सुन व्यवसायीबीच पुनः विवाद

विवादले सुनको मूल्य चार वटा कायम सुन ३७ हजार ५ सय रुपैयाँ प्रति तोलासम्म पुग्यो सुदर्शन सापकोटा काठमाडौं भदौ १३ दुई दिनअघि तीन सुनचाँदी व्यवसायीबिच मिलेको विवाद पुनः सुरु भएपछि आइतवार बजारमा सुनको चार वटा मूल्य कायम भएको छ । विगतदेखि नै सुनको मूल्यमा एकरुपता देखिदै आएकोमा व्यसायीको विवादले फरक-फरक मूल्य कामय हुँदा उपभोक्ता ठगिन थालेका छन् । आयात गरेर सुनको विक्री गर्ने अधिकार पाएका बैंकहरुले आइतवार प्रति तोला सुनको मूल्य ३६ हजार ८ सय ५८ रुपैयाँ तोकेका थिए । तर बजारमा सुन ३७ हजार ५ सय रुपैयाँसम्म विक्री भएको छ । ुविवादले सुनको मूल्य फरक फरक आइरहेको छु सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले आइतवार नागरिकसँग भने । सुन कारोवार गर्ने अर्को संघ नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रवहादुर वराइलीले पनि विवादका कारण सुनको मूल्यमा एक रुपता आउन नसकेको बताए । उनले बैंकहरुले फरक फरक देशबाट सुन किनेर नेपाल बजारमा विक्री गर्ने भएकाले पनि सुनको मूल्यमा ५०÷६० रुपैयाँसम्मको फरक आउन सक्ने बताए । हिन्दु नारीहरुको चाड तिजको पुर्वसन्ध्यामा सुन व्यवसायीको विवादले मूल्यमा एक रुपता आउन नसक्दा उपभोक्ता ठगिने सम्भावना बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघको मध्यस्थतामा गत बुधबार भएको छलफलले सुनचाँदी सम्वद्ध तीन संगठनको संयन्त्रले बजार भाउ तोक्ने निर्णय गरेको थियो । संघसहित नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघ सदस्य रहेको ुसुनचाँदी व्यवस्थापन संयन्त्रु ले तोकेको मूल्यलाई नमानेर कला व्यवसयी र आभूषण संघले मनलाग्दी मूल्य तोक्न थालेपछि संघले विरोध जनाउँदै संयन्त्रको मूल्यलाई नमान्ने भएको शाक्यले आरोप लगाए । ुहामी आफै पनि मूल्य तोक्दैनौंु उनले आइतवार नागरिकसँग भने । सुन व्यवसाय गर्ने तीन संगठनबीच आइतवार भएको वैठकमा संयन्त्रले तोकेको मूल्य नमान्ने आभूषण संघ र कला व्यवसायीले जनाएपछि संघले पनि संयन्त्रको मूल्य नमान्ने र आफै पनि नतोक्ने निर्णय गरेको उनले जानकारी दिए । तर दुई संगठनले संघको भनाइ गलत भएको जनाएको छ । ुहामीले संयन्त्रले तोके अनुसारकॊ मूल्यमा सुन विक्री गर्नु पर्छ भन्यौंु सुन चाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रवहादुर वराइलीले भने । उनका अनुसार आइतवार विहान भएको वैठकमा सुनको मूल्य संयन्त्रले तोकेका अनुसार भनेर सार्वजनिक गर्नु पर्ने कला व्यवसायी र आभूणण संघले प्रस्ताव गरेको थियो । तर संघका अध्यक्ष शाक्यले संयन्त्रका अनुसार सुनचाँदी व्यवसायी संघले तोकेको मूल्य अनुसार भन्ने शब्द राख्नु पर्ने प्रस्ताव राखेका थिए । ुयही कुरामा संघ असहमत भयोु वराइलीले भने ुउहाँ शाक्य ले तपाईहरु आफ्नो तरिकाले जानुस् । विहीवार बस्ने वैठकमा आउने प्रस्ताव अनुसार गरौला भन्नु भयो ।