आठ कम्पनीको नाफा अर्ब नाघ्यो

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २
सबैभन्दा वढी कर तिर्ने नेपाल टेलिकमसहित आठ कम्पनीले एक अर्बभन्दा वढी नाफा कमाएका छन्। टेलिकम वाहेक अर्बभन्दा वढी नाफा कमाउनेमा वाणिज्य बैंकहरु छन्।
नेपाल टेलिकम
नेपाल टेलिकमले ३५.९८ प्रतिशतले वढी अर्थात १३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। टेलिकमले टेलिफोन र इन्टरेनेट सेवा विक्री गरेर मात्र ३२ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ। उसले अन्य कम्पनीमा राखेको निक्षेप तथा लाभांसबाट ३ अर्ब ३२ करोड आम्दानी गरेको छ।
चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको नेपाल टेलिकमको प्रति सेयर आम्दानी ९१.३९ रुपैयाँ छ। गत वर्ष कम्पनीले सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांस दिएको थियो। कम्पनीको मूल्य आम्दानी अनुपात ५.५ गुणा र प्रति सेयर नेटवर्थ ४०३ रुपैयाँ छ।
'टेलिकमको सेवा विस्तारसँगै आगमन र वाह्य गमन फोन कल वढेका कारण नाफा राम्रो भएको हो,' नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले शनिबार नागरिकसँग भनिन्, 'एडिएसएलको सेवा वढेको छ । समग्रमा सबै सेवाहरुको विक्री वढेकाले आम्दानीमा उच्च वृद्धि भएको हो।'

