बैंक वित्तीय संस्था कर्जाको बजार प्रवद्र्धनमा


कागजी प्रकृया र सेवा शुल्कमा छुट दिएर ऋण लिने खोज्दै
सुदर्शन सापकोटा
काठमाडौं असोज ६
बैंक तथा वित्तीय कम्पनीबाट छोटो अवधिको कर्जा पाउन सहज भएको छ । छ महिनाअघि तरलता अभाव लगानी योग्य पुँजी भएका बेला निक्षेपका लागि बजार प्रवद्र्धनमा जुटेका बैंक तथा वित्तीय संस्था अहिले कर्जाका लागि त्यसैगरी बजार प्रवद्र्धनमा व्यस्त भएका छन् ।

छ महिनासम्म कर्जा प्रवाह गर्न नसकेका उनीहरु पछिल्लो अवधिमा निक्षेपमा भएको बृद्धिसँगै कर्जाको बजार प्रबद्र्धन गर्न थालेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले उपभोक्ता कर्जा साना तथा मझौला उद्योग पस्रनल फाइनान्स अधिविकस्र ओभरड्राफ्ट जस्ता कर्जाको बजार प्रबद्र्धन गर्न थालेका हुन् ।
'अहिले कर्जाको विज्ञापन गर्न थालिएको छ,' बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भन्डारीले नागरिकसँग भने, 'महंगोमा निक्षेप लिएकाले त्यसको व्यवस्थापन गर्न कर्जाको बजार प्रबद्र्धन गर्न थालिएको हो ।'
 
Global NepaliPatra
Nepali news from the globe. Updated from around the globe.
www.nepalipatra.com
Nepal Studies $95
Reports on Nepal: Trade, Finance, Labor, and Strategy. ICG Affiliate.
www.icongrouponline.com
Nepal News
Latest Nepal News for Political Researchers & Analysts
EINnews.com/Nepal
Ads by Google

बैंक तथा वित्तीय कम्पनीले अल्पकालिन र मध्यकालिन कर्जालाई लक्षित गर्दै बजार प्रबद्र्धन गर्न थालेका हुन् । यसका लागि सार्वजनिक सुचना र व्यक्तिगत रुपमा कर्जा लिनेलाई खोज्न थालेका छन् । पछिल्लो अवधिमा वाणिज्य बैंकहरुको ४ अर्ब रुपैयाँ बढेको कर्जा अल्पकालिन योजनाअन्तर्गत गएको उनले जानकारी दिए । दीर्घकालिन कर्जालाई भने बैंकहरुले प्राथमिकता वाहिर राखेका छन् ।
'प्रतितपत्र र टे्रड फाइनान्समा वाणिज्य बैंकले मात्र लगानी गर्न पाउने हुँदा हामी साना तथा मझौला उद्योग र कृषि क्षेत्रमा लगानी गरिरहेका छौं,' एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले भने । उनले महंगोमा निक्षेप लिएकाले कर्जा लगानी नवढाउँदा बैंकको वासलातमा असर पर्ने भएकाले कर्जाको प्रवद्धन थालेको जानकारी दिए ।
'केमा दिने केमा नदिनेभन्दा पनि व्यवसायिक रुपमा सक्षम योजना तथा राम्रो आर्थिक स्रोत भएकालाई कर्जा दिन थालेकाको सिटिजन्सका भण्डारीले बताए । 'दीर्घकालिन योजनामा कर्जा दिँदा बैंकले लामो समय पर्खिनु पर्ने भएकाले मध्यकालिनमा नै केन्द्रित भएका हौं,' उनले भने ।
उनले दीर्घकालिनमा कलेज स्कुल तथा हाइड्रोपावर क्षेत्रमा लगानी गर्न सकिने जानकारी दिए । 'उर्जा खरिद सम्झौता गरेर आयोजनामा ३० प्रतिशत लगानी गर्ने जलविद्युत आयोजनालाई सजिलै कर्जा दिनसक्छौं,' उनले भने । विकास बैंकहरुले पनि वाणिज्य बैंकसँग मिलेर दीर्घकालिन कर्जा जलविद्युत् क्षेत्रमा दिनसक्ने पाण्डेले बताए ।
बैंक तथा वित्तीय कम्पनीले कागजी प्रकृया र सेवा शुल्कमा छुटसहित विज्ञापन गरेर कर्जाको बजार प्रबद्धर्न थालेका छन् । उनीहरुले कर्जा र निक्षेपको व्याजदरको फरक स्प्रेड दर कम राखेर पनि बजार प्रबद्र्धन थालेका हुन् । 'ठूलो आकारको कर्जामा कम स्प्रेड राखेर लगानी गरिरहेका छौं,' पाण्डेले भने , 'सानो सानो कर्जामा स्प्रेड दर तुलनात्मक रुपमा केही वढी छ ।'
सेयर रियलस्टेट तथा हाउजिङलगायतका क्षेत्रमा कर्जालाई केन्द्रिय बैंकले कडाइ गरेकाले यो क्षेत्रमा तत्काल लगानी गर्ने अवस्था नरहेको पाण्डेले बताए । उनले बैंक÷वित्तीय संस्था उत्पादन उपभोक्ता आयात-निर्यात स्कुल-कलेजजस्ता अल्पकालिन तथा मध्यकालिन योजनामा लगानी गरिरहेको जानकारी दिए ।
फाइनान्स कम्पनीहरुले पछिल्लो अवधिमा आयात निर्यात व्यापार वर्किङ क्यापिटल उपभोक्ता र साना तथा मझौला उद्योगमा लगानी वढाएका छन् । 'कर्जा भुक्तानी भएर आएको रकम र संकलन भएको निक्षेपलाई निस्क्रिय राखेर खर्च वढ्छ मात्र,' नेपाल वित्तीय संघका अध्यक्ष रामशान्त श्रेष्ठले नागरिकसँग भने ,'तैभएर कर्जा विस्तारका लागि बजार प्रवद्र्धन भएको हो ।'
उनले पछिल्लो डेढ महिनाको अवधिमा वित्तीय संस्थाहरुले साढे दुईदेखि ३ अर्बको हाराहारीमा यस्ता क्षेत्रमा कर्जा विस्तार भएको बताए । उनले अहिले दीर्घकालिन आयोजनामा लगानी गर्ने अवस्था नरहेको जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment