नागरिक संवाददाता
काठमाडौं भदौ २२
पछिल्लो २० दिनमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले घटेको छ । पूर्ण बजेट आउन नसकक्दा सरकारी खर्चमा कमी तथा बैंकहरुले एक आपसमा निक्षेप खाता खोल्न नपाउने मौदि्रक नीतिको व्यवस्थाले निक्षेप घटेको हो ।
ुमौदि्रक नीतिमा वाणिज्य बैंहहरुले आपसमा व्याज आउने खाता नखोल्ने व्यवस्था गरेपछि निक्षेप घटेको होु कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले भने ुपूर्ण बजेट नआउँदा सरकारी खर्च कम भएर पनि निक्षेप घटेको हो ।
निक्षेपको स्रोत पक्ता नलागेकै कारणले बैंकहरुले ब्याजदर नघटाएका हुन्ु बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले नागरिकसँग भने । उनले सरकारी खर्चमा आएको कमीले निक्षेप घटेको हुनसक्ने जानकारी दिए ।
निक्षेपको स्रोत पक्ता नलागी रहेकै बेला घटेको बैंक बचतले भविस्यामा तरलता समस्या देखिन सक्ने बैंकरहरुको भनाइ छ । ुपूर्ण बजेट नआएपछि तरलता अभाव सुरु हुनु स्वभाविक होु पन्तले भने ुअहिले कतैबाट पैसा आइरहेको छैन ।ु
गत आर्थिक बर्षको कात्तिकबाट सुरु भएको तरलता अभाव जेठसम्म कायम रहँदा बैंकहरुले कर्जा लगानी गर्न सकेका थिएनन् । तरलता अभावको चर्को मारमा परेका बैंकहरुले गत बर्ष ९५ अर्ब ९४ करोडको स्थायी तरलता सुविधा उपयोग भएका थिए । २ खर्ब ६८ अर्ब ८५ करोड बराबरको अन्तर-बैंक कारोवार भएको थियो ।
कर्जा भने यो अवधिमा ४ अर्बले बढेको छ ।
साउन अन्तिम सातासम्म ४ खर्ब ६६ खर्ब कर्जा लगानी गरेका बैंकले गत शुक्रवारसम्म ४ खर्ब ७० अर्ब लगानी गरिसकेका छन् । ुपहिले नै प्रतिवद्धता गरेको ठाउँमा कर्जा गएको हुनसक्छु पन्तले भने । उनले कर्जा विस्तार ुकन्सल्टियमु आयोजनाहरुमा गएको हुनसक्ने जानकारी दिए ।
No comments:
Post a Comment
thanks for comment