वित्तीय संस्था क्रमिक रुपमा स्तरोन्नति गर्न पाइने नीति तयार

पुँजीका आधारमा मात्र स्वीकृति नदिइने

सुदर्शन सापकोटा
काठमाडौं चैत ८

राष्ट्र बंैकले विकास बैंक र फाइनान्स कम्पनीले स्तर वृद्धि क्रमिक रुपमा मात्र गर्न पाउने नीति तयार पारेको छ । राष्ट्र बैंकको कारवाहीमा नपरेको संस्थागत सुसासन भएको र आवश्यक मापदण्ड पुरा गरेको कम्पनीले मात्र स्तरवृद्धि गर्न पाउने छन् ।

'नीति तयार भइसकेको छ,' राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने, 'मौदि्रक नीतिको भावना अनुसार यसलाई तयार पारेका छौं केही समयदेखि रोकिएको स्तरोन्नति प्रकृया नीतिका कारणले अब रोकिदैन ।' चालु आर्थिक वर्षको मौदि्रक नीतिमा वित्तीय संस्थाको स्तरोन्नति गर्ने कार्य पूँजीको पर्याप्तताका अतिरिक्त व्यवसायिक सम्भाव्यता संस्थागत क्षमता प्रतिस्पर्धा र बजारको अवस्था आदिका आधारमा मात्र गर्ने व्यवस्था गरिने उल्लेख छ ।
राष्ट्र बैंक स्रोतका अनुसार क्रमिक रुपमा स्तरोन्नति हुन चाहने संस्थाले यसका लागि आवेदन दिएका भरमा मात्र स्वीकृति दिइने छैन । 'सवै प्रकृया पुरा गरेर आवेदन दिएकै भरमा स्वीकृति दिन सकिदैन,' ती अधिकारीले भने, 'त्यसरी आएका कम्पनीको राष्ट्र बैंेकले विशेष निरिक्षण गरेपछि स्तरोन्नति हुने उद्देश्य पुष्टी भएमा मात्र स्वीकृति दिन सकिने छ ।'
केन्द्रिय बैंकले यो नीति मंगलबार तयार पारेको हो । बैंकको साचालक समितिमा छलफल भएर तयार भएको नीति यसै साताबाट लागू हुँदैछ । 'स्वस्थ रुपमा स्तरोन्नति हुनु पर्छ भन्ने नीतिको मूल आसय छ,' ती अधिकारीले भने, 'ग वर्गको संस्था एकैचोटी क वर्गमा जाँदा आर्थिक रुपमा नै समस्या हुनसक्ने भएकाले क्रमिक रुपमा जाने नीति तयार पारिएको हो ।'
यसै साता निर्देशनका रुपमा आउन लागेको यो नीतिका कारण प्रकृयामा रहेका चार फाइनान्स कम्पनीलाई असर पर्ने छ । 'ग' वर्गका स्टेन्डर्ड फाइनान्स क्यापिटल मर्चेन्ट आइएलएफ सी वित्तीय संस्था र नेपाल सेयर मार्केटलाई यो नीतिले असर गर्ने छ । यि कम्पनीले केही सहयअघि स्तरोन्नति भएर एकैचोटी वाणिज्य बैंकमा जानका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । 'ख' वर्गको सानिमा विकास बैंकले पनि वाणिज्य बैंकका लागि आवेदन दिइसकेको छ ।
स्तरोन्नति हुनका लागि कम्पनीहरुले आवश्यक चुक्ता पुँजी खराव कर्जा र पुँजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र र संस्थागत सुशासन भएको हुनु पर्नेछ । विकास बैंकले वाणिज्य बैंक हुनका लगि २ अर्ब र फाइनान्स कम्पनीले विकास बैंक हुन ६४ करोड रुपैयाँ चुक्ता पुँजी पुर् याउनु पर्छ । उनीहरुको खराव कर्जा अनुपात ५ प्रतिशतभन्दा कम र पुँजी पर्याप्तता अनुपात १० प्रतिशतभन्दा माथि हुनु पर्ने हुन्छ ।
फाइनान्स कम्पनी स्तरोन्नति भएर विकास बैंकमा पुगेमा उसले त्यसको पाँच वर्षपछि मात्र वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि आवेदन दिन पाउने छ । केन्द्रिय बैंक स्रोतका अनुसार स्तरोन्नति हुन चाहने संस्था तीन लगातार नाफामा रहेर अन्य वित्तीय सुचकांक स्वस्थ भएको हुनु पर्नेछ ।
केन्द्रिय बैंकले गएको दुई वर्षदेखि विकास बैंक र वित्तीय संस्था स्तरोन्नतिको व्यवस्था स्थगित गरेको थियो । स्तरोन्नतिका लागि आवश्यक नीति नियम पूर्ण नभएको भन्दै उसले स्तगित गरेको थियो । स्थगित गर्नु पूर्व वित्तीय संस्थाले पुँजी वृद्धि गरेपछि स्तरोन्नति गर्न पाउँथे । 'अबदेखि पुँजी पुगेका भरमा मात्र स्तरोन्नति हुन पाइने छैन,'  राष्ट्र बैंक स्रोतले भन्यो । केही समयअघि किस्ट र एनएमबी फाइनान्सबाट वाणिज्य बैंकमा डिसिबिएल विकास बैंकबाट वाणिज्य र एस फाइनान्सबाट विकास बैंकमा स्तरोन्नति भएका थिए ।

No comments:

Post a Comment

thanks for comment