युनुस निकालिनुको भित्री पाटो


काठमाडौं फागुन २३
गरिबी निवारणमा नौलो अवधारणा ल्याएर संसारभर वाहवाही पाएका बंगलादेशी प्राध्यापक मुहम्मद युनुसलाई आफ्नै सरकारले बेइज्जतीपूर्ण ढंगले निकालेको छ । आफ्नै मस्तिष्कको उपज ग्रामीण बैंकमा पुनस्र्थापित हुन युनुस न्यायालयको शरण परे तर त्यहाँबाट पनि उनलाई निरासा मात्रै हात लाग्यो ।

लघुवित्तका पिता तथा नोबेल शान्ति पुरस्कार विजेता युनुस आफैले स्थापना गरेको ग्रामीण बैंकको प्रबन्ध निर्देशकबाट बर्खास्त हुनुको मुख्य कारण प्रधानमन्त्री शेख हसिनासँगको द्वन्द्व हो ।
युनुसले अवकास उमेर पुगे पनि नियम मिची पदमा बसीरहेको आरोप लगाउँदै सरकारले उनलाई बर्खास्त गरेको हो । ग्रामीण बैंकमा सरकारको २५ प्रतिशत लगानी छ ।
युनुससँग नजिकका साथी तथा उनीहरुले दिएका वक्तव्यका अनुसार अहिले जुनसुकै मुद्दामा युनुसलाई वर्खास्त गरिएको भनिए पनि त्यो सत्य होइन । सन् १९९७ मा सेनाले सत्ता लिएपछिको एक घटनाका कारण उनलाई कारबाही गरिएको हो ।

उमेरको बखेडा अहिले झिकिएको मात्र हो । उनलाई बर्खास्त गर्दा दिइएको कारण चित्तबुझ्दो र विश्वसनीय छैन । दुई जना सरकारी प्रतिनिधि सदस्य रहने बैंकको साचालक समितिले नै उनलाई आफुले चाहेसम्म बैंकमा रहने सुविधा दिएको थियो । युनुस अहिले ७० वर्षका भए । उमेर नै मुद्दा हो भने उनलाई दस वर्षअघि हटाउनुपथ्र्यो ।

