प्रमुख कार्यकारीको तलव सुविधा बारे मापदण्ड यसै साताभित्र



सुदर्शन सापकोटा
काठमाडौं भदौ २७
राष्ट्र बैंकले प्रमुख कार्यकारीको तलव तथा सुविधाका बारेमा यसै साताभित्र मापदण्ड तोक्ने भएको छ । 'प्रमुख कार्यकारीको तलव सुविधाका बारेमा एक दुई दिनभित्रै मापदण्ड तोक्छौं,' राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने, 'यसबारेमा प्रकृया सुरु भइसकेको छ ।'

गत साउन १२ गते सार्वजनिक मौदि्रक नीतिमा बैंक तथा वित्तीय संस्थाका साचालक प्रमुख कार्यकारी अधिकृत उच्च पदस्थ कर्मचारीको सेवा सुविधालाई मुलुकको वित्तीय प्रणालीले धान्ने गरी व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था अनुसार केन्द्रिय बैंकले मापदण्ड तोक्न लागेको हो ।
मौदि्रक नीतिमा तलव तथा सुविधालाई पारदर्शी बनाउने व्यवस्था गरिएपछि तलव सुविधा तोक्ने जिम्मा सम्वन्धित कम्पनीको साचालक समितिलाई दिनु पर्ने प्रमुख कार्यकारी र साचालकले माग गर्दै आएका छन् ।


गभर्नरले भने तलव सुविधा तोक्न लागेको नभइ मापदण्ड मात्र तोक्न लागेको बताएका छन् । 'राष्ट्र बैंकले प्रमुख कार्यकारीको तलव तोक्ने काम गर्दैन,' गभर्नरले भने, 'मापदण्ड तोक्ने हो ।' कस्तो मापदण्ड तोक्न लागेको भन्ने बारे उनले बताएनन् ।
केन्द्रिय बैंकले तलव सुविधाका बारेमा गत भदौ ७ गते बैंकर तथा साचालकसँग गरेको छलफलमा राष्ट्र बैंकले प्रमुख कार्यकारीको तलव सुविधाका बारेमा हस्तेक्षपकारी नीति लिन नहुने प्रमुख कार्यकारी र साचालकले सुझाव दिएका थिए । 'तलव सुविधाका बारेमा सम्वन्धित साचालक समितिलाई नै छाडिदिनु पर्छ,' उनले भनेका थिए ।

मौदि्रक नीति जारी भएकै दिन बैंकस्र संघका अध्यक्ष शसिन जोशीले नागरिकसँग कुरा गर्दै सेवा सुविधामा नियन्त्रण भए बैंकहरु निरुत्साहित हुने बताएका थिए । 'सुविधामा अंकुस लागे बैंकिङ क्षेत्रको दक्ष जनशक्ति पलायन भएर जाने छन्,' उनले भनेका थिए ।
बैंकरहरुले तलव सुविधा कम हुँदा अरु बैंकको अवस्था पनि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको जस्तै हुने बताउँदै आएका छन् ।
गभर्नरले प्रमुख कार्यकारीको तलव सुविधा मुलुकको वित्तीय प्रणालीले धान्ने गरी व्यवस्थित र पारदर्शी बनाउन मापदण्ड तोक्न लागिएको बताएका छन् ।
आर्थिक बर्ष २०६५/६६ मा प्रमुख कार्यकारीको तलव सुविधा २ करोड १३ लाख रुपैयाँसम्म थियो । गत बर्ष यो थप बढेको छ ।
सबैभन्दा वढी तलव स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी सुजित मुन्डुलले बुझेका छन् । त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी पृथ्वीवहादुर पाण्डेले १ करोड ५३ लाख रुपैयाँ वुझेका थिए । वाणिज्य बैंकका प्रमुख कार्यकारीले त्यो बर्ष न्युनतम साढे २८ लाख रुपैयाँसम्म तलव सुविधा वुझेका थिए । प्रमुख कार्यकारीको तलव सुविधा वर्षेनी कम्तिमा १० प्रतिशतका दरले वढ्ने गरेको छ ।
गभर्नरले बैंक तथा वित्तीय कम्पनीका प्रमुख कार्यकारीको तलवका कारणले पनि सम्वन्धित कम्पनीको साचालन खर्च वढेको बताए । 'अरु पनि थुप्रै कारण छ साचालन खर्च वढ्न,' उनले भने, 'यो बढ्नुमा प्रमुख कार्यकारीको तलव सुविधा पनि एउटा कारण हो ।'

प्रमुख कार्यकारीले वढी तलव सुविधा लिँदा विकृति देखिएको र यसका बारेमा धेरै ठाउँबाट प्रश्न उठ्न थालेपछि केन्द्रिय बैंकले मौदि्रक नीतिमा तलव सुविधालाई व्यवस्थित गरिने व्यवस्था गरेको थियो ।
प्रमुख कार्यकारीहरुले तलव सुधिालाई पारदर्शी र परिणममूखि बनाउन खोज्नु सकारात्मक भएपनि तलव वढी भएका बैंक तथा वित्तीय कम्पनीका अधिकारीलाई छुट्टै वोलाएर छलफल गर्दा समस्या समाधान हुने एक बैंकरले बताए । 'छुट्टै मापदण्ड तोक्नुभन्दा पनि वढी तलव खाने कम्पनीसँग छलफल गरेर टुङ्गो लाउँदा राम्रो हुन्छ,' ती बैंकरले भने, 'सबै कम्पनीलाई एउटै नजरले हेर्दा भविस्यमा थप समस्या देखिन्छ ।'

No comments:

Post a Comment

thanks for comment