५० डलरभन्दा माथिको नोट साट्दा कमिसन नलाग्ने

काठमाडौं भदौ ७ नागरिक बैंक तथा वित्तीय संस्थाले ५० अमेरिकी डलरभन्दा माथिको नगद नोट खरीद गर्दा शुल्क कमिसन लिन नपाउने भएका छन् । तर ५० डलरभन्दा कम दरका नोट खरिद गर्दा ०।५ प्रतिशतसम्म सेवा शुल्क लिनसक्ने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंक विदेशी विनिमय विभागले मंगलवार परिपत्र जारी गर्दै मनी नेन्जर कम्पनीहरुले भने ५० डलरभन्दा माथिको नोटमा ०।५ प्रतिशत शुल्क लिन सक्ने जनाएको छ । उनीहरुले यस्तो शुल्क बैंक तथा वित्तीय कम्पनीहरुले निर्धारण गरेको औषत विनिमय दरमा मात्र लिन सक्ने छन् । ५० डलरभन्दा कम दरका नोट खरीद गर्दा भने १ प्रतिशतसम्म सेवा सुल्क लिन सक्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । बैंक तथा वित्तीय कम्पनी र मनी चेन्जरहरुले केन्द्रिय बैंकमा खरीद गरेको ५० डलरभन्दा माथिको नोट बुझाउन ल्याउँदा कमिसन पाउने छैनन् । तर ५० डलरभन्दा कम दरका नोट वुझाउन ल्याउँदा ०।५ प्रतिशत कमिसन दिने केन्द्रिय बैंकले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment