प्रतिस्पर्धाको सुचीमा नेपाल १३०औं नम्बरमा


बचतमा छैटौं, विद्युत आपुर्तिमा अन्तिम 
नागरिक संवाददाता 
काठमाडौं भदौ २४ 

राजनीतिक अस्थिरता भ्रस्टाचार अस्थिर नीति अदक्ष सरकारी कर्मचारीलगायका कारणले प्रतिस्पर्धामा नेपाल विश्वका १३९ देशमध्ये १३०औंको सुचिमा दरिएको छ । गत बर्ष नेपाल १३३ देशमध्ये १२५औं स्थानमा थियो । वल्ड इकोनोमी फोरमले गरेको विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन २०१०/११ ले स्विट्जरल्यान्डलाई नम्बर एक घोषणा गरेको छ । 
पूर्णांक सात राखेर गरिएको सर्वेक्षणमा नेपालले ३.३४ अंक पाएर १३०औं स्थानमा पुगेको हो । नेपालले उच्च शिक्षा तथा तालिममा २.६२ राम्रो बजार सुविधामा ३.५८ श्रमिक दक्षतामा ३.५८ वित्तीय बजार विकासमा ३.६४ प्रविधिमा २.५ र बजारको आकारमा २.९३ अंक पाएको छ ।

 
फोरमले १२ वटा सूचक स्तम्भभित्र १११ वटा क्षेत्र तोक्दै देशहरुको विश्लेषण गरेको छ । १३९ देश सहभागी यो सर्वेक्षणमा नेपाल २८ क्षेत्रमा १३०औं स्थानभन्दा माथि छ । विद्युत्त आपुर्तिमा सबैभन्दा अन्तिम स्थानमा रहेको नेपाल आतंकवादबाट प्रभावित व्यवसाय कर्मचारी तालिम र श्रमिक तथा रोजगारदाताबीचको सम्वन्ध सुचकांकमा १३७औं स्थानमा पर्छ । यो सुचकांकले नेपालमा लगानी विस्तारमा जटिलता भएको देखाउँछ । फोरमले गरेको विश्लेषण अनुसार नेपालको जिडिपीमा कृषिले ३४ प्रतिशत उत्पादनमूलक उद्योगले सात प्रतिशत गैरउत्पादनमूलक उद्योगले ९ प्रतिशत र सेवा उद्योगले ५० प्रतिशत हिस्सा ओगटेको छ । 
वैज्ञानिक अनुसन्धान संस्थाको गुणस्तर वैज्ञानिक तथा इन्जिनियर उपलब्धता इन्टरनेट सुविधा राजनीतिज्ञमा सर्वसाधारणको विश्वास असन्तुलित भुक्तानी अपराधबाट प्रभावित व्यवसाय संस्थागत अपराध संस्थाको कानुनी व्यवहार पुर्वाधारको गुणस्तर सडक गुणस्तर मोवाइल टेलिफोन ग्राहक मुल्यबृद्धि स्थानीय तहमा उपलब्ध तालिम सुविधालगायतका सुचकांकमा नेपाल १३०औं स्थानभन्दा माथि छ । 
नेपालमा व्यवसाय साचालन गरेर ५० भन्दा वढीलाई रोजगार दिने ९९ व्यवसायीसँग लिइएको व्यक्तिगत धारणाका आधारमा तयार पारिएको नेपालसम्वन्धी प्रतिवेदनका केही सुचकांक अपत्यारिला छन् । सन्सारका १३९ देशमध्ये नेपाल राष्ट्रिय बचत दर सुचकांकमा छैटौं स्थानमा छ । जबकी नेपालको कुल गार्हस्थ उत्पादन जिडिपी को करिव ८ प्रतिशत मात्र बचत हुने गरेको छ । बाँकी सबै खर्च हुन्छ । स्थानीय सेयर बजारको माध्यमबाट वित्तीय पोषण सुचकांकमा नेपाल १४औं स्थानमा छ । सरकारी बजेट सन्तुलनमा ३८औं ब्याजको स्पे्रड दरमा ६९औं सरकारी ऋणमा ७९औं व्यवसाय सुरु गर्न पूर्वको प्रकृयामा ५७औं कुल करको दरमा ६१औं र कानुनी अधिकार सुचकांकमा ७५औं स्थानमा नेपाल परेको फोरमले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालयअन्गर्ततको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र सेडा ले फोरमको विश्लेषण सार्वजनिक गर्दै दक्षिण एसियामा नेपाल अन्तिम स्थानमा परेको जनाएको छ । विश्वको ५१औं स्थानमा परेको भारत दक्षिण एसियाको १ नम्बर स्थानमा छ । श्रीलंका दोस्रो बंगलादेश तेस्रो पाकिस्तान चौथो स्थानमा छ । विश्व विश्लेषणमा भने यी देश क्रमशः ६२औं १०७औं १२३औं स्थानमा परेका छन् । 
१३९ देशमा सबै हिसावले वलियोमा स्वीट्जरल्यान्डपछि स्वीडेन िसंगापुर अमेरिका जर्मनी जापान फिनल्याण्ड नेदरल्याण्ड डेनमार्क र क्यानडा छन् । फोरमले आर्थिकमन्दीका कारण गत बर्ष दोस्रो स्थानमा रहेको अमेरिका चौथोमा झरेको जनाएको छ । स्वीडेन चौथोबाट दोस्रोमा पुगेको हो । 
िसंगापुर यथा स्थानमा नै छ । फिनल्याण्ड डेनमार्क र क्यानडाको स्थान गत बर्षको भन्दा यस पटक घटेको छ । प्रतिस्पर्धात्मक प्रतिवेदन विश्वभरका १३ हजार ५ सय व्यवसायीसँग गरिएको प्रत्यक्ष सर्वेक्षण र दोस्रो स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तयार पारिएको फोरमले जनाएको छ । यो सर्वेक्षणमा एक देशबाट वढीमा सय जना व्यवसायीको राय लिइएको छ । 
सर्वेक्षणमा सहभागी व्यवसायीमध्ये २१.८ प्रतिशतले अस्थिर सरकारका कारण व्यवसाय साचालनमा समस्या भएको राय दिएका छन् । १२.१ प्रतिशतले भ्रस्टाचार ११.५ प्रतिशतले अदक्ष सरकारी कर्मचारीका कारण व्यवसाय साचालनमा कठिनाइ भएको जनाएका छन् । व्यसायीले व्यवशाय साचालनमा कर नियमन १.९ प्रतिशत वैदेशिक मुद्रा नियमन १.३ कमजोर सार्वजनिक स्वास्थ्य १.१ र करको दर १ प्रतिशतले कठिनाइ रहेको धारणा राखेको फोरमले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment