माओवादी दबाबले गोर्खा बैंकमा बम्जन पुनस्र्थापित

सुदर्शन सापकोटा
काठमाडौं चैत ६
राष्ट्र बैंकबाट कारबाही सिफारिस भएका डिबी बम्जनलाई माओवादी दबाबमा गोर्खा डेभलपमेन्ट बैंक साचालक समितिले फेरि कार्यकारी अध्यक्ष बनाएको छ ।
गत असारमा प्रवाह भएको १२ करोड ४१ लाख रुपैयाँको कर्जा दुरुपयोग भएको भन्दै बम्जनलाई केन्द्रीय बैंकले कारबाही सिफारिस गरे लगत्तै साचालक समितिले निर्मल गुरुङलाई अध्यक्ष बनाएको थियो ।
डिबी बम्जन
माओवादी सभासद धर्मशीला चापागाइलगायतले आइतबार बम्जनका लागि कार्यकारी अध्यक्ष छाडिदिन दबाब दिएपछि अध्यक्ष गुरुङ र प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद बन्जाडेले राजीनामा गरे । चापागाईंले आफूलाई बैंकबारे केही थाहा नभएको बताइन् ।
'बम्जनजीले म बैंकलाई सपार्छु भनेपछि मैले राजीनामा गरें,' अध्यक्ष गुरुङले आइतबार साँझ नागरिकसँग भने । प्रमुख कार्यकारी अधिकृत बन्जाडेले पनि साचालक समितिले कार्यकारी अध्यक्ष बनाएपछि प्रमुख कार्यकारीबाट राजीनामा दिएको जानकारी दिए । 'कार्यकारी अध्यक्ष नियुक्त गरेपछि मैले बसिरहन मिलेन,' उनले भने, 'अध्यक्षको राजीनामा आएपछि मैले पनि दिएँ ।'
स्रोतका अनुसार आइतबार बसेको साचालक समिति बैठकमा गुरुङबाहेक सबै साचालकले बन्जाडेलाई कार्यकारी अध्यक्ष बनाउन प्रस्ताव गरे । बन्जाडेको अनुपस्थितिमा उनलाई बनाउन नसकिने गुरुङले बताएपछि सदस्यहरुले गुरुङसहित माओवादी नेतालाई बोलाए । चापागाईंलगायत नेताले तुरुन्तै पदबाट राजीनामा गरेर सहयोग गर्न भनेपछि गुरुङ र बन्जाडेले राजीनामा गरे । 
बैंकले गत असारमा अब्दुल कवाडी टे्रडिङको नाममा प्रवाह गरेको १२ करोड ४१ लाख रुपैयाँ कर्जा दुरुपयोग भएको पुष्टि भएपछि बम्जनले मौखिक राजीनामा गरेका थिए । दुरुपयोग भएको यो कर्जालगायत अन्य वित्तीय विवरणबारे अनुसन्धान गर्न शुक्रबारबाट राष्ट्र बैंकको एक टोली बैंक निरीक्षणमा खटिएको छ ।
बम्जनले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू बिरामी भएर बसेका बेला पत्रपत्रिकामा भ्रमपूर्ण समाचार आएको भन्दै अध्यक्ष पद सधैं झै सम्हाली रहेको जनाएका छन् ।
'हाम्रो निरीक्षण टोलीको रिपोर्ट आएपछि के कारबाही गर्ने भन्ने टुंगो लाग्छ,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले आइतबार नागरिकसँग भने, 'उनी अहिले पुनस्र्थापित भएपछि आवश्यक परे राष्ट्र बैंकले पदबाट पनि हटाउन सक्छ ।' बैंकमा केन्द्रिय बैंकका डेपुटी डाइरेक्टर प्रदिप अधिकारीको नेतृत्वमा तीन सदस्यीय एक टोली निरक्षणमा छ ।
बसन्तवहादुर थापाको नाममा रहेको अब्दुल कवाडीका लागि दिएको कर्जाको रकम बैंकका केही कर्मचारी र ऋणीको ऋण तिर्न प्रयोग भएको थियो । राष्ट्र बैंकले कर्जा दुरुपयोग भएको ठहर गरेपछि बम्जनसहित साचालकलाई पाँच लाख रुपैयाँ जरिवाना गराइसकेको छ ।
'हामीले अनियमितता भएको कर्जाको टुङ्गो नलागेसम्म बम्जनलाई अध्यक्ष नहुन भनेका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'तर सुझाव विपरित पार्टीको आडमा जाँदा भोली उनलाई नै अप्ठेरो पर्छ ।'
'कारवाही सिफारिस गरिएको व्यक्तिलाई झन्डा पार्टी को आडमा पुनस्र्थापित गरिनु कानुन विपरित हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसले सुसासनको मजाक उडाउँदै नियमन निकायको भूमिकालाई कम मूल्यांकन गरेको छ ।' ६६ करोड चुक्ता पुँजी रहेको बैंकले १२ करोड ४१ लाख रुपैयाँ बराबरको रकम सम्भावित नोक्सानी व्यवस्थामा छुट्याँउदा घाटामा जान सक्ने देखिएको छ । बैंकले गत आर्थिक वर्ष ७ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो ।

No comments:

Post a Comment

thanks for comment