सन् १९९७ मा हसिनाको सरकारलाई बर्खास्त गर्दै सेनाले आफ्नो कब्जामा सत्ता लियो । सत्ता कब्जापछि उसलाई सरकार चलाउनका लागि विश्वमा नै नाम कमाएको व्यक्तिको खाँचो थियो । त्यतिबेलासम्म युनुस लघुवित्तमार्फत गरिबी निवारणमा खेलेको भूमिकाका कारण चर्चित मात्रै नभई विश्वले पत्याएका व्यक्ति भइसकेका थिए । यही कार्यक्रममार्फत् उनले गरिबीमा पिल्सीएका लाखौं बंगलादेशी नागरिकको जीवनस्तर परिवर्तन गराए । त्यही भएर सेनाले उनलाई प्रधानमन्त्री बन्नका लागि आग्रह गर् यो ।
सेनाको आग्रहलाई उनले धेरै पटक टारे । तर उनलाई सेनाले प्रधानमन्त्री बनेर देश र जनताका लागि सहयोग गरिदिन पटकपटक आग्रह गरी नै रह्यो । सेनाको आग्रहलाई आंशिक स्वीकार गर्दै युनुसले आफु प्रधानमन्त्री नबनी आफ्ना सहयोगीलाई प्रधानमन्त्री बनाउन आग्रह गरे । सेनाले उनको आग्रहलाई मानेर युनुसले सिफारिस गरेको व्यक्ति फक्रुद्दिन अहमदलाई प्रधानमन्त्री बनायो । उनी त्यहाँको केन्द्रीय बैंकका गभर्नर पनि थिए ।
युनुससँगै ग्रामीण बैंकमा तिपालचन्द्र बरु नायब प्रबन्ध निर्देशक थिए । उनलाई युनुसपछिको व्यक्तिका रुपमा चिनिन्थ्यो । ग्रामीण बैंक गरिबी निवारणका लागि खोलिएको संस्था भएकाले त्यहाँ काम गर्ने कर्मचारीको तलब एकदमै कम हुन्थ्यो । बरुकी श्रीमती क्यान्सर रोगबाट पीडित थिइन् । त्यही भएर युनुसले बरुलाई थप आम्दानीका लागि ग्रामीण बैंकको भातृ संस्था ग्रामीण शक्तिमा पनि कार्यकारी निर्देशकको पद दिएका थिए ।
ग्रामीण शक्तिले गरिबी निवारणका लागि विभिन्न कार्यक्रम गर्छ । त्यो कार्यक्रमका कारणले शक्तिलाई एउटा अन्र्राष्ट्रिय संस्थाले आर्थिक पुरस्कार दियो । त्यो पुरस्कार बरुले आफैले प्रयोग गरे । युनुसले यो कुरा थाहा पाएपछि बरुलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरे । यो कारणले बरु युनुसबाट टाढिए । युनुस र हसिनाबीचको सम्बन्धका जानकार बरु हसिनासँग नजिक भए । ग्रामीण बैंकको आन्तरिक सबै कुराबाट जानकार बरुकै कारणले पुरानो मुद्दालाई उल्टाएर उनलाई कारबाही गरिएको हो ।
नर्वेजियन डेभलपमेन्ट एजेन्सीले ग्रामीण बैंकको काम मन परेपछि गरिबी निवारणमा सहयोग पुर् याउन १० करोड अमेरिकी डलर दियो । ग्रामीण बैंक आर्थिक रुपमा सक्षम भएकाले त्यो पैसा बैंकले ग्रामीण कल्याण नामक भातृ संस्था खोलेर गरिबको स्वास्थ्य शिक्षामा खर्च गर्ने योजना बनायो । यो खाका युनुसले कोरेका थिए । युनुसको प्रस्तावलाई सरकारी प्रतिनिधि सदस्य रहेको ग्रामीण बैंकको बोर्डले पास गर् यो । त्यो पैसा दुई प्रतिशत ब्याजमा राखेर गरिबलाई ब्याजबाट निःशुल्क स्वास्थ्य शिक्षालगायत सेवा उपलब्ध गराउन प्रयोग भयो ।
नर्वेजियन एजेन्सीले यसको विरोध गर्दै त्यो पैसा त्यसरी खर्च नगर्न ग्रामीण बैंकलाई पत्राचार गर् यो । उसले आर्थिक उपार्जनका लागि मात्र यो पैसा खर्च गर्नुपर्ने भन्दै पत्राचार गर् यो । त्यसपछि त्यो पैसा कल्याणबाट ग्रामीण बैंकले फिर्ता लियो ।
युनुसको यो कामबाट प्रभावित भएका जनताले जताततै उनको तारिफ गर्न थाले । उनी सबैतिर चर्चित हुन थाले । यो चर्चाका कारण केही शुभचिन्तकले उनलाई पार्टी खोल्न उक्साए । यो नै युनुसले गरेको गम्भीर गल्ती भएको उनका सहयोगीहरु बताउँछन् । युनुसले पार्टी खोल्ने भएपछि उनलाई मन नपराउने हसिना रुष्ट भइन् । युनुसको पार्टी खोल्ने चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमुख समाचार बन्यो । कमैले मात्र उनको पार्टी खोल्ने कार्यको समर्थन गरे ।
लघुवित्तका विज्ञ तथा अन्तर्राष्ट्रिय स्तरका विद्वानले पनि उनलाई पार्टी खोलेर विवादित नहुन आग्रह गरे । युनुसले पनि धेरैभन्दा धेरै साथीहरुले दिएको सल्लाहलाई मान्दै पार्टी खोल्ने निर्णय फिर्ता लिए ।
युनुसले लघुवित्तमार्फत गरिबको मन जितेको सन् २००६ मा नोबेल पुरस्कार पाएपछि संसारभर नै राम्रो परिचय बनाएको र हसिना सरकारको विरुद्धमा रहेको भन्दै हसिनाले सत्तामा आएपछि उनीसँग बदला लिएको जानकारहरु बताउँछन् । युनुसलाई पदबाट बर्खास्त गर्नुअघि उनलाई हतोत्साहीत गर्न हसिनाले थुप्रै षड्यन्त्र गरिन् ।
मुजफर हक पनि ग्रामीण बैंकमा युनुसभन्दा मुनी बसेर काम गर्थे । ग्रामीण बैंकको मुख्य सिद्धान्त अर्थात रक्सी र चुरोट नपिउने भन्नेलाई हकले उल्लंघन गरे । यससँगै उनी आर्थिक मामिलामा पनि मुछिए । उनको व्यवहार युनुसलाई चित्त बुझेकॊ थिएन । उनलाई युनुसले कमजोर र कम महत्वको विभाग दिएका थिए । पछि उनी त्यहीबाट अवकास लिए । हसिना सत्तामा आएपछि युनुसलाई हतोत्साही गर्न तिनै हकलाई उनीभन्दा माथिल्लो पद अध्यक्ष दिएर पठाइन् ।
आर्थिक हिनामिनालगायत मुद्दामा समेत मुछेर हसिनाले युनुसको सार्वजनिक बेइज्जतसँगै राष्ट्रिय जीवनमा नफर्कने षड्यन्त्र गरेको बताइन्छ । युनुस कहिले पनि पैसाको पछाडि नदौडिएको उनका नजिकका साथीहरु बताउँछन् । युनुस पछिल्लो समयमा जागिरमा हुँदासम्म पनि उनको तलब १५ हजार टाका थियो । जबकी उनीभन्दा कनिष्ठको तलब त्यो भन्दा धेरै गुणामाथि छ । युनुस कहिल्यै पनि एसी भएको कोठामा बसेनन् । उनका ३० हजार कर्मचारी पनि एसीबिनाकै कोठामा बस्छन् ।
युनुसकी श्रीमती अमेरिकी हुन् । युनुस साधारण गरिब बसे जसरी नै बस्थे । उनकी अमेरिकी पत्नीले युनुसको जीवन शैली अनुसरण गर्न सकिनन् र अमेरिका फर्किइन् । युनुस सच्चा राष्ट्रप्रेमी पनि थिए । गरिबी निवारण नै प्रमुख लक्ष्य बनाएका उनले श्रीमतीलाई छाडे तर आफ्नो देश छाडेनन् ।




No comments:

Post a Comment

thanks for comment