दोस्रो धेरै नाफा गर्नेमा कृषि विकास बैंक छ। बैंकले अघिल्लो वर्षभन्दा १८ प्रतिशत वढी अर्थात १ अर्ब ८६ करोड नाफा कमाएको छ। बैंकले डुवेको ऋणमध्ये २ अर्ब १७ करोड रुपैयाँ उठाएकाले नाफा ठूलो मात्रामा वढेको हो। बैंकले नोक्सानी व्यवस्थामा अघिल्लो वर्षको भन्दा १७.४१ प्रतिशत कम रकम राखेको छ।
आम्दानीको प्रमुख स्रोत व्याज आम्दानी ०.५४ प्रतिशतले घटेर ४ अर्ब ११ लाख रुपैयाँमा झरेको छ। बैंक ग्यारेन्टी, प्रतितपत्र, सेवा सुल्कलगायतको आम्दानी ३४ प्रतिशतले वढेर ५७ करोड ८३ लाख रुपैयाँ पुगेको छ। बैंकको निक्षेप २५.७१ प्रतिशतले वढेर ४३ अर्ब २३ करोड पुगेको छ भने ऋण लगानी १४.३१ प्रतिशतले बढेर ३९ अर्ब ३९ करोड पुगेको छ।
तेस्रोमा वढी नाफा गर्ने नबिल बैंक हो। नबिलको नाफा २८.४२ प्रतिशतले वढेर १ अर्ब ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ। बैंकले खासगरी व्याज भन्दा पनि विदेशी मुद्राको किनबेच र बैंक ग्यारेन्टी, प्रतितपत्र, सेवा सुल्कलगायतबाट वढी आम्दानी गरेको छ।
'तरलता, व्याज दर र सम्पतिको राम्रो व्यवस्थापन गर्न सकिएकाले नाफा वढेको हो,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले शनिबार नागरिकसँग भने, 'विदेशी विनिमयको कारोबारबाट पनि आम्दानी वढेको छ।' उनले विगतमा नबिल बैंकले लगानीकर्तालाई राम्रै प्रतिफल दिँदै आएकाले यस पटक पनि त्यसले निरन्तरता पाउने जानकारी दिए।
बैंकले विदेशी मुद्रा किनबेचबाट मात्रै अघिल्लो वर्षभन्दा ६१.९२ प्रतिशत वढी अर्थात ४४ करोड ७० लाख आम्दानी गरेको छ।  बैंक ग्यारेन्टी, प्रतितपत्र, सेवा सुल्कबाट १९.८८ प्रतिशत वढी अर्थात ५६ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ। बैंकको व्याज आम्दानी  २९.५६ प्रतिशतले वढेर २ अर्ब ९७ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
बैंकले यस पटक ऋण नउठेपछि पौने चार गुणा वढी अर्थात ५१ करोड ६५ लाख रुपैयाँ रकम नोक्सानी व्यवस्थामा छुट्याउनु परेको छ। यसले बैंकको नाफा जति हुनु पर्ने हो त्यो हुन सकेन। बैंकले निक्षेप १०.७२ प्रतिशतले वढाएर ५५ अर्ब र ऋण १०.१८ प्रतिशतले वढाएर ४२ अर्ब ८६ करोड रुपैयाँ पुर्‍याएको छ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ३० करोडले घटेपनि करिव डेढ अर्बको हाराहारीमा छ। बैंकले १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले एक वर्षको अवधिमा खराव ऋण ११.९६ प्रतिशतबाट घटाएर ७.९४ प्रतिशतमा झारेको छ।
बैंकलाई हालै मात्र सरकारले ४ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ पुँजी वृद्धिका लागि उपलब्ध गराएको छ। बैंकको निक्षेप ८७ खर्ब र ऋण ४० अर्ब रुपैयाँ पुगेको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा १२ प्रतिशतले वढेर १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकले ब्याज आम्दानीबाट २ अर्ब १७ करोड ७४ लाख कमाएको छ। विदेशी मुद्राको किनबेचबाट १५.८२ प्रतिशत वढी अर्थात २६ करोड ४१ लाख र बैंक ग्यारेन्टी, प्रतितपत्रलगायतको १३ प्रतिशतले वढाएर ४७ करोड ७४ लाख रुपैयाँ कमाएको छ। बैंकको निक्षेप १३.७० प्रतिशतले वढेर ५७ अर्ब र ऋण लगानी २.४४ प्रतिशतले वढेर ४२ अर्ब ९१ लाख रुपैयाँ पुगेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नाफा ४.४५ प्रतिशतले वढाएर १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ पुर्‍याएको छ। बैंकले व्याज आम्दानी ८.३६ प्रतिशतले वढाए १ अर्ब ८६ करोड ३७ लाख पुर्‍याएको छ।
एभरेस्ट बैंकले पहिलो पटक एक अर्ब नाफा नघाएको छ। बैंकले १७.१ प्रतिशतले नाफा वढाएरु १ अर्ब ९ करोड पुर्‍याएको छ। बैंकले व्याज आम्दानी २ अर्ब ८ करोड ६६ लाख गरेको छ।
हिमालयन बैंक पनि पहिलो पटक एक अर्ब नाफा गर्ने बैंक बनेको छ। बैंकको ब्याज आम्दानी घटेपनि बैंक ग्यारेन्टी, प्रतितपत्र, सेबा सुल्क र बिदेशी मुद्रा किनबेचबाट राम्रो आम्दानी गरेको छ। नोक्सानी ब्यबस्थाको रकमसमेत साढे ६९ प्रतिशतले घटेको छ। यसले बैंकको नाफा १७.८४ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको हो।
हिमालयन बैंक पनि पहिलो पटक एक अर्ब नाफा गर्ने बैंक बनेको छ। बैंकको ब्याज आम्दानी घटेपनि बैंक ग्यारेन्टी, प्रतितपत्र, सेबा सुल्क र बिदेशी मुद्रा किनबेचबाट राम्रो आम्दानी गरेको छ। नोक्सानी ब्यबस्थाको रकमसमेत साढे ६९ प्रतिशतले घटेको छ। यसले बैंकको नाफा १७.८४ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको हो।   

No comments:

Post a Comment

thanks for comment