सुनको आयातमा अनिस्चितकालिन प्रतिवन्ध

तस्करी र मूल्य वढ्ने : व्यवसायी सुदर्शन सापकोटा काठमाडौं भदौ १७ सरकारले शुक्रवारबाट अनिस्चितकालका लागि सुन आयतमा प्रतिवन्ध लगाएको छ । शुक्रवारबाट म्याद सकिने अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित नगरिएकाले पुरानै भन्सार दर कायम भएर सुन आयात बढ्ने भएकाले सरकारले प्रतिवन्ध लगाएको हो । ुसंसद् चलिरहेको अवस्थामा सरकारले अध्यादेश जारी गर्न नमिल्ने भएकाले केही दिन आयातै रोक्नुपर्ने अवस्था आएको होु वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गणेश ढकालले बिहीवार नागरिकसँग भने ुअध्यादेश पारित भएपछि अवस्था फेरी सहज हुने छ ।ु पुरानै भन्सार दरमा सुन आयात गर्न पाँच दिन मात्र छुट दिँदा पनि राष्ट्रबैंकमा रहेको सम्पूर्ण विदेशी सिाचति रित्तिने सरकारी अधिकारीहरु बताउँछन् । केन्द्रिय बैंकमा अहिले ३ अर्ब अमेरिकी डलर वरावर विदेशी मुद्राका सिाचती छ । प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजीनामा दिएपछि कामचलाउ सरकारले विधेयक अघि नबढाउँदा अध्यादेश खारेज भइ गत आर्थिक बर्षको आर्थिक ऐनमा रहेको पुरानै भन्सार दर शुक्रवारबाट कायम हुन्छ । अझै केही दिन अध्यादेश पारित हुन समय लाग्ने भएकाले सरकारले वैकल्पिक उपाय गर्दै आयात प्रतिवन्ध गरेको हो । पुरानै दर कायम हुँदा आयात वढेर राष्ट्र बैंकमा रहेको वैदेशिक मुद्रा सिाचति घट्छ । यसले नेपाल भित्रिनेभन्दा वाहिरिने पैसा शोधनान्तर घाटा वढि हुने भएकाले वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियन्त्रणका लागि आयातमा प्रतिवन्ध लगाएको हो । सुन आयात अध्याधिक वढेर गत फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो । शोधानन्तर घाटा वढ्दा वैदेशिक मुद्रा सिाचति घटेर अतिआवश्यकीय वस्तुको आयातसमेत थान्न नसकिने हुन्छ । राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार गत जेठमा शोधानन्तर घाटा १५ अर्ब ७ अर्ब रुपैयाँ छ । सुन आयातमा कडाइ गरिएकाले शोधानन्तर घाटा घटेको हो । सुनको भन्सार दर सम्वन्धि अध्यादेश पारित नभएकाले गत वर्षको आर्थिक ऐनमा रहेको पुरानै दर प्रति १० ग्राम १ सय ३० रुपैयाँ भन्सार दर कायम हुनेछ । सरकारले गत चैतमा अध्यादेशमार्फत यो भन्सार दरलाई बढाएर प्रति दशग्राम ४ सय ७० रुपैयाँ पुर् याएको थियो । गत बर्ष नेपाल भित्रिएको ४२ अर्बको सुनमध्ये तीन महिनाको अवधिमा ३९ अर्ब रुपैयाँ वरावरको सुन हराएको राजश्व सचिव कृष्णहरि वास्कोटाले बताए । नेपालमा भन्दा भारतमा भन्सार दर महंगो हुँदा नेपालको वाटो भएर अधिकांस सुन भारत गएको आशंका सरकारी अधिकारीहरुले गरेका थिए । नेपालमा बार्षिक सुनको माग ५ अर्ब रुपैयाँ वरावरको मात्र छ । सुन वढी खपत हुने हरितालिका तिजको पूर्वसन्ध्यामा आयातमा प्रतिवन्ध लगाइदा माग वढेर मूल्य आकासिने सुन व्यवसायीहरु बताउँछन् । ुमाग र आपुर्तिबीचमा असन्तुलन भएर बजारमा उपलब्ध सुनको मूल्य वढ्छु सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बिहीवार नागरिकसँग भने ुयसबाट कालोबजारीले पनि प्रश्रय पाउँछन् ।ु भन्सार दर बढाए पनि सुन आयातमा कमी नआएपछि केन्द्रिय बैंकले आयातमा कोटा तोकेको थियो । केन्द्रिय बैंकले ह्यान्ड क्यारी हाते ब्याग मार्फत जति पनि सुन आयात गर्न सकिने व्यवस्था गर्यो । त्यसले पनि आयातमा उल्लेख्य कमी नआएपछि प्रति दिन ३० किलो सुन आयात गर्ने व्यवस्था मिलायो । यो आयातले शोधानन्तर खाटा कम गर्न नसघाएपछि कोटालाई २० किलोमा झार्यो । राष्ट्र बैंकले अपेक्षा गरेभन्दा फरक नतिजा आएपछि अहिले प्रति दिन १० किलो सुन आयात गर्ने व्यवस्था गरेको थियो । ुसुन आयातमा पूर्ण प्रतिवन्ध लागेकाले अब सुन तस्करी वढेर जान्छु सुनचाँदी कला व्यवसायी संघका उपाध्यक्ष द्वारिका शंकरले बिहीवार नागरिकसँग भने ु१० किलो आयात गर्ने व्यवस्था हुँदा त तस्करी फस्टाएको थियो भने अब थप मौलाउने छ ।ु उनले आयातैमा प्रतिवन्ध लागेकाले सुनको मूल्य आकासिन जानकारी दिए । वुधवार मात्रै वीरगाजमा अवैध रुपमा आयात भएको ४ किलो ३ सय ग्राम सुन प्रहरीले पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

thanks for comment