२०, ५० र ५०० दरका नोटको डिजाइन परिवर्तन


काठमाडौं, असोज २४
अब नयाँ छापिने २०, ५० र ५०० रुपैयाँ दरका नोटमा नेपालको नक्सा पनि हुने भएको छ। सरकारले यि नोटको डिजाइन परिवर्तन गरेर नेपालको नक्सा थप्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद्ले राष्ट्र बैंकले  सिफारिस गरे अनुसार नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको हो।
 स्रोतका अनुसार, नेपाल राष्ट्र बैंकको लोगोनेर पृष्ठभूमिमा नेपालको नक्सा हुने छ। नोटको तल्लो भागमा छापिएको बर्ष (आर्थात २०६९) हुने छ। नोटको पछाडिपट्टी रुपैयाँ 'यति' भनेका ठाउँमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिने छ। नोटको तल्लो भागमा छापिएको वर्ष (अर्थात २०१२) लेखिने छ।
सरकारले निर्णय गरेको नयाँ डिजाइन अनुसारको नोट छापिएर बजारमा आइपुग्न न्युनतम ६ महिनाको समय लाग्ने स्रोतले जानकारी दियो।
सरकराले एक हजार रुपैयाँको चाँदीको सिक्का र ५० को युप्रोनिकल धातुको स्मारिका निकाल्नेसमेत निर्णय गरेको छ।
राष्ट्र बैंकले एक सय रुपैयाँ दरका नोटको डिजाइनसमेत परिवर्तन गर्न सिफारिस गरेको थियो। यो प्रस्तावलाई भने मन्त्रीपरिषद्ले अनुमोदन गरेन। राष्ट्र बैंकले सिफारिसमा अनुसार एक सय दरका नोटमा भएको तालवाराही मन्दिरको ठाउँमा अशोक स्तम्भ थियो। स्तम्भको तल 'लुम्बिनी द वर्थ प्लेस लर्ड वुद्ध' भन्ने देखिने सिफारिस गरिएको थियो।

No comments:

Post a Comment

thanks for comment