चुनौती र सुझावसहित आर्थिक वृद्धि एजेन्डा सार्वजनिक


काठमाडौं, असार २४
कृषि, शिक्षा, जलविद्युत, पुर्वाधार तथा यातायात र पर्यटन क्षेत्रहरुमा वृहत्त अध्ययन गरि कार्यान्वयनका लागि सुझवसहित आर्थिक वृद्धि एजेन्डा–२०१२ सार्वजनिक भएको छ।
समृद्धि, द प्रोस्पेरिटी फाउन्डेसन र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा तयार पारेको आर्थिक वृद्धि एजेन्डा राष्ट्रि योजना आयोगका उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ। प्रतिवेदनमार्फत दिइएको सुझाबबाट सरकार तथा नीति निर्माताहरुको ध्यानकर्षण  गर्न सकियोस् भन्ने उद्देश्यले एजेन्डा तयार पारिएको आयोजकले जनाएका छन्।
समृद्धिले नेपालको कुल गार्हस्थ उत्पादनमा एक तिहाइ योगदान दिने र दुई तिहाइ जनशक्तिलाई रोजगार प्रदान गर्ने कृषि क्षेत्रको उत्पादकत्व र व्यवसायीकरणका बारेमा विशेष अध्ययन गरेको छ। प्रतिवेदनले कृषि क्षेत्रमा व्यवसायीकरणको अभावलाई चुनौतीका रुपमा हेरेको छ। …कृषिमा मल तथा सिँचाइको अभाव, बजारप्रति पहुँच नहुनु, बजारको विकास नहुनु, जोखिम व्यवस्थापन (बिमा) को प्रावधान नहुनु मूख्य चुनौती हुन्,' प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले कृषि क्षेत्रमा देखिएको चुनौतीहरुलाई हल गर्न  निजी क्षेत्रलाई अगाडि वढाउनु पर्ने सुझव दिएको छ। सामग्रीमा कृषकको पहुँच पुर्‍याउने, बिमा कार्यक्रमलाई विस्तार गर्ने, बजार विकास केन्द्रहरु स्थापना गर्ने र अनुसन्धान तथा विस्तारको कार्यक्रमहरु निजी क्षेत्रको सहभागितामा प्रतिवेदनको जोड छ।
प्रतिवेदनमा शिक्षा क्षेत्रमा यसको आर्थिक उपलब्धिलाई मूख्य विषय बनाएर अध्ययन गरिएको छ। प्रतिवेदनले शिक्षा क्षेत्रको चुनौतीका रुपमा दक्ष जनशक्तिको अभाव, सरकारी खर्चको अनुपातमा प्रतिफल नदेखिनु, प्राविधिक तथा व्यवसायिक तालिममा कम लगानीलाई लिएको छ।
प्रतिवेदनले निजी क्षेत्रको सहभागितामा राष्ट्रिय योग्यता प्रणाली शुरुवात गर्नु पर्ने, बजारमा दक्ष जनशक्तिको अभाव पुर्ति गर्न गैरऔपचारिक शिक्षाको सुरुवात गर्नु पर्ने र सरकारी खर्च  प्रभावकारी बनाउन भौचर प्रणाली लागू गर्नु पर्ने  सुझाव दिएको छ।
जलविद्युत क्षेत्रका लागि प्रतिवेदनले वैदेशिक लगानी भित्राउन विद्युत खरिद सम्झौता वैदेशिक मुद्रामा गर्न सुझाव दिएको छ। यातायात र पूर्वाधार क्षेत्रमा लगानी वढाउन प्रतिवेदनको सुझाव छ। निर्माण भएका यातायात पुर्वाधारमा आर्थिक गतविधि बढाइ उपयोग बढाउने, पूर्वाधार विकासबाट जनतालाई उच्चतम प्रतिफल हासिल गर्ने अवसर सिर्जना गर्ने र निजी क्षेत्रलाई पनि यस प्रकृयामा समावेश गराउन प्रतिवेदनको सुझाव छ।
प्रतिवेदनले पर्यटन क्षेत्रले नेपालको वैदेशिक मुद्रा आर्जनका लागि विप्रेषणपछि दोस्रो ठूलो भूमिका खेलेको भन्दै पर्यटनको संख्या, बसाइ अवधि बढाउने सुझाव दिएको छ।
प्रतिवेदनले व्यवसाय गर्ने अनुकुल वातावरण नहुनुलाई प्रमुख समस्याका रुपमा हेरेको छ। सँधैजसो हुने बन्द, हड्ताल, श्रमिकको समस्या, अनावश्यक राजनीतिक हस्तक्षेप व्यवसायिक वातावरण विगारेकेा प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा आर्थिक वृद्धि एजेन्डा–२०१२ प्रतिवेदनका सल्लाहकार चिरन्जिवी नेपालले सुझाव सहितको प्रतिवेदनलले सरकारलाई अप्ठेरो बेलामा पनि आर्थिक एजेन्डा लिएर अगाडि वढ्न सहयोग पुग्ने बताए। कार्यक्रममा अर्थशास्त्री भोला चालिसेले निजी क्षेत्रलाई लिएर सरकारले कार्यक्रमहरु अगाडि वढाउनु पर्ने बताए।
कार्यक्रममा योजना आयोगका उपाध्यक्षले प्रतिवेदनले सरकारलाई कार्यक्रहरु अगाढि वढाउन सहयोग पुग्ने बताए। कार्यक्रममा लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत राधेष पन्तले लगानीको क्षेत्र पहिचान गरेर अगाडि वढ्दा अर्थिक विकास चाँडो हुने बताए।

No comments:

Post a Comment

thanks for comment