ु शाक्यले भने राष्ट्र बैकले कला व्यवसायी र आभूषण संघलाई पनि सुनको मूल्य तोक्ने अधिकार दिएकाले संयन्त्रको मूल्य नमान्ने बताएको उनले जानकारी दिए । ुदुई संगठनले संयन्त्रको मूल्य नमान्ने भएपछि हामीले पनि नमान्ने भएका हौंु शाक्यले भने । सुनको मूल्य कसले तोक्ने भन्नेमा विवाद देखिए पनि भित्री रुपमा त्यो नभएको एक सुन व्यवसायीले बताए । विवाद जुन रुपमा देखिए पनि माग अनुसार संघहरुले सुन पाउन छाडेकाले कुनै न कुनै रुपमा असहमति झिक्दै विवाद देखाएको उनले दावी गरे । उनका अनुसार ३५ किलो माग हुने बजारमा १० किलो मात्र सुन पाइने भएपछि संघ आवद्ध व्यवसायीको दवाव थेक्न नसकेर अन्य वहानामा विवाद झिकिएको उनले दावी गरे । ुविवाद मूल्य तोक्ने होइनु ती व्यवसायीले भने ुमाग अनुसार कम सुन पाएर हो ।ु उनका अनुसार सुन कम पाउन थालेपछि संघहरुमा आवद्ध व्यवसायीले नेतृत्वले यसमा कुनै पहल गर्न नसकेको भन्दै विरोध गर्दै आएका छन् । ुयो दवावलाई थेक्न नसकेर व्यवसायीले असहमतिको वुँदा झिक्दै विवाद गरेका हुन्ु उनले भने ुमाग अनुसार सुन पाइन थालिउपछि विवाद आफै मिल्छ ।ु सुन व्यवसायी तीनै संगठनले मागको ३३ प्रतिशत मात्र सुन पाएको बताएका छन् । ुअहिले बजारमा ३५ किलो सुनको माग छु शाक्यले भने । वराइलीका अनुसार माग अनुसार सुन विक्री गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरिएको जानकारी दिए । ुतत्काललाई २० किलो सुन उपलब्ध भएपनि धेरै माग पुरा हुने थियोु उनले भने ु१० किलो सुनले माग पुरा गर्न सकिएको छैन ।ु शाक्य अध्यक्ष रहेको संघले पाउने तीन किलो सुनबाट २५ सयभन्दा वढी सदस्यहरुलाई दिँदा एकदमै कम परिमाणमा पर्ने भन्दै गत सोमवार केन्द्रिय बैंकमा विरोध जुलुससहति गएर ज्ञापनपत्र पनि वुझाएको थियो । कसरी सुरु भयो विवाद बैंकहरुमार्फत सुन खरिद गरी संघ आँफैले मूल्य तोक्दै आएकोमा विरोध गर्दै बाँकी दुई संगठनले राष्ट्र बैंकसँग सुनको मूल्य तोक्ने अधिकार आफूलाई पनि दिनु पर्ने माग गरेपछि राष्ट्र बैंकबाट त्यो अधिकार उनीहरुले पनि पाए । राष्ट्र बैंकले अन्य दुई संगठनलाई अधिकार दिएको प्रति असहमति राख्दै संघले सुनको मूल्य तोक्न बन्द गर्नुका साथै आफू मातहतका सुन पसल बन्द गरेको थियो । राष्ट्र बैंकले वाग्मति अाचलभित्र सुन कारोवार गर्ने तीन व्यवसायिक संगठनलाई कोटा तोकिदिएपछि सुरु भएको असहमतिका कारण सुनचाँदी व्यवसायी संघले गत सोमवारदेखि आफ्नो मातहतका सुन पसलसमेत बन्द गरेको थियो । वाणिज्य बैंकले उपलब्ध गराउने १० किलो सुन एकलौटी रुपमा पाउँदै आएको सुन चाँदी व्यवसायी संघले केन्द्रिय बैंकले गत शुक्रवार निर्देशनात्मक परिपत्र जारी गरेपछि तीन किलो पाउन थालेको हो । यसैको असहमितमा तेजरत्न शाक्य अध्यक्ष रहेको संघले आफ्नो मातहतका सुन पसल तीन दिनसम्म बन्द गरायो । सुन व्यवसायीबीच विवाद लम्विदा बजारमा सुन अभाव भएर कालोबजारी हुन थालेपछि व्यसायीको छाता संगठन उद्योग वाणिज्य महासंघले तीनै पक्षलाई वोलाएर गत वुधवार विवाद मिलाएको थियो । दैनिक १० किलो सुनमध्ये ४ किलो मोफललाई छुट्याइएपछि बाँकी रहने ६ किलोबाट ५० प्रतिशत सुनचाँदी व्यवसायी संघले पाउँछ । राष्ट्र बैंकको निर्देशनपछि वाग्मति अाचललाई छुट्याइएको सुनमध्ये नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुन चाँदी कला व्यवसायी संघले डेढ÷डेढ किलो पाउन थालेका छन् ।

No comments:

Post a Comment

thanks for comment