सुन व्यवसायीबीच विवाद

काठमाडौं भदौ ७ राष्ट्र बैंकले वाग्मति अाचलभित्र सुन कारोवार गर्ने तीन व्यवसायिक संगठनलाई कोटा तोकिदिएपछि सुरु भएको असहमतिका कारण सुनचाँदी व्यवसायी संघ नेपालले मंगलवार पनि आफ्नो मातहतका सुन पसल बन्द गरेको छ । वाणिज्य बैंकले उपलब्ध गराउने १० किलो सुन एकलौटी रुपमा पाउँदै आएको सुन चाँदी व्यवसायी संघले केन्द्रिय बैंकले गत शुक्रवार निर्देशनात्मक परिपत्र जारी गरेपछि तीन किलो पाउन थालेको छ । यसैको असहमितमा तेजरत्न शाक्य अध्यक्ष रहेको संघले आफ्नो मातहतका सुन पसल दुई दिनदेखि बन्द गराउँदै आएको हो । दैनिक १० किलो सुनमध्ये ४ किलो मोफललाई छुट्याइएपछि बाँकी रहने ६ किलोबाट ५० प्रतिशत सुनचाँदी व्यवसायी संघले पाउँछ । राष्ट्र बैंकको निर्देशनपछि वाग्मति अाचललाई छुट्याइएको सुनमध्ये नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुन चाँदी कला व्यवसायी संघले डेढ÷डेढ किलो पाउन थालेका छन् । संघले पाउने तीन किलो सुनबाट २५ सयभन्दा वढी सदस्यहरुलाई दिँदा एकदमै कम परिमाणमा पर्ने भन्दै सोमवार केन्द्रिय बैंकमा ज्ञापनपत्र वुझाएको छ । उसले बजारमा दैनिक ३५ किलो सुनको माग रहेकोमा १० किलो मात्र दिँदा अपुग हुने भन्दै विरोध जुलुससहति केन्द्रिय बैंकमा ज्ञापन पत्र वुझाएको जनाएको छ । तीजमा सुनको माग वढ्ने भएकाले अहिलेको ३ किलो सुनबाट मागको सुनको सानो अंश पनि पुर्ति गर्न नसकिने भन्दै व्यवसाय साचालन कस्टकर बन्दै गएको जनाएको छ । व्यसायीले न्युनतम २० किलो सुन उपलब्ध गराउन आग्रह गरेका छन् । गरगहना बनाई मात्र विक्री गर्नु पर्ने र यसको प्रत्येक प्रतिलिपी बुझाउनु पर्ने बाध्यात्मक व्यवस्था स-साना व्यवसायीहरुको लागि झंझटिलो एवम् अव्यवहारिक भएकोमा पनि सुनचाँदी व्यवसायीले विरोध स्वरुप पसल बन्द गरिएको जनाएको छ । राष्ट्र बैंकले यसलाई संवोधन गर्ने खालको नीति नबनाए आन्दोलनका कार्यक्रम जारी राख्ने संघले जनाएको छ । संघले आगामी १० गतेसम्म पसल बन्द राख्ने निर्णय गरेको हो । सुनको मूल्य वढ्यो सुनचाँदी व्यवसायी संघले पसल बन्द गरेर सुनको मूल्य नतोके पनि अन्य संस्थाले सुनको मूल्य वढेको जनाएका छन् । सोमवार सुनको मूल्य प्रति तोला ३६ हजार १ सय रुपैयाँ पुगेको छ । आइतवार ३५ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उकालो लागेकाले आन्तरिक बजारमा सुन महंगिएको हो । ुबजारको टे्रन हेर्दा सुन थप महंगिने देखिन्छु नेपाल सुनचाँदी कला व्यवसायी संघका उपाध्यक्ष द्वारिका शंकरले भने ।

No comments:

Post a Comment

thanks for comment