गत बर्षको सुचकांकले सेयरलाई राम्रो संकेत गरेन

काठमाडौं भदौ ९ - प्रतिकुल आर्थिक वातावरणमा पनि बैंक तथा वित्तीय संस्थाले गत वर्ष हासिल गरेको नाफा दर स्वस्थकर छ । सेयर लगानीकर्ताका लागि भने बजारका प्रभावशाली कम्पनीको वित्तीय सूचकांकले मिश्रित संकेत गरेका छन् । नाफाबाहेक सेयर बजारका आधारभुत सूचकांक प्रतिसेयर आम्दानी इपिएस मूल्य आम्दानी अनुपात पिइ रेसियो र नेटवर्थले नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरु कुन दिशामा अगाडि बढ्छन भन्ने बारेमा भिन्नाभिन्नै संकेत गरेका हुन । हाल साचालनमा रहेका २७ वाणिज्य बैंकको नाफा १४ अर्बले बढेको छ । यसमध्ये २४ नेप्सेमा सूचीकृत छन् । सूचीकृतमध्ये १६ कम्पनीको इपिएस बढेको छ । सबैभन्दा बढी इपिएस एभरेष्ट बैंकको छ । आर्थिक वर्ष २०६५÷६६ मा ९९।९९ रुपैयाँ रहेको कम्पनीको इपिएस गत वर्ष १००।१६ पुगेको हो । त्यसपछि धेरै इपिएस नबिल स्ट्यान्डर्ड चार्टर्ड नेपाल बंगलादेश र नेपाल इन्भेस्टमेन्ट बैंकको छ । तुलनात्मक रुपमा इपिएसमा वृद्धि भएपनि सबैभन्दा कम किस्टको ७।०५ रुपैयाँ छ । यसपछि ग्लोबल माछापुच्छे्र डिसिबिएल र एनएमबी बैंकको छ । नाफा बढे पनि सेयरधनीको आम्दानीमा खासै सुधार नआएको तथ्यांकले देखाउँछ । ती कम्पनीका सेयरको पिइ रेसियोमा भने सुधार आएको देखिन्छ । पिइ रेसियोमा आएको कमीले सेयर सस्तिएको संकेत गर्छ । सबैभन्दा कम पिइ नेपाल बंगलादेशको छ । बैंकको यो अनुपात आर्थिक वर्ष २०६५÷६६ भन्दा बढेको भए पनि अन्य बैंकको तुलनामा कम अर्थात ५।८५ छ । यसपछि नेपाल क्रेडिट एण्ड कमस्र बैंकको छ । यसअघि बैंकको पिइ ऋणात्मक थियो । सामान्यतया १० भन्दा कम पिइ रेसियो भएको सेयरलाई बजारले कम मूल्यांकन गरेको मानिन्छ । १० देखि २० सम्म पिइ रेसियो भएका सेयरमा लगानीलाई सुरक्षित र त्यसभन्दा बढी भएको सेयर जोखिमयुक्त हुन्छ । पिइ कम हुनेमा लुम्बिनी नेपाल इन्भेस्टमेन्ट र एभरेष्ट बैंक छन् । यी कम्पनीको पिइ समिक्षा अघिल्लो वर्षको भन्दा कम हो । सबैभन्दा बढी पिइ स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । बैंकको यो अनुपात ५४।६४ बाट घटेर ४२।२३ मा झरेपनि अन्य बैंकको तुलनामा यो उच्च हो । यसपछि ग्लोबल माछापुच्छे्र नेपाल एसबिआइ र किस्ट बैंक उच्च छ । प्रतिसेयर नेटवर्थमा भने खासै सुधार आउन सकेको छैन । आर्थिक वर्ष २०६६÷६७ मा नेपाल बंगलादेश नेपाल क्रेडिट एन्ड कमस्र एनआइसी लुम्बिनी माछापुच्छे्र कुमारी सिद्धार्थ ग्लोबल सिटिजन्स बैंक इन्टरनेसनल प्राइम बैंक अफ एसिया नेपाल डिसिबिएल एनएमबी र किस्ट बैंकको प्रति सेयर नेटवर्थ बढेको छ । यद्यपी सबैभन्दा बढी प्रति सेयर नेटवर्थ भने एभरेस्ट बैंकको छ । आर्थिक वर्ष २०६५÷६६ को तुलनामा केही घटेपनि बैंकको नेटवर्थ सबैभन्दा उच्च अर्थात ३ सय ३२ रुपैयाँ छ । यसपछि स्ट्यान्डर्ड चार्टर्ड नबिल हिमालयन र बैंक अफ काठमान्डूको छ । सबैभन्दा कम नेटवर्थ किस्ट ग्लोबल बैंक अफ एसिया नेपाल डिसिबिएल र सनराइज बैंकको छ । नेटवर्थलाई सिद्धान्तत् कम्पनी विघटनमा गएको अवस्थामा लगानीकर्ताको हात पर्ने सम्पत्तिका रुपमा लिइन्छ ।

No comments:

Post a Comment

thanks for comment