काठमाडौं मंसिर ३
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुलाई कम व्याजमा नयाँ ऋण दिन आग्रह गरेका छन् । बैंकिङ क्षेत्रमा पैसा वढे पनि ऋणको व्याज नघटेकोमा चासो व्यक्त गर्दै गभर्नरले सस्तोमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा फाइदा हुने बताए ।

'व्याज तिरेर लिएको पैसा त्यतिकै राख्दा खर्च वढ्छ,' वाणिज्य बैंकका प्रमुख
कार्यकारी अधिकृतहरुसँग राष्ट्र बैंकमा छलफल गर्दै उनले भने, 'अलिकति व्याज
घटाएर दिँदा ऋण पनि जान्छ र लागत पनि घट्छ ।' गभर्नरले सस्तो १
प्रतिशतभन्दा कमको व्याजको सरकारी ऋणपत्रमा लगानी गर्नुभन्दा राम्रो
संभावना भएको क्षेत्रमा व्याज घटाएर लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री वावुराम भट्टराईले गत बिहीबार व्यवसायीहरुसँग व्याज नघटेकोप्रति चासो राख्दै घटाउनु पर्ने बताए लगत्तै गभर्नरले बैंकरलाई डाकेर व्याज दरमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । राष्ट्र बैंकले व्याज दर तोक्ने जिम्मा बैंकहरुलाई छाडिसकेकाले प्रत्यक्ष रुपमा घटाउनका लागि निर्देशन दिन मिल्दैन । त्यही भएर उनले व्याज घटाएर कर्जा लगानी गर्न आग्रह गरेका हुन् ।