातका हिसावले सञ्चालक समिति सदस्य संख्यामा दुवै संस्थाको भाग छुट्याइने समेत सम्झौता भएको छ। सेयर हिस्सा अनुसार मर्जरपछिको संस्थामा माछापुच्छे्रका तर्फबाट ५ जना र स्टेन्डर्डका तर्फबाट तीन जना सञ्चालक समिति सदस्य हुने छन्। सम्झौता अनुसार, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत माछापुच्छे्र बैंकबाटै राखिने छ। वाँकी कर्मचारीको टुङगो भने पछि गरिने समझदारी भएको छ। माछापुच्छे्रमा साढे चार सयको हाराहारीमा र स्टेन्डर्डमा सवा सयको हाराहारीमा कर्मचारी छन्।


No comments:

Post a Comment

thanks for comment