बैंकलाई भारु किन्न दिन माग

काठमाडौं फागुन १६
नेपाल बैंकर संघका अध्यक्ष अशोक राणाले वाणिज्य बैंकलाई पनि भारतीय मुद्रा भारतीय रिजर्भ बैंक आरबिआइ वाट सिधै किन्ने अधिकार दिनु पर्ने बताएका छन् । उनले यसका लागि राष्ट्र बैंकलाई मौदि्रक नीतिको मध्यावधि समिक्षामार्फत संवोधन गर्न सुझाव दिएको जानकारी दिँदै बैंकहरुलाई खरिद अधिकार दिँदा भारु अभाव नहुने दावी गरे ।

'बैंकहरुले कति किने र कसलाई बेचे भन्ने केन्द्रिय बैंकलाई खवर भइहाल्छ,' आर्थिक पत्रकार समाज सेजन ले आयोजना गरेको अन्तकिर््रया कार्यक्रममा उनले भने, 'वाणिज्य बैंकलाई दिँदा अनियमितता हुने होइन । बजार व्यवस्थित हुन्छ ।' उनले अहिले नेपाली ठूला नोटसँग भारु साटेर राख्ने क्रम वढेको दावी गर्दै यसबाट पनि भारु अभाव हुन थालेको बताए । उनले कर्जा-निक्षेप अनुपातको सीमा केही खुकुलो बनाइ दिनसमेत आग्रह गरिएको जानकारी दिए ।

राणाले घर कर्जाको सीमा हटाउनलाई पनि केन्द्रिय बैंकलाई सुझाव दिइएको जानकारी दिँदै सेयर कर्जा खुकुलो पार्न आग्रह गरेको बताए । 'घर कर्जाको सीमा हटाउनु पर्छ,' उनले भने, 'अरु कर्जा जस्तै सेयर कर्जाको एक वर्षे सीमा हटाउनु पर्छ ।' केन्द्रिय बैंकले अहिले २५ प्रतिशत सावाँ र पुरै व्याज भुक्तानी गरेपछि मात्र वाँकी कर्जा एक वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । उनले सेयर कर्जा समस्यामा पनि नपरेको अवस्थामा सीमा लगाउँदा सेयर बजारमा असर परेको बताए । 'सीमा हटाइयो भने मात्र पनि बजारमा केही सकारात्मक असर पर्छ,' उनले भने ।
उनले बैंक तथा वित्तीय संस्थाको मर्जर आवश्यक भएपनि त्यसलाई वाध्यात्मक बनाउन नहुने बताए । पछिल्लो समयमा राष्ट्र बैंक मर्जरको विषयमा गम्भिर पाएको जानकारी दिँदै उनले सुविधाहरु दिएर यसमा आकर्षित गर्नु पर्ने जानकारी दिए ।
'मर्जर राष्ट्र बैंकले भन्दा पनि सरकारले चाहेमा वाध्यताकारी हुन्छ,' उनले भने, 'सरकारले सवै किसिमका रणनीति अपनाउन सक्ने र मिल्ने भएकाले सम्भव पनि हुन्छ ।' राणाले मर्जरका लागि बैंक तथा वित्तीय संस्थाका साचालकहरुको स्पष्ट धारणा वुझ्न आवश्यक भएको भन्दै यसमा राष्ट्र बैंकले पहल गर्नु पर्ने बताए । उनले मर्जरका लागि करसँगै पुँजी बजारमा संस्थापक सेयरलाई पनि साधारणकै मूल्यमा विक्री गर्न पाउने व्यवस्था मिलाउनु पर्ने बताए । 'मूल्य समान नभएकाले संस्थापक सेयरको कारोबार हुँदैन,' उनले भने, 'जति सेयर बजारमा जान्छ त्यही अनुसार त्यसको सही मूल्य निस्कन्छ ।'
राणाले दुई वर्षदेखि बजेट ढिलो आएर आर्थिक कि्रयाकलाप घट्दा तरलता अभाव भएको उनले बताए । समयमा बजेट नआउँदा आर्थिक कृयाकलाप नै अवरुद्ध हुँदा बजारमा पैसा नआएको भन्दै उनले सरकारले पैसा खर्च गर्न थालेपछि समस्या कम हुने बताए ।

No comments:

Post a Comment

thanks for comment