झुत्रा नोट राष्ट्र बैंकबाट मात्र साटन सकिने

काठमाडौं, असोज ३-

राष्ट्र बैंकले दसैंपछि निश्चित समय दिएर केरमेट गरिएका र थोत्रा नोट संकलन गर्ने भएको छ। यसका लागि सर्वसाधारणसँग अपिल गरिने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन्।
पुराना र थोत्रा नोट चलनमा नराख्न राष्ट्र बैंकले सफा नोट (क्लिन नोट) नीति कार्यान्वयनमा ल्याएको हो। तत्कालका लागि एक स्टिज लगाएका नोटका बन्डल मात्रै राष्ट्र बैंकले लिने छ।
सामान्यतया नोटको आयु डेढ वर्ष हुन्छ। जतन नगर्नाले तीन महिनामै नोट फेरि प्रयोग गर्न नसकिने हुने गरेका छन्। दसैंमा निस्कासन भएका नोट तीन महिनामा फिर्ता हुँदै फेरि प्रयोग गर्न नसकिएको विगतको अनुभव अधिकारीहरुसँग छ।

आउने दिनमा स्टिज लगाएका र केरमेट गरिएको झुत्रा नोट बैंकहरुले संकलन गर्न नपाउने व्यवस्था केही समयमा नै कार्यान्वयनमा आउँदैछ। बजारबाट थोत्रा नोट हटाउन चालु आर्थिक वर्षको मौद्रिक नीतिले नयाँ व्यवस्था गरेको थियो।
बजारमा पुराना नोट घटाउन राष्ट्र बैंकबाट तीनपटक भन्दाबढी एउटै नोटलाई बजारमा नपठाउने व्यवस्था गरिने भएको छ। बैंकहरुलाई स्टिज लगाई झुत्रा भएका नोट संकलन नगर्नसमेत केही समय दिएर राष्ट्र बैंकले सूचना जारी गर्ने भएको छ। यस्ता नोट साट्न राष्ट्र बैंकै आउनुपर्ने व्यवस्था गर्ने गृहकार्यमा राष्ट्र बैंक छ। यस्तो व्यवस्थाबाट सर्वसाधारणले नोट जतन गर्न थाल्ने विश्लेषण अधिकारीहरुले गरेका छन्।
केही समयमै नोटमा स्टिज लगाउन नपाइने निर्देशन जारी गर्ने गृहकार्यमा राष्ट्र बैंक छ। अहिले केन्द्रीय बैंकबाट बाहिरिने नोटमा समेत एक मात्र स्टिज लगाउने गरिएको छ। 'विस्तारै नोटका बन्डलमा स्टिज नलगाउने नीति अवलम्वन गरिने छ,' एक अधिकारीले भने। नोटमा धेरै स्टिज लगाउँदा नोट चाँडै झुत्रा बनेको राष्ट्र बैंकको विश्लेषण छ।


नोटको बन्डलमा स्टिज लगाउन नपाइने व्यवस्था कार्यान्वयनमा ल्याएपछि नोट गणना गर्ने मेसिन राखिने भएको छ। एक मिनेटमा १ हजार नोट गन्ने मेसिनको व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ। मेसिन राखिएको निश्चित परिधिभित्र सर्वसाधारणले नोट अपुग भएमा दाबी गर्न पाउने छन्। त्यहाँबाट बाहिर निस्किएपछि नपुग भएको दाबी गर्न नसकिने व्यवस्था गरिने अधिकारीहरुले जनाएका छन्।
नोटलाई जतन गर्ने चलन छैन। जतिसुकै झुत्रा नोटसमेत व्यवहारमा छन्। यसबाट बैंकहरुलाई एटिएममा नोट राख्नका छनोट गर्नुपर्ने अवस्था छ। एटिएममा समेत धेरै समय समय प्रयोग भएका नोट राखिने गरेका छन्।
नेपाली नोटको कागज गुणस्तरीय भएकोले पुराना नोटसमेत एटिएममा प्रयोग हुने गरेको हो। पुराना नोटले एटिएम मेसिनको आयु घटाउने भएकाले यसका लागिसमेत नयाँ नीति आवश्यक परेको हो। 'केही समयै एटिएमका लागि योग्य नोट बजारमा हुने व्यवस्था गरिने छ,' एक अधिकारीले भने।
Global NepaliPatra
Nepali news from the globe. Updated from around the globe.
www.nepalipatra.com
Sample Test Papers
Math, Phy, Chem, Bio, English, SST… CBSE, ICSE Class 5-12, Register Now
www.MeritNation.com/SamplePapers
Kathmandu
Find Hotels, Compare Rates, Read Reviews & More. Try TripAdvisor!
www.TripAdvisor.com
Ads by Google

पुराना नोट धेरै चलनमा रहेकोले नयाँको तुलनामा सक्कली, नक्कली छुट्याउनसमेत राष्ट्र बैंकलाई कठिनाइ परेको छ। ...पुराना सक्कलीमा नक्कली नोट मिसाउँदा सुरक्षाको चिह्न छुट्याउन कठिन हुन्छ,' ती अधिकारीले भने। नयाँ नोटमा सुरक्षाका लागि राखिएको चिह्न पहिचान गर्न सजिलो हुने गर्दछ।
राष्ट्र बैंकमा पुगेका मध्ये पुरानामा नक्कली नोट बढी देखिएका छन्। आर्थिक वर्ष ०६५/०६६ मा राष्ट्र बैंकमा २ सय १९ वटा नक्कली नोट पुगेका थिए। त्यसमा १ सयका २, ५ सयका १ सय २ र १ हजारका १ सय १३ नक्कली नोट थिए। यी मध्ये अधिकांश नक्कली नोट पुराना सक्कली नोटमा मिसाइएका थिए।
नक्कली नोट पहिचान गर्नका लागि समेत पुराना नोटको चल्ती हटाउने योजना राष्ट्र बैंकले बनाएको हो। सहरको तुलनामा ग्रामीण र दुर्गम क्षेत्रमा पुराना नक्कली नोट बढि भएको अनुमान छ। नक्कली नोटको प्रयोग चुनौतीपूर्ण नभइसके पनि अर्थ व्यवस्थामा यसको प्रयोग भइरहेको छ। यसका लागि समयमै होसियारी अपनाउन पुराना नोटलाई प्रयोगमा नराख्न खोजिएको हो।
नयाँ नीतिमा राष्ट्र बैंकमा पुराना नोट आएपछि नयाँ दिने व्यवस्था गरिने भएको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६७ ठाउँमा राष्ट्र बैंकको नोट कोष छ। यी कोषले समेत पुराना नोटको सट्टा नयाँ दिनुपर्नेछ।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना हुन्छ। सर्वसाधारणलाई स्वस्थ्य नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो। नयाँ नोटको प्रयोग बढाउँदा राष्ट्र बैंकको खर्चसमेत बढ्नेछ। 'खर्च कति बढछ भन्ने यकिन भैसकेको छैन,' ती अधिकारीले भने।
अहिलेसम्म जति पुराना नोट पनि चलनमा छन्। कामै नलाग्ने गरी आइपुगेका नोटलाई राष्ट्र बैंकले जलाउने गरेको छ। यसको सट्टा नयाँ नोट बजारमा पठाउने गरिएको छ। अहिले राष्ट्र बैंकले बजारमा १ खर्व ५१ अर्ब नोट बजारमा पठाएको छ। यसमध्ये कति नोट कति पुराना छन भन्ने यकिन राष्ट्र बैंकले समेत गरेको छैन।

No comments:

Post a Comment

thanks for comment